यादव हुमागाई
काठमाडौं, १२ मंसिर
भदौदेखि प्रतिबन्ध लागेको सुनको आयात खोल्नका लागि सरकारलाई एक साता अघि नै बाटो खुल्ला भएपनि अझै आयात खुल्न सकेको छैन । बाणिज्य तथा आपूर्ति मन्त्रालयमा आइतबार अबेरसम्म आयातका प्रतिबन्ध हटाउनका लागि छलफल भएपनि निर्देशिका बन्न नसकेपछि अझै अन्यौल कायम रहेको छ ।
“आज दिनभर पनि सुन आयात खुल्ला कसरी गर्नेबारे छलफलमा थियौ” बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव पुरुषोतम ओझाले आइतबार राति कारोबारसँग भने, “आयात गर्ने परिणामलगायतका विषयमा निर्देशिका बनेपछि आयात खुलाउँछौं ।” सोमबार या मंगलबार खोल्न सक्ने सम्भावना रहेको उनले बताए ।
गत शनिबार सरकारले बजेटमार्फत सुनको भन्सार बृद्वी गरी प्रति दश ग्राम एक हजार पु¥याएपछि सरकारलाई आयात खोल्ने बाटो खुल्ला भएको थियो । गत आर्थिक वर्षमा भारतको तुलनामा नेपालमा भन्सारदर कम भएका कारण ठूलो परिणममा सुन आयात भई भारततर्फ निकासी भएपछि सरकारले चैतमा अध्यादेशमार्फत सुनको भन्सारदर बढाएको थियो । अध्यादेशको म्याद पनि गत भदौंमा समाप्त भएपछि सरकारले भदौ १८ गतेदेखि सुनचाँदी आयातमा पूर्ण प्रबतिबन्ध लगाएको थियो । यसवीचमा बजारमा अभाव पूर्ति गर्नका लागि राष्ट्रबैंकले आफूसँग भएको सुनको मौजातबाट सातामा एक सय किलो सुन र एक हजार किलो चाँदी बिक्रि गर्दै आएपनि भन्सार बढेपछि भने बन्द गरेको छ ।
सुनचाँदी व्यवसायीहरुले गत विहिबार अर्थ र आपूर्ति मन्त्रालयलाई आयात छिटो खुल्ला गर्न आग्रह गरेका थिए । यस्तै विहिबार नै अर्थ मन्त्रालयले आपूर्तिलाई प्रतिबन्ध खुल्ला गर्न पत्र पठाएको थियो ।
साता दिन बितिसक्दा पनि आयात खुल्ला नभएपछि बजारमा सुनको अभाव भएको छ । विवाहको सिजनमा सुनको माग बढी हुने भएकाले आयात नहुदा बजारमा मौजात रहेको सुन सकिदै गएको व्यवसायी बताउछन् ।
“विवाहको सिजन भएकाले यसबेला बजारमा सुनको माँग धेरै हुन्छ” नेपाल सुन चाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, आयात खुल्ला नहुँदा बजारको अभाव बढेको छ ।” अभावका कारण बजारमा मुल्य उच्च भएको उनले बताए ।
यसैवीच, गत विहिबार र शुक्रवार स्थानीय बजारमा उच्च मूल्य कायम भएको सुनको मूल्य साताको पहिलो दिन आइतबार भने ओरालो लागेको छ । शुक्रवार प्रतिदश ग्राम ३४ हजार ३५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ३३ हजार नौ सय १० रुपैयामा कारोबार भएको संघले जनाएको छ । अन्तर्राष्ट्रिय मूल्य घटेपछि स्थानीय बजारमा समेत त्यसको असर परेको संघको भनाइ छ ।
यस्तै, चाँदीको मूल्य पनि ३.५० रुपैयाँ घटेको छ । शुक्रवार प्रतिदश ग्राम छ सय ८१ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य घटेर आइतबार छ सय ७७.५० रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।
Monday, November 29, 2010
Thursday, November 25, 2010
सुनको मूल्य हालसम्मकै उच्च
अन्तर्राष्ट्रिय बजारमा घटे पनि स्थानीय बजारमा बढ्यो
यादव हुमागाई
काठमाडौं, ९ मंसिर
स्थानीय बजारमा बिहीबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम राखेको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य घटी रहेको बेला स्थानीय बजारमा भने रेकर्ड कायम गर्दै प्रतिदस ग्राम ३४ हजार ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

बुधबार प्रतिदस ग्राम ३३ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको सुन बिहीबार प्रतिदस ग्राम ४५ रुपैयाँ बढेर प्रतिदस ग्राम ३३ हजार ९ सय ९५ रुपैयाँमा पुगेको हो । यसअघि कात्तिक २३ गते मूल्यमा रेकर्ड राखेको सुनको मूल्य प्रतिदस ग्राम ३३ हजार ९ सय ५० रुपैयाँ पुगेको थियो ।
तर, बिहीबार अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य घटेको छ । बुधबार प्रतिऔंस १३ सय ७५ डलरमा कारोबार भएको सुनको भाउ बिहीबार ४ डलर घटेर १३ सय ७१ डलर कायम भएको थियो ।
“आज स्थानीय बजारमा कायम भएको मूल्य हालसम्मकै उच्च हो,” नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, “अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको भए पनि स्थानीय बजारमा भने अभावका कारण सुनको मूल्य बढेको हो ।” विवाहको सिजन लागेकाले बजारमा सुनको माग बढेको उनले भने । सरकारले सुनको आयात खुल्ला नगरेकाले बजार मागअनुसार सुनको आपूर्ति हुन नसक्दाको प्रभाव मूल्य वृद्धिका रूपमा देखिएको उनले बताए ।
सुनचाँदीको भन्सारदर बढाउने विधेयकको म्याद सकिएपछि आपूर्ति मन्त्रालयले गत भदौ १८ गतेबाट सुनचाँदी आयातमा रोक लगाएको छ । बजेटमार्फत सुनको भन्सार दर बढाएर प्रतिदस ग्राम १ हजार पु¥याइएको भए पनि हालसम्म सुनको आयात खुल्ला गरेको छैन । मंगलबारबाट बैंकले सुनको बिक्री स्थगित गरेपछि सुनको मूल्यमा वृद्धि भएको सुन व्यवसायीहरू बताउँछन् ।
यसैबीच व्यवसायीयहरूले सरकारलाई छिटो सुन आयात खुल्ला गर्न माग गरेका छन् । विवाहको सिजन सुरु भएकाले बजारमा सुनको अभाव भएको र अवैध भारतीय सुन आयातले मूल्य अत्यधिक बढेको व्यवसायीहरूको तर्क छ । “हामीले अर्थ र आपूर्ति मन्त्रालयलाई पत्र पठाइ छिटो आयात खुल्ला गर्न माग गरेका छौं” शाक्यले भने, “आयात छिटो खुल्छ भन्नेमा आशावादी छौं” ।
सुनको मूल्य बढे पनि बजामा चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार प्रतिदश ग्राम छ सय ८१ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको संघले जनाएको छ ।

Tuesday, November 23, 2010
सहकारी संघसंस्थाको दर्ता दोब्बर बढ्यो
‘विभागको क्षमता नबढाउँदा अनुगमनमा समस्या’
यादव हुमागाई
काठमाडौं, ७ मंसिर
सहकारीको बढ्दो आकर्षणसँगै सहकारी संघसंस्थाको दर्ता झन्डै दोब्बरले वृद्धि भएको छ । तर, सहकारीको वृद्धिसँगै नियमनकारी निकाय सहकारी विभागको क्षमता नबढाउँदा दर्ता, तालिम र अनुगमनमा समस्या आएको विभागका अधिकारी बताउँछन् ।
विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षसम्ममा सहकारी संघसंस्थाको संख्या २० हजार ३ सय ६ पुगेको छ । अघिल्लो आर्थिक वर्षसम्ममा सहकारी संघसंस्थाको संख्या १२ हजार मात्र रहेको थियो । विभागको तथ्यांकमा गत आवसम्ममा प्रारम्भिक सहकारी संस्था २० हजार १ सय २४ र संघहरूको संख्या २ सय ४ पुगेको उल्लेख छ । त्यस्तै, जिल्ला संघको संख्या ६६, विषयगत जिल्ला संघको संख्या १२७, विषयगत केन्द्रीय संघ ९ र राष्ट्रिय संघ र सहकारी बैंक एक÷एक रहेको छ ।
विभागका अनुसार सबैभन्दा बढी तीन हजारभन्दा धेरै सहकारी डिभिजन सहकारी कार्यालय काठमाडौंमा नै दर्ता भएका छन् । दर्ता भएका सहकारीमध्ये ५० प्रतिशत बचत तथा ऋण सहकारी छन् । त्यस्तै, ग्रामीण क्षेत्रमा भने बचत तथा ऋणका साथै उपभोक्ता, कृषि, दुग्ध, मौरीपालन, कफी, स्वास्थ्यलगायतका विषयगत सहकारीको दर्ता बढेको विभागले जनाएको छ ।
बढ्दो सहकारी संख्यासँगै विभागको क्षमता बढाउनेतर्फ भने सरकारले ध्यान नदिएका कारण सहकारी संस्थाको लगत राख्न र अनुगमनमा समस्या भएको विभागका अधिकारीको भनाइ छ । “आठ सय सहकारी हुँदा रहेको विभागको क्षमतामा थप गरिएको छैन ।” विभागका रजिष्टार सुदर्शनप्रसाद ढकालले भने यसले सहकारीको दर्ता र अनुगमनको काममा प्रभावकारिता आउन सकेको छैन ।” सरकारले २०६१ सालमा विभागको क्षमता घटाइ ६८ जिल्लामा रहेको डिभिजन सहकारी कार्यालयलाई ३८ जिल्लामा सीमित गराएको र ९ सयको हाराहारीमा रहेको कर्मचारीको संख्यासमेत कटौती गरी ५ सयको हाराहारीमा झारेको ढकालले बताए । त्यस्तै सहकारी ऐनलाई समेत लामो समयदेखि परिमार्जन गर्न नसकेकाले विभागको क्षमता नबढेको ढकालको भनाइ छ ।
बढ्दो सहकारीमा आबद्ध व्यक्तिहरूको संख्यामा वृद्धिसँगै सहकारीकर्मीलाई तालिमको अवसरसमेत कमी भएको ढकालले बताए । विभागको अनुगमन प्रभावकारी हुन नसकेकाले केही सहकारीमा विकृति मौलाएको ढकालको भनाइ छ । केही समयदेखि विभागको विशेष टोलीले ठूला सहकारीको अनुगमन गरिरहेको भए पनि जनशक्ति र बजेट अभावमा प्रभावकारी हुन नसकेको उनले बताए ।
विभागका अनुसार हाल नेपाल राष्ट्र बैंकका दुई अधिकृतसहित विभागको टोलीले ठूला कारोबार भएका वित्तीय सहकारीको अनुगमन गरिरहेको छ । विभागको अनुगमनलाई अर्थ मन्त्रालयले समेत चासोका साथ हेरेको छ । विभागको अनुगमन प्रतिवेदनको आधारमा मन्त्रालयले मापदण्ड मिच्ने सहकारीलाई कारबाही गर्न विभागलाई आग्रह गरेको थियो ।
यस्तै सीमित जनशक्ति र स्रोत साधनका बाबजुद पनि दर्ता र अनुगमनलाई प्रभावकारी बनाउँदै लगिएको रजिष्टार ढकालले बताए । “हामीसँग भएको सिमित स्रोत साधनलाई अधिकतम उपयोग गरी अनुगमनलाई कडा गर्दै लगेका छौं,” ढकालले भने । अनुगमनमा त्रुटि देखिएका सहकारीलाई त्रुटि सच्याउन निर्देशन दिइएको र त्रुटि नसच्याएमा कारबाही गर्ने उनले चेतावनी दिए ।
विभागले भदौ १५ गतेबाट काठमाडौं उपत्यकामा सहकारी दर्ता अगाडि तालिम अनिवार्य गरेको छ । त्यस्तै केही समय अगाडि मात्र विभागले सहकारी संस्थालाई कम्पनीमा कारोबार गर्न रोक लगाएको छ ।
बक्समा
२०६६ चैतसम्म दर्ता भएका सहकारी
बचत तथा ऋण -८८८८
बहुउद्देश्यीय -३४६५
दूध -१६८७
कृषि -२९६४
विद्युत् -२२२
तरकारी तथा फलफूल -१८३
उपभोक्त -१२०५
विज्ञान, प्रविधि, यातायात, सञ्चार -८२
कफी -६६
स्वास्थ्य- ५०
चिया -७५
जडिबुटी- ३८
मौरीपालन - ४१
अन्य -७०५
स्रोतः सहकारी विभाग

सुनको मूल्य बढ्यो चाँदीको स्थिर
काठमाडौं ७ मंसिर
स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रतिदश ग्राम ३३ हजार चार सय ३५ रुपैयाँमा कारोबार भएको सुन मंगलबार ३३ हजार छ सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ ।
यसैगरी मंगलबार चाँदीमा भाउँ भने स्थिर रहेको छ । सोमबार प्रति दशग्राम छ सय ७२ रुपैयाँमा कारोबार भएकोमा मंगलबार पनि सोहि मूल्यमा कारोबार भएको संघले जनाएको छ ।

Monday, November 22, 2010
सुनमा उच्चदरले भन्सारवृद्वी
आयात खुल्ला गर्ने सरकारको तयारी
यादव हुमागाई
काठमाडौं, ५ मंसिर
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुनमा उच्च दरले भन्सार (अन्त शुल्क) बढाएको छ । ठूलो परिणाममा सुन आयात हुँदा बिदेशी मुद्रा संचितिमा असर परेको भन्दै आयात निरुत्साहीत गर्न भन्सार दर बढाइएको अधिकारीहरु बताउछन् ।
सुनमा प्रतिदश ग्राम पाँच सय ३० रुपैयाँ बढाएको छ । यसअघि प्रतिदश ग्राम १ सय ३० रुपैयाँ रहेको भन्सार दर गत चैतमा सरकारले आर्थिक विद्येयक मार्फत प्रतिदश ग्राम ४ सय ३० रुपैयाँ पु¥याएको थियो । भन्सार अन्तरका कारण नेपाल र भारतको मूल्यमा अन्तर भइ नेपालबाट ठूलो परिणामका सुन भारत निर्यात भएपछि सरकारले भन्सार दर बढाएको थियो । तर, भदौं १९ गतेदेखि विद्येयकको म्याद सकिदा पनि संसद्बाट विद्येयक पारीत हुन नसकेपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयले अस्थाइ रुपमा सुनचाँदी आयात प्रतिबन्ध लगाएको छ ।
वजेटमार्फ भन्सारदर परिवर्तन भएपछि आयात बन्द भएको सुनचाँदी आयात खुल्ला गर्न सरकारलाई बाटो खुलेको छ । केही दिनमै आयात खुल्ला गर्ने बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव पुरुषोतम् ओझाले बताए । “भरखर बजेट आएको छ, मन्त्रालयमा छलफल गरी छिट्टै आयात खुल्ला गछौं” सचिव ओझाले भने ।
“उच्च रुपमा आयात भएपछि विदेशी मुद्रा सञ्चिति घटेको र अर्थतन्त्रमै असर पारेकाले सुन आयात निरुत्साहित गर्न भन्सार दर बढाइएको हो” राजस्व सचिव कृष्णहरी बाष्कोटाले भने । भन्सार दर बढेपछि भारतको भन्दा नेपालको मूल्य उच्च हुने बास्कोटाको भनाइ छ । भन्सार दर बढेपछि आपूर्ति मन्त्रालयलाई समेत आयात खुल्ला गर्ने बाटो खुलेको बास्कोटाले बताए ।
यस्तै चाँदीमा पनि प्रति दश ग्राम ८ रुपैयाँ भन्सार बढाइएको छ । गत चैतमा आर्थिक विद्येयबाट प्रतिदश ग्राम १६ बनाइएको भन्सारदर चालु आर्थिक वर्षको बजेटबाट प्रतिदश ग्राम २४ पु¥याइएको छ । विद्येयक अगाडी चाँदीको भन्सारदर प्रतिदश ग्राम ३ रुपैयाँ थियो ।
व्यवसायीले भने भन्सार महसुल बढेपछि छिटो आयात खुल्ला गर्न माग गरेका छन् । बैंकहरुले मात्र सुन आयात गर्ने पाउने केन्द्रीय बैंकको नियम खारेज गर्दै व्यवसायीले आवश्यक परिणामको सुन आयात गर्न पाउने व्यवस्था मिलाउनुपर्ने उनीहरुको भनाइ छ । “यसले सुनको मूल्य त बढ्छ नै तर, ग्राहकहरुले सहज रुपमा पाउँछन्” नेपाल सुन चाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने “व्यवसायीले पर्याप्त मात्रामा सुन खरीद गर्न नपाएका कारण इन्डियन बजारको भर पर्नुपर्दा भारतिय मुद्रा अपचलन भई नेपालमा सुनको भाउँसमेत महंगो भएको थियो ।” सुनको भन्सारदर बढाउन अर्थलाई आफुहरुले नै सिफारीस गरेको उनले बताए भन्सारदर परिवर्तन भएपछि व्यवसायीलाई सुन आयात गर्नदिन उनले माग गरे । “बाणिज्य बैंकहरुले होइन स्वयंम व्यवसायीलाई चाहीएको परिणाममा आयात खुल्ला गर्नुपर्छ” शाक्यले भने ।
सुनको अत्याधिक मात्रमा आयात भइ देशको विदेशी मुद्रा संचय घटेका कारण नेपाल राष्ट्र बैंकले बैंशाखबाट बाणिज्य बैंकहरुले मात्र दैनिक १० किलो सुन आयात गर्ने अनुमति दिएको थियो । त्यस्तै सुनको वितरणका लागि कोटा प्रणालीका रुपमा तीन व्यवसायी संघलाई अधिकार दिनुका साथै अञ्चलगत रुपमा पनि कोटा छुट्याएको थियो ।
भन्सारदर परिर्वतन भई आयात खुल्ला गर्ने बाटो खुलेपछि केन्द्रीय बैंकले सुनचाँदी बिक्री नगर्ने जनाएको छ । “यो मंगलबारबाट बैंकले सुन बिक्री गर्दैंन” बैंकका प्रवक्ता गोपाल प्रसाद काफ्लेले भने–“व्यवसायीलाई नै आयात गर्ने बाटो खुल्ला भइसकेकाले बैंकले बिक्रि गर्नु आवश्यक छैन ।” सुनचाँदीको आयात बन्द भएपछि बजारको अभाव र कालोबजारी हटाउन केन्द्रीय बैंकले पाँच पटक बोलकबोलबाट आफ्नो ढुकुटीमा रहेको पाँच सय ८४ किलो सुन र सात हजार ३१ किलो चाँदी व्यवसायीहरुलाई विक्री गरीसकेको छ ।
यस्तै भन्सारदर बढेपछि सुनचाँदी आयात र बिक्रिका लागि केन्द्रीय बैंकले भदौं ४ मा जारी गरेको निर्देशनको औचित्य समेत स्वत समाप्त भएको केन्द्रीय बैंकले जनाएको छ । “त्यस बेलाको परिस्थिती अनुसार नीति बनाएका थियौं, अब त्यसको सान्र्दर्भिकता छैन” प्रवक्ता काफ्लेले भने “मन्त्रालयले नै आयातमा सम्बन्धि निर्णय गर्छ ।”
नेपाल र भारतको भन्सारदरमा व्यापक अन्तर भएपछि गत आर्थिक वर्षमा करिब ४२ अर्ब बराबरको १५ हजार ४ सय ९१ केजी सुन आयात भएको थियो । नेपालमा आएको ठूलो परिणामको सुन भारत निर्यात भएपछि अर्थले भन्सारमार्फत सुनको भन्सारदर बढाएको थियो ।

Subscribe to:
Posts (Atom)