![]() |
अनलराज भट्टराई प्रमुख कार्यकारी अधिकृत, कमर्ज एन्ड ट्रस्ट बैंक नेपाल |
भारतबाट चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण भई नेपाल बैंकबाट करिअर सुरु गरी उनले यो क्षेत्रमा करिब १६ वर्ष बिताइसकेका छन् । नेपाल बैंकपछि सानिमा विकास बैंक हुँदै कमर्ज एन्ड ट्रस्टमा स्थापनाकालदेखि रहेका भट्टराईसँग बैंकिङ क्षेत्रका साथै वैदेशिक लगानी र लगानी वर्षबारे समाचार सम्पादक विजयबाबु खत्री र संवाददाता यादव हुमागाईंले गरेको कुराकानी :
कमर्ज एन्ड ट्रस्ट बैंकले एक वर्षमा के उपलब्धि हासिल ग¥यो ?
एक वर्षमा हामीले ३ अर्बभन्दा बढी निक्षेप संकलन गरी त्यत्ति नै कर्जा प्रवाह गरेका छौं । अवस्था हेरेर बिस्तारै बजार विस्तार भैरहेको छ । बजारको अवस्था उत्साहजनक छैन । सन् २००७ देखि २०१० सम्म देखिएका विभिन्न उतारचढावले हामी एकदमै सचेत छौं । विभिन्न समस्याका बाबजुत पहिलो वर्षमा हामीले २ करोड ५५ लाख नाफा गरेका छौं । बैंकको दिगो विकास हुने किसिमले हामी बिस्तारै अगाडि बढिरहेका छौं ।
देशको अर्थतन्त्र ओरालो लागेको र बजारको अवस्था बिग्रेको बेला बैंक सुरु गर्दा अन्य बैंकभन्दा भिन्न छौं भन्नुहुन्थ्यो । प्रतिस्पर्धात्मक बजारमा बैंकको पहिचान के हो त ?
२००७ मा काम सुरु गरेर २०१० सेप्टेम्बरदेखि बैंकिङ कारोबार सुरु गरेका हौं । सुरुदेखि नै हामीले ‘युनिभर्सल बैंकिङ’ को अवधारणा ल्यायौं । यो अवधारणमा विभिन्न सेवाप्रदायक संस्थासँग साझेदारी गरेर ग्राहकलाई सेवा दिइन्छ । अहिले हामीले १४ वटा शाखामार्फत सेवा दिइरहेका छौं । शाखा विस्तार गर्दा पनि बैंकिङ सेवा नपुगेका स्थानलाई जोड दिएका छौं । झापाको चारआली, तेह्रथुम, धादिङको बैरेनीलगायत निजी बैंकले शाखा नखोलेका ठाउँमा हामी पहिला पुगेका थियौं ।
हामीले वैदेशिक लगानी ल्याउन पहल गरिरहेका छौं, त्यसका लागि एउटा विकास एजेन्सीसँग काम भैरहेको छ र छिट्टै सम्झौता पनि हुँदैछ । विदेशबाट नेपालमा लगानी ल्याउने र विदेशी दात्तृ निकायले गर्ने काममा पनि सहयोग गर्ने योजना छ । स्वास्थ्य, बिमा, यात्राका लागि हामीले परामर्श दिने कोसिस गरेका छौं । हाम्रा ग्राहकले केही एयरलाइन्सबाट यात्रा गर्दा छुट पाइरहेका छन्, जसले ग्राहकलाई फरकपन दिएको छ ।
हाम्रो मुख्य पहिचान भनेको नै विदेशी लगानी भित्राउने हुनेछ । नेपाल कमर्ज एन्ट ट्रस्ट पहिलो बैंक हो, जसले २०१२ लाई लगानी वर्षका रूपमा मनाउनुपर्छ भनेर गरेको प्रस्ताव राष्ट्रिय एजेन्डा भएको छ । यही हो हाम्रो पहिचान ।
विदेशी लगानी भिœयाउन बैंकले कसरी काम गर्छ ?
गैरआवासीय नेपाली संघ (एनआरएनए) को पाँचौं क्षेत्रीय सम्मेलनमा लगानी वर्षको अवधारणा सुरु गरिएको हो । यसमा सबै सहमत हुँदै नौ महिनाको अवधिमा राष्ट्रिय एजेन्डा भएको छ । अहिले हामी नीतिगत कामहरूमा सहभागी छौं । बैंकले नौ महिनासम्म सक्रिय काम ग¥यो । त्यसको प्रतिफल बिस्तारै देखिन थालेको छ । विदेशी लगानी भनेको आजको भोलि आउँदैन । त्यसका लागि बिस्तारै सबै पक्षलाई सहमत बनाउँदै जानुपर्छ । राजनीतिक दल र नीतिगत क्षेत्रमा सहमति भएको छ । हामी उद्योग वाणिज्य महासंघ, अर्थमन्त्रालय, उद्योग मन्त्रालयसँग नजिकै रहेर काम गरिरहेका छौं ।
लगानी वर्षको अवधारणा कुन परिस्थितिमा ल्याउनुभएको थियो ? यसमा के–के काम हुन्छन् ?
नेपालले सस्तो मूल्यमा आफ्नो श्रमशक्ति बेचिरहेको छ । यो अवस्थामा नेपाललाई लगानीको क्षेत्र बनाएर वैदेशिक लगानी भिœयाउन सके यहाँको श्रमशक्तिलाई यहीँ काम दिनसक्छौं भनेर एनआरएनको दुबई सम्मेलनमा मैले लगानी वर्षको अवधारणा प्रस्तुत गरेको थिएँ । सोही सोचका आधारमा अघि बढेका छौं । नेपालमा वैदेशिक लगानी भिœयाउन यहाँका विद्यमान समस्या समाधान गर्न सक्नुपर्छ । हामीकहाँ राजनीतिक, विद्युत्, श्रमिक, भौतिक पूर्वाधार, पानीलगायतका समस्या छन् । यी आजको भोलि नै समाधान हुँदैनन् । यसको विकल्प सोच्दै जानुपर्छ ।
नेपालका दुई छिमेकी मुलुक भारत र चीन अर्थतन्त्रको ‘पावर हाउस’ बनेका छन् । उनीहरूसँग पनि सहयोग लिन सकिन्छ । भर्खरै भारतसँग बिप्पा सम्झौता भयो, चीनसँग पनि हुँदैछ । सम्झौता भएपछि उताबाट लगानी, ऊर्जा पनि ल्याउन सकियो भने नेपालमा लगानी भिœयाउन समस्या छैन ।
भर्खरै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको अर्थतन्त्र २० बिलियन डलर देखाएको छ । भारतको १ हजार ७ सय बिलियन डलरको छ । हाम्रो अथतन्त्र भारतको तुलनामा २ प्रतिशत पनि छैन । नेपालका बैंकहरूको कर्जा ८ बिलियन डलर छ । भारतमा २ सय १२ बिलियन डलर प्रत्यक्ष वैदेशिक लगानी छ । भारतले प्रत्येक वर्ष ५० बिलियन डलर वैदेशिक लगानी भिœयाउन प्रयास गरिरहेको छ । त्यसको १० प्रतिशतमात्र भिœयाउन सके पनि नेपालको अर्थतन्त्र दोब्बर हुन्छ । हामीकहाँ भएका लगानी सम्भावनाबारे प्रचार गर्न र विदेशी लगानीकर्तालाई सुरक्षाबारे विश्वास दिलाउन सक्नुपर्छ ।
लगानीको कुरा गर्दा बैंकहरू अग्रस्थानमा रहेर काम गर्नुपर्छ । वित्तीय संकटको सुरुवात बैंकहरूबाटै सुरु हुन्छ । अहिले नेपालमा वैदेशिक लगानी ल्याएर काम गर्नसक्ने अवस्था छ ?
समस्या परेपछि नै समाधानका उपाय निस्कन्छन् । एक–दुई महिनायता हामीकहाँ राजनीतिभन्दा आर्थिक मुद्दाहरूलाई प्राथमिकतामा राखिएको छ । यो पहिलो सकारात्मक कदम हो । राजनीतिमा पनि आर्थिक मुद्दाबारे बहस सुरु हुन थालेको छ ।
विश्व अर्थतन्त्रको संकट पनि आर्थिक समन्वयकर्ताबाट सुरु भएको देखिन्छ । नेपालको रियलस्टेट क्षेत्रमा देखिएको समस्या पनि बैंकिङ क्षेत्रले दीर्घकालीन सोच नराखेकाले चर्किएको हो । हामी केही वर्षअघि ७ प्रतिशत ब्याजमा हाइड्रोपावरमा लगानी गथ्र्यौं, अहिले बढेर १५ प्रतिशत पुगेको छ । हाम्रो भिजनमै कमोजोरी छ ।
अर्कोतिर नियामक निकायमा पनि समस्या छ । हामीलाई १५–२० वर्षसम्म आवश्यक पर्ने पुँजी कति हो, हामी के विकास चाहन्छौं, त्यसकै आधारमा नियामक निकाय पनि सहयोगी बन्नुपर्छ । सानो आकारको अर्थतन्त्र भएको नेपालमा बैंकिङ, उद्योग र नियामक निकाय सबैको मिसिएर समस्या भएर ठूलो भएको हो । सानो आकारको पुँजीमध्ये १५–२० प्रतिशत घरजग्गामा छ । ८० प्रतिशत कर्जा घरजग्गा धितो राखेर प्रवाह गरिएको छ । त्यसैले घरजग्गामा सानो समस्या देखियो भने बैंकिङ क्षेत्रमा समस्या देखिन्छ । त्यो अवस्था रोक्न र विकासका क्षेत्रमा लगानी बढाउन वैदेशिक लगानी नै चाहिन्छ । राजनीतिक स्थायित्व र लगानी सुरक्षाको ग्यारेन्टी हुने हो भने नेपालमा सजिलै ३० देखि ४० अर्ब डलर वैदेशिक लगानी ल्याउन सकिन्छ ।
लगानी वर्ष मनाउनका लागि केही तयारी भइरहेजस्तो देखिँदैन नि !
लगानी वर्षको मुख्य योजना वैदेशिक लगानी भिœयाएर विकासका क्षेत्रमा लगानी बढाउने र रोजगारी सिर्जना गर्ने हो । २००१ देखि ११ सम्ममा नेपालमा ३५ लाख व्यक्ति बढेका छन् । उनीहरू श्रमबजारमा आउँदैछन् तर हामीकहाँ रोजगारी सिर्जना नगन्य छ । रोजगारी दिने मुख्य काम सरकारको हो, त्यसैले रोजगारी सिर्जना गर्ने निजी क्षेत्रलाई करमा सहुलियत दिनुपर्छ । बिजनेस भिसा, इमिग्रेसन, लगानी नीति परिवर्तन गर्नुपर्छ । आन्तरिक लगानीकर्तालाई दिइएको सुविधा विदेशीलाई पनि दिनुपर्छ । उनीहरूको लगानी र नाफा फिर्ता लैजानसक्ने वातावरण बनाउनुपर्छ । यसमा आवश्यक तयारीका लागि सरकार अगाडि बढेकाले यही वर्षभित्र स्पष्ट धारणा आइसक्ला ।
यसमा बैंकहरूको भूमिका के हुन्छ ?
बैंकहरूको मुख्य भूमिका समन्वयकर्ता नै हो । हामीले वैदेशिक लगानीकर्तालाई अर्थतन्त्रको सकारात्मक सूचक देखाउन सके लगानी आकर्षित गर्न सकिन्छ । यसमा बैंक र बैंकका सीईओको ठूलो भूमिका हुन्छ ।
हामीले फन्ड म्यानेजरको रूपमा पनि काम गर्नसक्छौं । त्यसका लागि केही नीतिगत सुधार भने आवश्यक छ । कमर्ज एन्ड ट्रस्ट यो काममा अघि बढिसकेको छ । भारत र दुबईका लगानीकर्तासँग यसबारे कुरा भइरहेको छ ।
नेपालमा अहिले लामो अवधिका आयोजनामा लगानी गर्न पुँजी अभाव छ नि, हैन र !
अहिलेको विश्वव्यापी बैंकिङ नियमअनुसार वित्तीय संस्थाले आफ्नो पुँजीको आठगुणा लगानी गर्नसक्छ । एउटा आयोजनामा २५ प्रतिशत सीमितता छ भने हाइड्रोपावरमा ५० प्रतिशत लगानी गर्नसक्छ । राष्ट्र बैंकले जोखम विविधीकरण होस् भनेर यो व्यवस्था गरेको हो । नेपालमा बैकहरूको पुँजी नै सानो छ । केन्द्रीय बैंकले बैंकहरूका लागि ‘पुँजी बढाऊ र लगानी बढाऊ’ भन्ने नीति ल्याउनुपर्छ । त्यसमा अवरोध हुने कानुन सुधार गर्नुपर्छ । कानुनलाई बाइबल, गीताजस्तो परिवर्तन गर्न नहुने होइन । हाम्रो २० वर्षको आवश्यकताका आधारमा कानुन बनाउनुपर्छ र त्यसलाई लागू गराउन सक्नुपर्छ । हामीकहाँ तत्कालको परिस्थिति हेरेर आफू लोकप्रिय हुने हिसाबले मात्र कानुन बनाउने हो भने हामी सधैं यही अवस्थामा रहन्छौं ।
नेपालमा वित्तीय संस्थाहरू संस्थागत निक्षेपकर्तामा भर परेको देखिन्छ । यसमा पनि प्रतिस्पर्धा रहेको र कमिसनको खेल हुने गरेको पनि सुनिन्छ नि !
करिब १६ वर्षको बैंकिङ अनुभवमा मैले त्यो कुराको अनुभव गरेको छैन । त्यसैले मलाई विश्वास पनि छैन । वित्तीय संस्था धेरै र संस्थागत निक्षेपकर्ता थोरै भएकाले निक्षेप तान्न होडबाजी भने छ । अन्तरबैंकिङ १ प्रतिशत छ तर यो बढाबढ हुँदा १२ प्रतिशत पुग्छ । अहिले बैंकिङ क्षेत्रमा ४१ अर्ब तरलता भए पनि बैंकहरू ढुक्क हुन सकेका छैनन् । नत्र संस्थागत निक्षेपकर्ताको रकमको ब्याजदर घटिसक्थ्यो । अहिले पनि बैंकिङ क्षेत्र डराएको छ । हामीलाई बलियो बनाउने विकल्प भनेको वैदशिक लगानी हो । यसैबाट दक्षिण एसियाका देश अघि बढिसके, हामीमात्र किन पछि पर्ने ?
पछिल्लो समय केन्द्रीय बैंकले मर्जरलाई जोड दिइरहेको छ । तपाईंहरूले यसबारे केही योजना बनाउनुभएको छ ?
हामी पनि मर्जरका लागि खुला छौं । उपयुक्त वित्तीय संस्थाको खोजीमा छौं । अहिले केन्द्रीय बैंकले भनोस्, नभनोस्– मर्जर अहिलेको अपरिहार्य आश्यकता हो । अहिलेको ८ बिलियन डलरको मार्केटलाई दुई–तीन वर्षमा १२ बिलियनभन्दा माथि पु¥याउँछौं भने मर्जर आवश्यक छैन ।
वित्तीय संस्था बढे पनि उनीहरूका बैंकिङ योजना प्रायः उस्तै छन् । यसले बैंकिङ सेवाप्रति सबै सर्वसाधारणलाई आकर्षित गर्न नसकेको आरोप छ नि !
त्यो कुरा पक्का हो । ३१ वटा वाणिज्य बैंकले नारी, नरनारी, बुबाआमा, मामाभाञ्जा जे नाम दिएर योजना ल्याए पनि प्रायः उस्तै छन् । नयाँ योजना पुराना योजनाको ‘रिप्याकेजिङ’ मात्र हो । कतिपय अवस्थामा नेपाल राष्ट्र बैंकका नीति–नियमनले पनि प्रभाव पारेका छन् । नीति–नियममा खुलापन नभएकाले बैंकरहरू पनि सीमिततामा बस्नुपरेको छ ।
शाखा विस्तारमा लागू भएको नयाँ व्यवस्थाले नयाँ बैंकलाई कस्तो प्रभाव पारेको छ ?
मुख्य कुरा के हो भने सहर बनाएपछि बैंक पठाउने कि बैंकले सहर बनाउने भन्ने हो । बैंक पठाउँदैमा गाउँ सहर बन्छ भने हामीलाई सरकारको आवश्यकता किन भयो र ? बैंक पठाइदिए भइहाल्यो नि ! बैंक जानका लागि त व्यापार आवश्यक प¥यो नि ! व्यापार, सुरक्षा, पूर्वाधार नभइकन बैंकमात्र गएर के काम ? हाम्रो नीति बैंकले सहर बनाउँछ भन्ने खालको छ । केन्द्रीय बैंकले तोकेको २२ जिल्लामा बैंक जान सक्दैनन् । त्यहाँ सञ्चालन गर्न सकिने अवस्था छैन ।
हामी केही बैंकहरूसँग मिलेर ‘एनी बैंक एनी ब्रान्च’ कारोबार सुरु गर्दैछौं । यसले ब्रान्च नभएका ठाउँमा पनि ग्राहकले चेक सटही गर्न सक्छन् ।
No comments:
Post a Comment