Wednesday, February 06, 2013

पेसाबाट पलायन हुँदै लेखाव्यवसायी - ४ सय सीए र साढे ३ हजार आरएले काम छोडे


काठमाडौं, २० माघ - चार्टर्ड एकाउन्टेन्ट (सीए) र दर्तावाल लेखापरीक्षक (आरए) ले  लेखापरीक्षणको काम छोड्न थालेका छन् । नियामक निकायको कडाइसँगै कारबाहीको जोखिम बढेपछि उनीहरू लेखापरीक्षण छाडेर अन्य पेसाका लाग्नुका साथै विदेश पलायनसमेत भएका छन् ।



नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (आइक्यान) का अनुसार ६ सय २३ जना सीएमध्ये चालू आर्थिक वर्षमा ४ सय ६ जनाले काम छोडेका छन् । लेखापरीक्षण गर्नका लागि प्रत्येक वर्ष पेसागत प्रमाणपत्र (सीओपी) नवीकरण गर्नुपर्नेमा चालू आवमा २ सय १७ जनाले मात्र नवीकरण गरेका छन् ।



सीओपी नवीकरण नगर्ने व्यक्तिले लेखापरीक्षण गर्न नपाउने आइक्यानको नियम छ ।



यसैगरी ३ हजार ४ सय ५४ दर्तावाल लेखापरीक्षकले लेखापरीक्षण गर्न छाडेका छन् । ७ हजार २ सय ७९ दर्तावाल लेखापरीक्षकमध्ये चालू आवमा ३ हजार ८ सय २५ जनाले मात्र सीओपी नवीकरण गरेको आइक्यानले जनाएको छ ।
पेसा छोेड्ने केही सीएहरू विभिन्न कर्पोरेट संस्था, एनजीओ, आईएनजीओमा पूर्णकालीन कर्मचारी भएर काम गरे पनि अधिकांश भने विदेश पलायन भएका छन् ।



आइक्यानले चालू आर्थिक वर्षदेखि एक व्यक्ति एक पेसाको नीति लागू गरेपछि धेरै सीएहरूले लेखापरीक्षणको काम छोडेका हुन् । यस नीतिअन्तर्गत सीएहरूले लेखाव्यवसायी वा पूर्णकालीन कर्मचारीमध्ये एकमात्र काम गर्न पाउँछन् । दर्तावाल लेखारीक्षकलाई भने आगामी असारदेखि यो व्यवस्था लागू हुँदैछ ।



नियामक निकायको कडाइसँगै जोखिम बढेकाले सीएहरू जागिर वा विदेश पलायन हुन थालेको सीए उमेशप्रसाद ढकालले बताए । “राष्ट्र बैंक, बिमा समिति, सहकारी विभागलगायतका नियामक निकायले कडाइ गर्न थालेपछि पेसा परिवर्तन गर्ने साथीहरू बढेका छन,्” उनले भने, “लेखापरीक्षणभन्दा पूर्णकालीन कर्मचारी भएर काम गर्दा कमाइ बढी हुने र जोखिम पनि नहुने भएपछि किन झन्झट गर्ने ?” पछिल्लो समयमा खाडी राष्ट्रहरूमा आकर्षक तलबसहित सीएहरूको माग हुन थालेकाले विदेश पलायन हुने क्रम बढेको उनले बताए ।



लेखाव्यवसायी झलकमणि लम्सालले नेपालमा संस्थागत संस्कृतिको विकास नभएकाले लेखाव्यवसायीलाई जोखिम बढेको बताए । “कम्पनीले गल्ती गर्छ कारबाही लेखाव्यवसायीले भोग्नुपर्छ,” उनले भने, “योभन्दा त कर्मचारी भएर काम गर्दा हेन्डसम तलब र जोखिम पनि हँुदैन ।”



दुई वर्षअघिमात्र आइक्यानले सहकारी विभागको सिफारिसमा ८ जना सीएलाई कारबाही गरेको थियो ।



यसैबीच नेपाल अडिटर्स एसोसिएसन (अडान) जिल्ला कार्यसमिति, काठमाडौंको अध्यक्षमा बहादुर सिंह विष्ट चयन भएका छन् । शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सुनील आचार्य, सचिवमा कामोद झा, सहसचिवमा सुमन भट्टराई र कोषाध्यक्षमा कुमार खतिवडा चयन भए । यसैगरी सदस्यहरूमा गोविन्द खतिवडा, सन्तोषी पाण्डे राई, प्रेमप्रसाद सापकोटा, राजेशकुमार दत्त, नेत्रप्रसाद आचार्य, पोषकलाल श्रेष्ठ, रामप्रसाद पौडेल, मधुसुदन भट्टराई, सोमनाथ अधिकारी र सन्तोष किशोर लाभ चयन भएका छन् ।



अधिवेशनको उद्घाटन गर्दै आन्तरिक राजस्व विभागका महानिर्देशन टंकमणि शर्माले पेसागत मर्यादाभित्र रही काम गर्न आग्रह गरे । संक्रमणकालमा लेखापरीक्षकको महत्व अझ बढी हुने भन्दै जिम्मेवार हुन उनले आग्रह गरे । व्यापारीले न्यून मूल्यको बिल बनाएर राजस्व छल्ने गरेको भन्दै त्यसतर्फ सचेत हुन उनले आग्रह गरे । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)का अध्यक्ष मधुवीर पाण्डेले एक व्यक्ति एक पेसाको अवधारणा तत्काल परिवर्तन गर्न नसकिने स्पष्ट पारे ।


अधिवेशनले लेखापरीक्षण गर्नुपर्ने संघसंस्थाको अनुपातमा लेखाव्यवसायीको संख्या कम भएकाले तत्कालै ‘एक व्यक्ति एक पेसा’ लागू गर्न सान्दर्भिक नभएको ठहर गरेको छ ।

4 comments:

Anonymous said...

I'm gone to tell my little brother, that he should also pay a quick visit this webpage on regular basis to obtain updated from most up-to-date news.

My homepage; buying a car with bad credit
Here is my web blog :: buying a car with bad credit,buy a car with bad credit,how to buy a car with bad credit,buying a car,buy a car,how to buy a car

Anonymous said...

Hello there! Do you know if they make any plugins to help with SEO?

I'm trying to get my blog to rank for some targeted keywords but I'm not
seeing very good success. If you know of any please share.

Kudos!

Stop by my site how to buy a car
My web-site - buying a car with bad credit,buy a car with bad credit,how to buy a car with bad credit,buying a car,buy a car,how to buy a car

Anonymous said...

Yes! Finally someone writes about no prescription.

Stop by my homepage; buying a car
Take a look at my weblog ; buying a car with bad credit,buy a car with bad credit,how to buy a car with bad credit,buying a car,buy a car,how to buy a car

Anonymous said...

Yes! Finally someone writes about no prescription.

Stop by my page :: buying a car
my website > buying a car with bad credit,buy a car with bad credit,how to buy a car with bad credit,buying a car,buy a car,how to buy a car