Sunday, September 13, 2009

सबै भाषा हाम्रो सम्पदा हुन्

 पद्यमरत्न तुलाधर
उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा लिएको सपथलाई बदर गरी पुनः नेपाली भाषामा सुपथ लिन गरेको निर्णय र उपराष्ट्रपतिको कदमले भाषिक मुद्दालाई अगाडि ल्याइदीएको छ । बहुभाषिक मुलुक नेपालमा राज्यले एक भाषाको मात्र नीति अगाल्दा आदीवासी जनजातिका थुप्रै मातृभाषा पछाडि परेका छन् । आदिवासी आन्दोलनको एक प्रमुख मागको रुपमा पनि समान भाषिक अधिकार उठ्दै आएको छ । यतिवेला राज्य पुनःसंरचनाको क्रममा छ । संघिय बन्दै गरेको नेपालका अब सबै भाषाले समान अधिकार पाप्त गर्न कस्तो संवैधानिक व्यवस्था गर्नुपर्ला ? प्रस्तुत छ नेपालको अहिलेको तातो बहसको विषय भाषिक अधिकार र संघियताको विषयमा अधिकारकर्मी पद्यमरत्न तुलाधरसँग सनराइज पोस्ट प्रतिनिधि यादव हुमागाईले गरेको कुराकानी :-

तपाईहरूले सर्वोच्च अदालतको आदेश नमान्ने उपराष्ट्रपतिको कदमलाई स्वागत गर्नुभयो त ?
सर्वोच्चको फैसल्ला पछि हामिले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलाई भेटेर राष्ट्रभाषामा पनि सपथ लिन पाउँने ब्यवस्था गर्न माग गरेका हौं । उपराष्ट्रपतिलाई हामीले नेपालीमा नलिनुहोस् बरु मातृभाषा मैथलीमा लिनुहोस्, हाम्रो भाषिक आन्दोलनलाई पनि सहयोग पुग्छ भनेका थियौ ।
नेपालको अन्तरिम संविधानले नेपालभित्र बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएपनि भाषिक उत्पीडन कायमै छ । सरकारी कामकाजमा एकमात्र देवनागरिक भाषाको प्रयोग हुदै आएको छ । यस्तो एकाधिकारलाई तोड्नर्ुपर्छ भन्ने हाम्रो माँग हो । कुनै कुराको व्रि्रोह गर्दा कानुनत गरिदैन । त्यसैले भाषिक एकाधिकार र उत्पीडनलाई तोड्ने कुरामा उपराष्ट्रपतिको कदमलाई हामिले स्वागत गरेका हौ ।
उपराष्ट्रपतिको आप\mनै मातृीभाषा मैथलीमा भन्दा पनि हिन्दीकै अडान छ, तपाईहरूको पनि हिन्दीभाषामा र्समथन हो ?
पुनः नेपाली भाषामा नै सपथ लिनु भन्ने आदेश तोड्नुभएको मात्र हामीले र्समथन गरेका हौ । हामीले उहाँलाई पुन सपथ लिदा मातृभाषामा लिनुहोला भनेका थियौ । नेपालमा जसरी नेपाली जसरी लादियो हिन्दी पनि त्यसरी लाद्न पाइदैन । मधेसमा पनि अन्य धेरै भाषा छन् ति भाषाले पनि समानता पाउनर्ुपर्छ ।
हिन्दी भाषामा अझै विवादमा छ । उपराष्ट्रपतिले मधेस आन्दोलनको प्रतिनिधित्व गर्नुहुन्छ । मधेस आन्दोलनको क्रममा गजेन्द्रनारायण सिंहको पालादेखि हिन्दी पनि आधिकारीक भाषा हुनर्ुपर्छ भन्ने उहाँहरूको माँग हो । तथ्याङक हर्ेदा पनि नेपालमा पछिल्लो जनगणना अनुसार एक लाख भन्दा बढी जनता हिन्दी भाषा बोल्छन् । संविधानले देशभित्र बोलिने सवै भाषा मातृभाषा हो भनेकाले हिन्दी पनि मातृभाषा हुन सक्छ । त्यसैले यो छलफल गरिनुपर्ने मुद्या हो । तर, उपराष्ट्रपतिको हिन्दी सपथलाई हामिले र्समथन गरेका छैनौं ।
अब अहिले देखीएको समस्याको समाधानको उपाय के त ?
नेपालीमा नै सपथ लिने कुरा आउदैन । अहिले हिन्दी विवादीत बनेकाले आप\mनो मातृभाषा मैथलीमा सपथ लिन पाउने गरी संविधान संशोधन गरेर विवाद मिलाउनुपर्छ ।
नेपालका थुप्रै भाषा उत्पीडनमा परेका छन्, यसलाई हटाउँन अब कस्तो भाषिक नीति अबलम्बन गर्नु पर्ला ?
२०३७ सालको जनमतसंग्रह ताका भएको र्सर्वेक्षणले नेपालमा ४२ प्रतिशतले मात्र नेपाली बुभ\mछन् भन्ने देखाएको थियो । त्यसबेलाको जनमतसंग्रह पनि नेपालीमा मात्रै भएकाले मैले ४२ प्रतिशत नेपालीले मात्र बुभ\mने भाषामा जनमत संग्रह गराउने अधिकार राजालाई छैन भन्दा २ महिना जेल बस्नुपर्‍यो । २०४६ सालको आन्दोलनपछि बनेको संविधानले नेपालमा बोलिने सवै भाषा राष्ट्रभाषा हुन् भनेर उल्लेख गर्‍यो । तर कहाँ प्रयोग गर्ने उल्लेख भएन । त्यसैकारण २०५४ सालमा काठमाडौ महानगरपालिका, राजविराज र धनुषा नगरपालिकाले कामकाजको भाषामा नेपालीका साथै स्थानीय भाषामा पनि काम सञ्चालन गर्न खोज्दा सर्वोच्च अदालतको आदेशले दिएन । सर्वोच्चको त्यो फैसल्लाले निरंकुश, अलोकतान्त्रिक थियो ।
त्यसैको विरोध गदै हामीले भाषिक अधिकार संयुक्त संघर्ंष्ा समिति पनि गठन गरेर आन्दोलन सुरु गरेका हौं । फैसल्ला भएको दिन हरेक जेष्ठ १८ गतेलाई कालो दिवसका रुपमा मनाउँदै आएका छौ । नेपालमा धेरै राजनीतिक परर्ीवर्तन आयो तर भाषिक उत्पीडन हट्न सकेन । संविधानमा भाषाको आधारमा भेदभाव गरिदैन भनेर लेखिन्छ तर कार्यान्वयन हुदैन । त्यसैले संविधानमा लेखेर मात्र भाषिक समानता प्राप्त हुने देखिदैन ।
नेपालको यथार्थता भनेको बहुभाषा हो । त्यसकारण राज्यले बहुभाषिक नीति लिनुपर्छ । त्यो लोकतान्त्रिक र समावेशी हुनुपर्छ । शिक्षा, सञ्चार, सरकारी कामकाजमा यी भाषाको प्रयोग हुनुपर्छ । आफ्नो मातृभाषमा पढ्न पाउँने, सुचना पाउँने अधिकार हुनुपर्छ । जुन समुदायका व्यक्ति छन्, जुन भाषा बोलिन्छ, राज्यले त्यही भाषामा सुचना प्रवाह गर्नुपर्छ ।
त्यसैले कुनै पनि भाषिक एकाधिकार कायम हुनु हुदैन । जस्तै दक्षिण अप्रिmकामा ११ वटा, स्विजरल्याडमा ४ वटा भाषालाई सरकारी कामको रुपमा प्रयोग गरिएको छ । अमेरीकामा ९० प्रतिशत जनता अंग्रेजी बोल्छन्, सरकारी काममा पनि यहि प्रयोग हुन्छ तर संविधानमा आधिकारीक भाषा हो भनेर उल्लेख गरिएको छैन । हाम्रोमा चाहि किन नेपाली नै भनेर उल्लेख गर्नुपर्‍यो - नेपालमा अहिले लगभग १०० भाषा अस्तित्वमा छन् । ति सवै हाम्रो सम्पदा हुन् । संसारमा अहिले ६ हजार भाषा छन् भनिन्छ हरेक दिन १ भाषाको मृत्यु हुन्छ भनिन्छ । नेपालमा पनि नेपाली भाषाको मात्र एकाधिकार हुने हो भने अरु भाषा कसरी संरक्षण हुन्छ ?
तपाईले उठाएका यी कुराको समाधान गर्न संघिय बनेपछि सजिलो होला, संधले चाहिँ कस्तो भाषिक नीति लिनुपर्छ ?
अहिले बहसमा आएका संघहरू पनि बहुजातिय र बहुभाषिक छन्, केन्द्रले लिने नीति जस्तै संघमा पनि सबै भाषालाई समान अधिकार दिइनुपर्छ । एक भाषाको मात्र प्रान्त बन्ने नेपालको अवस्था छैन । बहुलताको आधारमा त्यहाको भाषा प्रयोग हुन सक्ला तर अन्य भाषा पनि मर्ने अवस्था भने आउनु हुदैन ।
जातिय आधारमा संघियताको समन्धमा थुप्रै बहस उठेका छन्, तपाइँ पनि आन्दोलनकर्मी, नेपालमा जातिय आधारमा राज्य बन्ने सम्भावना छ ?
हामी संघियतामा जाने भनेर संविधानमा नै राष्ट्रिय प्रतिवद्वता व्यक्त गरिसकेका छौ । तर संघियताको आधारबारे संविधानमा उल्लेख छैन । राजनीतिक दलमा जातिय, क्षेत्रीय, भूगोल, प्रशासनीक विभिन्न फरक फरक अवधारण अगाडि ल्याएका छन् संविधानसभामा एउटा निश्कर्षा त पुग्ला नै ।
बहुजातिय मुलुक नेपालमा राणाकालदेखी जातिय विभेद छ । यसलाई नतोडिकन समान हुन सकिदैन । जातिय आधारमा राज्य भन्दा यहाँ जातपात -'कास्ट') बुभ्छन् तर हामीले राष्ट्रियता ('नेशनालिटि')को आधारमा भनेका हौ । एतिहासिक, भाषिक सास्कृतिक आधारमा स्वायत्त राज्य पाउँनुपर्छ । यसरी राज्य विभाजन भए त्यहाको समुदायले अपनत्व महसुस गर्न सक्छन् । उनीहरू र्सार्वभौम, आप\mनो मालिक आप\mै भएको महशुस गर्छन् । भाषाको पनि संरक्षण हुन्छ । नाग्रिकहरू उद्यमतिर लाग्छन् देश विकाश हुन्छ । जस्तै पहिला नेवार समुदाय उद्यमी थिए । कलात्मक मन्दिर बनाउँथे, कपडा बुन्दथे तर राज्य एकात्मक भएपछि राज्यको विभेदका कारण सबै कुरा छोड्दै गए । नेपालको यथार्थ यही हो जसलाई सबैले स्विकार गर्नुपर्छ । नत्र संघियताको कुनै अर्थ छैन ।
आदिवासी जनजातिले संघिय राज्यमा उठाएको स्वायत्ततता र आत्मनिर्णयको अधिकार मुलुकको अखण्डताका लागि बाधक छ भन्छन् नि ?
हामीले उठाएको स्वायत्तता, स्वशासन र आत्मनिर्णयको अधिकार देशबाट नछुट्टीने सम्मको अधिकार हो । यी अधिकार दिदा छुटटीने हो कि भन्ने भ्रम पनि छ । जस्तो भारतमा भाषा र जातका आधारमा बंगाल, तमिलनाडु लगायतका प्रान्तहरू छन् तर भारत टुक्रियो - देशको संविधानले यसलाई नियन्त्रण गर्न सक्छ । बरु यो अधिकार नदिए छुट्टीने आशंका हुन्छ । अन्यायको हद नाघेपछि संविधानमा लेखेपनि नलेखेपनि स्वत व्रि्रोह हुन्छ ।
आत्मनिर्णयकोयो आरोपमात्र हुनसक्छ । हामी आफै संग्लङन आन्दोलनमा त त्यस्तो मात्र देख्दैनौ । अरुको बारेमा त म भन्न सक्दिन । तर नेपालको जनजाति आन्दोलन भनेको नितान्त नेपालको समस्या हो । लामो समयको उत्पीडन विरुद्व यो आन्दोलन संगठित भएको हो ।
अलग राज्यको माग र शशस्त्र गतिविधि त देखीएका छन् । यो सरकारको प्रवृत्तिमा भर पर्छ । सरकारले पनि जसजसले आन्दोलन, व्रि्रोह गर्छ उसको मात्रै माँग सम्बोधन गर्छ । त्यसैले आप\mनो आन्दोलनलाई शसक््त्त पार्न त्यो शसस्त्र पनि हुनसक्छ, यो विश्वव्यापि मान्यता पनि हो । वार्तामा 'नेगोसेसन' गर्न पनि केही बढी माँग उठेको हुन सक्छ ।
अहिले बहस चलिरहेका यी यावत विषयमा आदिवासी जनजाति सभासद्ले संविधानसभामा खेलेको भुमिकालाई कसरी हर्ेर्नुहुन्छ ?
यी मुद्दामा पार्ट्टर्ीी विभाजीत छन् । यसको प्रभाव आदिवासी जनजाति सभासद्मा पनि पर्न सक्छ । अहिलेसम्म उहाँहरूले खासै भूमिका देखीएको छैन । तर, ढिलै भएपनि ककस बनेको छ । ककसले आदिवासी जनजातिको सवालमा साझा अवधारणा तयार गर्ने क्रममा हुनुहुन्छ । हाम्रो २१९ को सख्या पनि ठुलो शक्ति हो । साझा सवालमा एकजुट भए त्यो प्रभावकारी हुन्छ । साझा मुद्दा तय गर्न उहाँहरू लागिरहनुभएको छ । त्यसमा हाम्रो पनि सहयोग र्समथन छ ।
नेपालको र्सर्न्दभमा अहिले जातिय समस्या धेर देख्नुहुन्छ कि जातिय ?
दुवै महत्वपर्ूण्ा समस्या हुन् । वर्गीय आधारमा पनि बहुसंख्यक जनता पिडित छन् । दुवै समस्या अत्यन्त संगिन रुपमा छन् । दुवैको समाधान लोकतान्त्रिक ढङगले हुनुपर्दछ । तैपनि राजनीतिक दलको दर्शन वेग्लावेग्लै छ । यी कुराको शान्तिपूण रुपमा समाधान हुनुपर्छ भन्ने अवधारणा बमोजीम धेरै कुरा अगाडि बढीरहेको छ । लोकतन्त्र र समानताको सिद्वान्त बमोजिम यी कुराकको समाधान हुनुपर्छ । तर वर्गीय समाधान गर्न आजको आजै सम्भव छैन । गरीविको रेखावाट जनतालाई कसरी माथि उठाउँने भन्ने योजना आउनुपर्छ । नेपालमा धेरै राजनीतिक क्रान्ति भएपनि आर्थिक क्रान्ति हुनै सकेको छैन । ठुला ठुला परिवर्तन हुन्छ तर त्यसले राजनीतिक बाहेक कुनै क्षेत्रमा प्रभाव पार्दैन ।
त्यस्तै भाषिक र जातिय आधारमा पनि हिजो जुन विभेद, उत्पीडन थियो त्यो यद्यपि कायमै छ । सवै विभेदलाई हटाएर नयाँ नेपाल निर्माण गर्ने भनेपनि त्यसलाई तोड्ने कुनै कार्यक्रम राजनीतिक दलसँग छैन । राजनीतिक दलका दस्तावेजमा मात्र सिमित छन् । परिवर्तनको जनताको चाहानालाई राजनीतिक दलले क्यारी गर्न सकेका छैनन् ।
अबको परिवर्तले जनताको आकाक्षा समेट्ने स्थिति छ कि छैन ?
यो कुरा हाम्रा राजनीतिक दलमा भर पर्छ । यस्तो स्थितिमा एउटा राष्ट्रिय शक्ति जसले आम नेपालीलाई सञ्चालन गर्न सकोस् । तर नेपालकमा त्यस्तो व्यक्तित्व छैन । राष्ट्रिय संकट आयो भने स्थितिलाई हातमा लिने खालको राजनीतिक नेतृत्व छैन । त्यसकारण सामुहिक राजनीतिक नेतृत्व विकास गर्नुपर्छ जसको निर्णयको देशका सवैले स्विकार गर्न तयार हुन्छन् । तर राजनीतिक दलको प्रवृति हरदा परिवर्तन नहुने सम्भावना पनि छ । त्यसको लागि जनताको निरन्तर दवावको आवश्यक्त्ता छ ।

interview @ 2066-o5-23 (for isuee 49)

Thursday, September 03, 2009

अगाडि बढ्नको लागि राजनीतिक दलहरूवीच नयाँ सहमति आवश्यक छ

अहिले सवै क्षेत्रमा माओवादी विना सरकार सञ्चालन र संविधान निर्माण संभव छ कि छैन भन्ने बहस छ तपाई यसलाई कसरी हर्ेर्नुहर्ुर्न्छ ?
गगन थापा, युवा नेता नेपाली काङग्रेस
हामी अहिले नियमित अवस्थामा छैनौं, शान्ति प्रकृयामा छौं । शान्ति प्रकृयाको आधारभुत र्सत भनेको नै यो प्रकृया टुङगीदै गर्दा एउटा पक्ष हार्ने र अर्को पक्ष जित्ने सम्भव छैन । दुवैको जितमा मात्र शान्ति प्रकृया सफल हुन्छ र दुवैको हारमा शान्ति प्रकृया असफल हुन्छ । शान्ति प्रकृयाको एउटा महत्वपर्ूण्ा 'कम्पोनेन्ट' भनेको संविधान निर्माण हो । त्यसकारण पनि माओवादीको सहभागिता विना संविधान निर्माण हुन सक्दैन । अथवा कांग्रेस, एमाले या अन्य कुनै दलको सहभागिता विना पनि संविधान निर्माण हुन सक्दैन । माओवादीको हकमा हर्ेर्ने हो भने त संविधानसभाको ठुलो दल उ नै छ । हामीसँग संविधानका प्रत्येक धारा पारीत गर्न दर्ुइ तिहाइ आवश्यक पर्छ । माओवादीको सहभागिता विना त एउटा पनि धारा पारीत हुदैन । यसको अर्थ कुनै दललाई वाहेक गरेर अंकगणितको खेलवाट संविधान बन्छ या बनाउँनर्ुपर्छ भन्ने होईन । यो कुरामा द्वीविधै छैन कि माओवादी या अरु कुनै दललाई वाहेक गरेर संविधान निर्माण हुन सक्दैन ।
जहासम्म सरकारको कुरा छ, यतिवेला सरकार किन यति महत्वको विषय बन्यो त्यो आ-आप\mनो बुझाईको कुरा होला । अहिलेको सरकारलाई त्यती धेरै महत्व दिनर्ुपर्छ जस्तो मलाई लाग्दैन । तर, यो सरकार अहिले नेपालको राजनीतिक मुद्दा बन्यो । त्यसकारण सवै राजनीतिक दलका विच सहमतिमा सरकार चल्दैन भने संविधान पनि वन्दैन । किनकि सरकारको आवश्यक्ता नै संविधान निर्माणमा सहयोग गर्ने हो । तर यहाँ संविधान निर्माणको नेतृत्व नै सरकारले गर्ने हो कि भन्ने गलत बुझाई छ । संविधान निर्माणसँग सरकारको जोडिएको र्साईनो के हो भने संविधानसभाले नयाँ संविधान निर्माण नगरेसम्म कानुनी राज्यको सिद्वान्तअनुरुप शासन व्यवस्था सञ्चालन गर्ने, संविधान निर्माणका लागि आवश्यक वातावरण बनाउँने र संविधानपछिको लागि आवश्यक केही तयारी गर्ने हो ।
तपाइँले राजनीतिक दलवीच सहमतिको टड्कारो आवश्यक्ता देखाउँनुभयो, तर, पछिल्लो समयमा राजनीतिक दलहरूविच सानो कुरामा पनि सहमति हुन नसकि 'भोटिङ' गर्नुपर्ने अवस्था छ, यसले के संकेत गर्दछ ?
संविधान निर्माण प्रारम्भमा नै छ । संविधानसभाका समितिहरूमा दलहरूविच विभिन्न धारणहरू आउनु र ति धारणहरूवाट साझा धारणा वनाउन नसक्नु अहिले नै ठुलो कुरा होइन । यो एकदमै स्वभाविक प्रकृया हो । वल्ल त गाठो फुक्दैछ, समितिहरूमा मत बाझिनु र प्रारम्भीक अवस्थामा निर्वाचन हुनु ठुलो कुरा होईन । तर विभिन्न पदहरूमा कुरा मिल्न नसक्नु दलहरूविच बढ्दै गएको दुरी र असमझदारीको संकेत हो । संविधान निर्माण र शान्ति प्रकृयालाई निश्कर्षा पुर्‍याउन दलहरूवीच समझदारी हुनु अनिवार्य र्सत हो जुन पटक्कै भएको छैन ।
हामीले संवैधानिक समितिको निर्वाचन या संविधानसभाका समितिहरूमा भएको मतभिन्नता हेरेर मात्र संविधान बन्छ कि बन्दैन भनेर मात्र छलफल गर्नु हुदैन । छलफल त राजनीतिक दलको प्रतिवद्वता के छ - राजनीतिक दलहरू एक अर्काविचको असमझदारीलाई हल खोज्ने प्रयास गरीरहेका छन् कि छैनन् भनेर हर्ेर्नुपर्छ । तर यो कुरामा हाम्रो गतिविधि शुन्य छ, यो चाहि नकारात्मक र चिन्ताको विषय हो ।
संवैधानीक समितिको सभापतिको चुनावपछि माओवादीले अन्य दलले आफुलाई एक्ल्याएको विश्लेषण गर्‍यो नि ?
पछिल्लो प्रत्येक घटनाले राजनीतिक धु्रविकरण एकदमै बढेर गएको छ । माओवादी र माओवादी बाहेकका दलको समन्ध एकदमै चिसिदै गएको छ । तर, अलिकति पछाडी र्फेर हर्ेदा माओवादी एमाले, फोरम लगायतका दल सरकारमा थिए । सभामुख, संवैधानिक समितिको सभापति एमालेको थियो । उपसभामुख माओवादीको थियो भने कांग्रेस कहाँ थियो ? काङ्ग्रेसलाई एक्ल्याएको थिएन त्यसवेला ?
काङग्रेसले त माओवादी सरकारमा नजाने नै निर्ण्र्ाागरेको हो ?
सरकारमा सहभागी नहुनु एउटा कुरा होला तर कांग्रेसले त्यसवेला सरकारमा सहभागी दललाई तपाइँहरू सत्तामा हुनुहुन्छ, कम्तिमा हामीलाई संविधानसभाको उपसभामुख पद त दिनुहोस् भनेको होइन ? यो कुरा मैले प्रतिशोधको भावनाले भनेको होइन । तर आन्दोलन पछि सुरु भएको सहमतिय राजनीतिमा हामी अहिले छैनौ, यो कुरा सत्य हो ।
अहिलेको दलहरुभित्र सरकार सञ्चालनका लागि बहुमत पुर्‍याउने मात्र गरेको देखिन्छ नि ? अहिलेकै सञ्चालनको गठबन्धनमा पनि वर्तमान परिवर्तनलाई स्वीकार नगरेका पार्टर्ीीनि सहभागी छन् ?
यसभन्दा अगाडि माओवादी सरकार कांग्रेसबाहेक सबै पार्टर्ीी भोट दिएर बनेको होइन ? त्यतिखेर मन्त्रमण्डलमा कोही गए कोही चित्तबुझदो नपाएर गएनन् । त्यतिबेला २२ दलको सरकार भनिएको छ । माओवादी सरकार पनि कांग्रेेस बाहेकका सबै दलको सरकार हो । त्यसकारण प्रत्येक कुराको तर्क छ । तर, तर्कका लागि तर्कको कुनै अर्थ हुँदैन । माओवादी साथीले तर्क गर्नु हुन्छ भने त्यस्तो तर्क मसँग पनि छ । मुख्य कुरा हाम्रो शान्ति प्रकृयाको र्सत हाम्रोबीचमा समझदारी भएन भने संविधान लेखिदैन । समझदारी ब्रि्रँदै गएको छ यो चिन्ताको विषय हो ।
माओवादीले उठाएको मागको सम्बन्धमा र्सार्वभौम संसदमा छलफल गर्न नदिनुको कारण के हो ?
यो प्राविधिक विषय हो । तर, यसलाई प्राविधिक भन्दा राजनीतिक कोणबाट हर्ेर्नुपर्छ । जुन विषयम राजनीतिक दलहरुमा मत मिलेको छैन । त्यो विषयमा किन छलफल भएन भन्नेतिर लाग्यौं भने त्यसको निष्कर्षा पुग्न सकिदैन । अहिले संसदभित्र एकदम प्राविधिक कुरामा हल खोज्नु हुँदैन । मेरो बुर्झाई के हो भने नेपालमा दलहरुबीच विश्वासको संकट पैदा भएको छ ।
दलहरुबीच यत्रो मतभिन्नता, विश्वासको संकट औंल्याउनुभयो । अब दलहरु समझदारीमा आउने विकल्पचाहिँ के त ?
अहिलेको अविश्वासलाई हटाउन विवादित कुरा राष्ट्रपतिको कदम, नागरिक सर्वोच्चता, संसद अवरुद्ध, संविधानसभाका समिति यो कुरालाई थन्क्याउँ । थन्क्याउनुको अर्थ कामै नगर्ने भन्ने होइन । तव शान्ति प्रक्रियाको शुरुमा जसरी हामीले १२ बुँदे समझदारी निर्माण गर्‍यौं, त्यसैगरी अब नयाँ संविधान निर्माण र त्यसलाई लागु गर्ने तहसम्म पुग्नका लागि मन माझेर छलफल गरौं । अहिलेका विवादित विषयलाई कसरी टुङ्गोमा पुर्‍याउने ? नयाँ संविधान निर्माण र लागु कसरी गर्ने ? देशमा देखिएको अस्थिरतालाई कसरी हल गर्ने ? यसवारेमा अगाडि बढ्नको लागि स्पष्ट नयाँ सहमति आवश्यक छ । पहिलाको सहमतिले अव काम गर्दैन । तर, सरकारमा रहेका दल सत्ता जोगाउन लाग्ने र सडकमा भएका माओवादी हिजोको युद्धका र सरकारको धङधङी नबिर्सर्ेेअनेकौं नाटक मञ्चन गरिराख्ने हो भने दुवैतिरको बेफाकको काम मात्र हो ।
दलहरु संविधान निर्माणमा केन्द्रित नहुँदा संविधान निर्माण तालिका पाँचौं पटक सरिसक्यो जेष्ठ १४ भित्र संविधान निर्माण हुने अवस्था छ ?
राजनीतिक दलभित्र कुराकानी मिलने भने एउटा कमा, फुलस्टपमा गएर पनि संविधान रोकिन सक्छ । राजनीतिक दलभित्र समझदारी हुने हो भने १० दिनभित्र संविधान तयार हुनसक्छ । त्यति धेरै कुरा प्रष्ट भइसकेका छौं । हामी धेरै कुरामा छलफल गरिसकेका छौं । तर, राजनीतिक दलभित्र कुरा गर्दा कांग्रेसको निर्ण्र्ाागर्ने गिरिजाप्रसादले, एमालेको निर्ण्र्ााझलनाथ खनालले, माओवादीको निर्ण्र्ााप्रचण्डले निर्ण्र्ाागर्ने र उहाँहरू संविधानसभाको सदस्य भएपनि संविधान निर्माण प्रकृयामा सहभागी हुनुहुन्न । उहाँहरू निर्ण्र्ााबन्द कोठाभित्र गर्नुहुन्छ र त्यसको हल संविधान सभाका समितिमा खोज्नुहुन्छ भने हल आउदैन । त्यसैले राजनीतिक दलवीचको दुरी कसरी घटाउँन सकिन्छ, कसरी समझदारी कायम गर्न सकिन्छ, हाम्रो प्रयास त्यतातिर केन्द्रित हुनर्ुपर्छ ।
कमजोरी कहाँ छ त ?
मुख्य हामीले चाहेको कुरा प्रष्ट हुनुपर्‍यो । मेरो हारमा माओवादीको जित सुनिश्चित छ ? अथवा माओवादी जित्ने अरु सबै हार्ने हुन्छ? माओवादीले फेरी अर्को युद्व गरेर आप\mनो राज्य कायम गर्न सम्भव छ? अथवा अन्य दलले माओवादी वाहेक संविधान लेखेर शैनिक सासन लगाउँने सम्भव छ ? मुख्य कुरा हामी नमीलिकन सुखै छैन । जवसम्म यो कुराको 'रियलाइजेसन' सबै दलमा हुदैन तवसम्म यो प्रकृया अगाडी बढ्न सक्दैन । यो कुरा बुभ\mन माओवादीलाई आवश्यक छ किनकि उसले युद्व जितेको हैन संविधानसभाको चुनाव जितेको हो । हामिले पनि हारेको होइन, उसले भन्दा केही कम जितेको हो । त्यसैले यो संविधान समयमा नै लेखिएन भने हामी सबे र्हाछौ । एउटाले जित्ने अर्काले हार्ने सम्भव छैन । हामी सबैको हार सुनिश्चित छ ।
तपाईलाई आन्दोलनमा हुदा र अहिले देशको अवस्था देख्दा कस्तो लाग्छ ?
त्यो बेला एउटा मिसनमा थियौ, सन्तुष्टि थियो । हरेक दिनको उपलब्धीले रोमाञ्चित र थप उत्साहित गर्दथ्यो । तर, आन्दोलन पछाडि जुन जनअपेक्षा थियो यो पुरा नभएको देख्दा कतिपय ठाउमा विचलीत हुने एक प्रकारको नैराश्यताको अवस्था पनि आउँछ । यद्यपि यो पनि आन्दोलनकै मोर्चा हो भन्ने ठान्छु र निरन्तर अगाडी बढ्छु ।
दलहरूविचको हुने गठबन्धनमा बाहृ शक्तिको प्रभाव छ भन्छन् नि ?


नाच्न नजान्ने आगन टेढो भनेको यहि हो । हामीलाई पनि भारतको चुनाव प्रभावित गर्ने मन होला, मनमोहनको ठाउँमा लालकृष्ण या अरु कोही प्रधानमन्त्री बनाउने मन होला । जापान, चीनका गतीविधीमा 'इन्टे्रस' होला, सम्भव छ - हामीसँग त्यो हैसीयत छैन । आफू पनि देश सम्हाल्न नसक्ने अनि भारतले यो गर्‍यो भन्दै हिड्ने - आफु वलीयो हुन नसकेपछि घरेलु राजनीतिमा छिमेकीले आखा लगाइहाल्छन् नि ।
त्यसोभए, माओवादी सरकार ढल्नु र एमाले सरकार गठन, प्रधानसेनापति प्रकरणमा भारतको प्रभाव छ भन्ने कुरामा तपाईको पनि सहमति छ हो ?
हैन म त यस्तो कुरामा विश्वासै गर्दिन । नेपालमा प्रचण्ड, गिरिजा, माधव नेपाल कसैले पनि फर्ुर्ति नलगाए हुन्छ । चिनले बनाएको संविधानसभा भवनमा, भारतले दिएको वस चढेर जानर्ुपर्छ, अनि भित्र अमेरीकाले दिएको टेलिभिजन हर्ेर्नुपर्छ, त्यहाँ बसेर हाम्रो ठुला कुरा हुन्छ । यो नै हो हाम्रो 'रियालिटि' । यसवाट बाहिर निस्कन हामी सक्षम हुनुपर्‍यो नि । हामी सक्षम नभएपछि अर्काले खेल्यो भन्दै हिड्नु वेकार र मर्ुखतापर्ूण्ा कुरा हो ।
प्रशंग बदलौ, अहिले कांग्रेसभित्र विधानबारे बहस चलिरहेको छ । तपाइँ युवा कार्यकर्ताको प्रतिनिधिको गर्ने नाताले धारणा के छ ?
यो पार्टर्ीीभापतिय प्रणालीमा नै रहनु पर्छ तर, वहुपदिय हुनर्ुपर्छ साथै पार्टर्ीी सभापतिसहित सबै सदस्यहरु निर्वाचित हुनर्ुपर्छ । बहुसङ्ख्यक केन्द्रीय सदस्यको भनाइ पनि यहि छ र युवा पङ्क्तिको भनाइ पनि यही छ । अब कांग्रेस यही बाटोमा अगाडि बढ्छ भन्ने हाम्रो विश्वास छ ।
कांग्रेसमा पार्टर्ीीत्र बहस हुन्छ, तर अन्तिम निर्ण्र्ााचाहिँ सभापति कोइरालाको हुन्छ, यो कुरामा पनि पारा उही त होला नि ?
सभापतिज्यूको पार्ट्टर्ीीई पुरानै संरचनामा राख्नर्ुपर्छ भन्ने धारण यसपटक लागु हुँदैन । बहुसङ्ख्यक साथीहरुले जे चाहन्छन् त्यही हुन्छ, निश्चिन्त रहनुस् ।


यादव हुमागाइ
2065-05-16

Sunday, August 30, 2009

मानव विकास सूचकाङ्‍कमा पछि परेकालाइ प्राथमिकता दिन्छौ’


 जितपाल किरात, उपाध्यक्ष, आदिवासी जनजाति उत्थान राष्टि्य प्रतिष्ठान
यस्तो महत्वपूर्ण घडीमा प्रतिष्ठानको भूमिका के हो ?
नेपाल आदिवासी जनजाति उत्थान राष्टि्य प्रतिष्ठान आदिवासी जनजातिको सामाजिक, आर्थिक र राजनीतिक उत्थानका लागि स्थापित संस्था हो । हाम्रो नीति र उद्देश्य भनेकै हरेक क्ष्ोत्रमा आदिवासी जनजातिको पहुच पुर्‍याउन, उनीहरूको हैसियत र चेतनास्तर वृद्धि गनु हो । त्यसका लागि प्रतिष्ठान आफैँले र आदिवासी जनजातिका विभिन्न प्रतिनिधिमूलक संस्थासँग मिलेर पनि कार्यत्रmम सञ्चालन गने गरेको छ । त्यस्तै भाष, सस्कृति संरक्ष्ाण लागि पनि काम गरिरहेका छौं ।
आदिवासी जनजातिका भाष्ाा संरक्ष्ाणका लागि हामीले अहिले त्रिभुवन विश्वविद्यालय केन्द्रीय भाष्ा्‍ाविज्ञान विभागको सहभागितामा भाष्ािक सवेर्क्ष्ाण गरिरहेका छौ । त्यस्तै लोपोन्मुख भाष्ाा संरक्ष्ाणका लागि सम्बन्धित जातिहरूसँग अन्तत्रिर्mया गन र विशेष्ाज्ञको सहयोगमा ती भाष्ािक समूहको वर्ण पहिचान गरी शब्दकोष्ा निकाल्ने काम गरिरहेका छौ । प्रतिष्ठानले भाष्ािक कार्यत्रmम, कक्ष् सञ्चालन गर्न, शिक्ष्ाक तालिमका लागि 'सपोर्ट' गरेको छ । त्यस्तै,लोपोन्मुख चाडपर्व र भेष्ाभूष्ाा संरक्ष्ाण गर्नका लागि पनि प्रतिष्ठानले सहयोग गने गरेको छ । जनजातिका लोपोन्मुख साँस्कृतिक सामग्री उत्पादनका लागि पनि हामीले सहयोग गरेका छौ ।
नेपालमा आदिवासी जनजाति राजनीतिकहिसाबले पछाडि परे । त्यसैले, राज्य र आदिवासी जनजातिबीच ठूलो 'ग्याप' सिर्जना भयो । त्यसलाइ कम गर्न आदिवासी जनजाति सशक्तीकरणको निम्ति यो प्रतिष्ठानको स्थापना भएको हो । त्यसैका लागि हामीले विभिन्न कार्यत्रम सञ्चालन गरेका छौं ।
प्रतिष्ठानले आफै कार्यत्रmमसञ्चालन गर्न जोड दिन्छ कि प्रतिनिधिमूलक जातीय संस्थामाफत् ?
हामी आपै कार्यत्रmम सञ्चालन गनु भन्दा पनि यस्ता जातीय सामाजिक संस्थामाफत कार्यत्रmम सञ्चालन गर्न जोड दिन्छौ । प्रतिष्ठानले सञ्चालन गनर्े कार्यमा पनि प्रतिनिधिमूलक जातीय संस्थाहरूलाइ सहभागी गराउनु पन हुन्छ । तर, ठूला कार्यत्रmम र विशेष्ाज्ञलाइ सहभागी गराएर सञ्चालन गन कार्यहरू प्रतिष्ठान आफँले पनि गर्छ ।
प्रतिनिधिमूलक संस्था भएकाआदिवासी जनजातिको संख्या थोरै छ । सीमान्तकत, पिछडिएका र लोपोन्मुख समुदायलाइ चाहीँ कसरी समेट्‍नुहुन्छ ?
अहिलेको सरकारी तथ्याङ्‍क अनुसार नेपालको जनसंख्याको करिब ३७.२७ आदिवासी जनजातिको संख्या छ । तर, यथार्थ संख्या यो भन्दा बढी हुन सक्छ किनभने धेरैजनजातिहरूले जनगणनामा भाग लिएका हुँदैनन् । उनीहरू दुर्गम र अप्ठेरो ठाउँमा बस्छन्। त्यसले गर्दा उनीहरूको संख्या जनगणनामा थोरै आउनु स्वभाविक पनि हो । त्यसैले 'एराउण्ड' ४० प्रतिशत को हाराहारीमा जनसंख्या हुन सक्छन् । आदिवासी जनजातिभित्र पनि आर्थिक र सामाजिक रुपले भिन्नभिन्न अवस्था छ । लिम्बू, थारु, राइ, नेवारको जनसंख्या पनि बढी छ । उनीहरूको शैक्ष्ािकस्तर पनि अरुकोभन्दा माथि छ । तर कुनै अतिसीमान्तकृत, लोपोन्मुख छन् । उनीहरू आर्थिक,सामाजिक रुपले पिछडिएका छन् । त्यसैले,हामीले अहिले सूचीकृत ५९ वटै आदिवासी जनजातिलाइ ५ वर्गमा विभाजित गरेका छौं । आर्थिक, सामाजिक र मानव विकास सूचकाङ्‍कको आधारमा वर्ग छुट्‍याएका छौं । त्यसमा १० वटा आदिवासी जनजाति लोपोन्मुखवर्गमा छन्भने नेवार र थकालीलाइ सबैभन्दा माथिल्लो वर्गमा राखेका छौं । यसबाट कार्यत्रmमिक हिसाबले पनि पिछडिएको वर्गलाइहामीले बढी प्राथमिकता दिएका छौ । लोपोन्मुख र सीमान्तकृत समुदायको अहिले प्रमुख आवश्यकता भनेकै उनीहरूको सामाजिक र आर्थिकस्तर उकास्नु हो । खाने,लाउने, शिक्ष्ाा र आयआर्जनमा नै हाम्रो हाम्रो जोड बढी हुन्छ । त्यस्तै नेवारको समस्या भाष्ाा हो । मात ृभाष्ाा बोल्ने व्यत्तmिको संख्याघटिरहेको छ, चिन्ताको विष्ाय हो । उहाँहरूको प्राथमिकता अहिले कसरी नेपाल भाष्ाालाइ जोगाउने भन्ने हो । त्यसैले हामीले नेवारका भाष्ािक कार्यत्रmमलार्इ सहयोग गछौं । नेवारहरूलाइ हामी आयआर्जनका लागि सहयोग गर्दैनौ ।
सरकारसँग कार्यत्रmम सहयोग लिन राजनीतिक पहुच चाहिन्छ । राजनीतिक पहुँचको आधारमा मात्र कार्यत्रmम दिइन्छ भन्छन् नि ?
आमरुपले मान्छेले यसरी नै बुझ्छन् ‍तर जनजाति प्रतिष्ठानमा भने त्यसको ठीक उल्टो हो । प्रत्येक राजनीतिक दलको जनजाति संगठन वा मोर्चा छ, तर त्यस्ता संगठनलाइ प्रतिष्ठानले कार्यत्रmम दिँदैन । अको कुरा, प्रतिनिधिमुलक जातीय सामाजिक संस्थामाफत् ‍पनि कार्यत्रmम गर्न हामीकहाँ आएका प्रस्तावबारे पनि राम्रोसँग अध्ययन गरेर, त्यसको प्रभावकारिता हेरेर मात्र कार्यत्रmम स्वीकृत गनर्ेगरेका छौं ।
आदिवासी जनजातिकोमागबमोजिम सूची परिमार्जन आयोग बनेर काम शुरु भएको छ, यसला र्प्रतिष्ठानले कसरी सहयोग गरिरहेको छ ?
अहिले सूची परिमार्जन गर्नको लागि ९ जनाको कार्यदल नै बनेको छ । त्यो कार्यदल प्रतिष्ठानकै सिफारिसमा सरकारले गठन गरेको हो । त्यसकारण हामी उहाँहरूलाइ आवश्यक पनर टेक्निकल 'सपोर्ट' गछौं । तर,काम गर्नका लागि उहाँहरू स्वतन्त्र हुनुहुन्छ । उहाँहरूले स्वतन्त्र ढङ्‍गले काम गरिरहनुभएकोछ । कुनै जनजाति सूचीकरण्ा हुन छुटेकोछभने त्यसलाइ समावेश गने र सूचीकृतभएका पनि आदिवासी जनजाति होइनन्‍ भने त्यसलाइ हटाउने आदि कुराहरू गर्न उहाँहरू स्वतन्त्र हुनुहुन्छ । उहाँहरूले कुनै सहयोग सल्लाह माग्नुभयो भने हामी दिन्छौं । नत्र हामीले 'गाइड' गनुर् पर्छ, उहाँहरूले पनि सल्लाह लिनुपर्छ भन्ने त्यस्तो नियम केही छैन । यो स्वतन्त्र उच्चस्तरीय आयोग हो । त्यसले पनि स्वतन्त्र ढङ्गले काम गर्न सकोस् भनेर नै उच्चस्तरीय स्वतन्त्र आयोग गठन भएको हो ।
धेरै नयाँ समूह सूचीकृत हुन आएका छन्, पहिले सूचीकृत समूहभित्रैबाट पनि छुट्टै अस्तित्वकोमाग आएका छन् । यसलाइ कसरी हेनर्ुहुन्छ ?
पहिला सूचीकरण गर्दा धेरै त्रूटी भएकाछन्। अब त्यस्तो त्रूटी नहोस् भनेर नै उच्चस्तरीय कार्यदल निर्माण गरिएको हो । त्यहाँ विज्ञहरूको टोली समावेश छ । त्यसले वैज्ञानिक ढङ्गले यसबारे छानबिन गर्ला । उच्चस्तरीय कार्यदलले पेश गनेर् प्रतिवेदन ले यस कुराको निर्धारण गनर्छ । वैज्ञानिक आधारविना सूचीमा थपघट गर्नाले समस्या सिर्जना हुने भएकोले नै हामीले छुट्टै कार्यदलबनाउन सिफारिस गरेका हौं ।
पछिल्लो राजनीतिक परिवर्तनपछि आदिवासी जनजातिप्रतिराज्यको दृष्टिकोण् कस्तो पाउनु भएकोछ ?
राजनीतिक परिवर्तनपछिको अन्तरिम संविधानमा नै देश धर्मनिरपेक्ष हुने, संघीयशासन व्यवस्थामा जाने उल्लेख भएको छ । त्यसले गर्दा राज्यको पहुँचबाट टाढा रहेका,सीमान्तकत भएका आदिवासी जनजातिलाइ पनि अवसर सिर्जना भएको छ । राज्यका हरेक क्ष्ोत्रमा थोरै मात्रामा भए पनि समावेशी बनाउने प्रयास भएको छ । यसलाइ हेर्दा केहीन केही फरक त अवश्य भएको छ तर, त्यो नै पर्याप्त होइन ।
जनजाति उत्थानका लागि गठन गरिएको प्रतिष्ठानप्रति सरकारको दष्टिको ण्ा चाहिँ कस्तो पाउनुभएकोछ ?
प्रतिष्ठानलाइ प्राप्त बजेटको हिसावले हेर्दा त ठोस परिवर्तन भएको छैन । हामीलेपनि मुलुक संघीयतामा जाँदैछ र त्यसपछि आदिवासी जनजातिका धेरै समस्यालाइसम्बोधन गर्दै जानेछ भन्ने विश्वास लिएर अहिले सबै कुरा प्रतिष्ठानले नै हेनु पर्छ भनेर'क्लेम' पनि गरेका छैनौ । देश संघीय भएपछि निर्माण्ा हुने प्रान्तसँग आदिवासी जनजाति नजिक हुने र प्रान्तसँग स्रोतसाधन पनि धेरैहुने भएकाले समस्या समाधान गर्न सजिलो हुन्छ ।
अहिले कुनै कार्यत्रmम सञ्चालनगर्न प्रतिष्ठानले आफैं सहयोग खोज्नुपनर्ेअवस्था छ कि ?
अहिलेसम्म प्रतिष्ठानले सरकारले दिएको बजेटबाट मात्र कार्यत्रmम सञ्चालनगरेको छ । तर, पछि आवश्यक पर्‍यो भनेआफै 'फण्ड' खोजेर पनि कार्यत्रmम सञ्चालनगर्न सक्छौ । एनले हामीलाइ त्यो अधिकार दिएको छ ।
प्रतिष्ठानले दिने सहयोग लक्ष्ाितवर्गसामु पुगेन भन्ने गुनासो छ नि ?
यो कुरा चाहिँ आदिवासी जनजाति भित्रभएको विविधताको कारणले गर्दा आएको हो । एउटा मात्र सूचीकरण भएको जातिभित्र पनि विविधता छ । तिनीहरू भित्र आर्थिक सामाजिक विविधता छ तर प्रतिष्ठानको थोरै बजेट स्रोत साधन नियमले तिनलाइ समेट्‍ननसक्दा गुनासो आएको हुनसक्छ ।
प्रतिष्ठानले प्रदान गनर्े छात्रव ृत्तसमानुपातिक वितरण्ा छैन भन्ने गुनासोछ नि ?
हामीलाइ प्राप्त लगभग ३५० कोटाजति छात्रवृत्तमिा छ जसलाइ हामीले समानरुपले वितरण गरेका छौ । नेवार, तामाङ, राइ,लिम्बु, थारु लगायतका जातिबाट धेरै संख्यामा आवेदन पर्छ तर कोटा थोरै भएकाले यो गुनासो आएको होला । तर प्रतिष्ठानले मानवविकास सूचकांकमा पछि परेका जातिलाइ बढी प्राथमिकता दिएको छ । यसमा पनि सकेसम्म हामीले पहिले 'जेन्डर ब्यालेन्स' गनर्े प्रयास गरेका छौं । यो गुनासोलाइ हटाउनहामीले अर्को बर्ष्ादेखि छात्रवृत्त ि छनोट समितिमा आदिवासी जनजाति विद्यार्थीको प्रतिनिधित्व गराउने सहमति गरेका छौं ।
-यादव हुमागाइ
2065-05-09

Thursday, August 27, 2009

भारतीय कर्मचारी आएमात्र पनि महत्व दिने हाम्रो नीतिले हेपिएका छौ

 डा. भेषबहादुर थापा
नयाँ सरकार गठन हुनासाथ पहिला भारतको भ्रमण्ा गनर्े परम्परालार्इ वर्तमान प्रधानमन्त्री माधवकुमार नेपालले पनि निरन्तरता दिएका छन्‍ । नेपाल भारतवीच åीपक्ष्ाीय दर्जनौ मुद्दा थाती रहेपनि प्रत्येक प्रधानमन्त्रीको भ्रमण्ामा यसबारे कुरा उठ्‍ने गर्छ तर निकास भने निस्कने गरेको छैन । यसको कारण्ा के हो ? यी लगायत नेपालको कुटनीतिबारे पूर्व भारतीय राजदुत तथा कुटनीतिज्ञ डा. भेष्ाबहादुर थापासँग गरेको कुराकानी :
अहिले प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमण्ालार्इ कसरी हेनर्ुभएको छ ?
हामी अहिले संत्रmमण्ाकालिन अवस्थामा छौं । सानोतिनो सहमति गर्न समेत राजनीतिक दलबीच सहमती जुटाउनुपनर्े अवस्थामा छ । त्यसैले प्रधानमन्त्रीले यो भ्रमण्ामा त्यस्तो ठूला सन्धि सम्भmौता गर्न सक्नुहुन्न । यो भ्रमण्ालार्इ दुइ देशबीच सम्बन्ध बढाउने सद्‍भावना भ्रमण्ाको रुपमा मात्र लिनुपर्छ । भनेपछि उपलब्धिको हिसाबले यो भ्रमण्ाको कुनै अर्थ छैन, होइन त ? त्यसो होइन । नयाँ कुरा उठाउन आवश्यक छैन मात्र भनेको हो । यसअघि उठेका थुप्रै मुद्दाहरू किनारा लगाउन सकिएको छैन । १९५० मा सन्धि भएदेखि नै त्यसबारे प्रश्नचिह्न रहेको छ । त्यसपछि भएको वाण्ािज्य सन्धि नवीकरण्ा गर्दा धेरै अंकुश लगाइँदा नेपाललार्इ धेरै घाटा लागेको छ । उच्चस्तरीय भ्रमण्ामा यो नवीकरण्ा हुन सके नेपालले बढी फाइदा लिन सक्छ । तर यो सरकारले दीर्घकालीन महत्वको मुद्दामा प्रवेश गर्‍यो भने यसले नयाँ विवाद जन्माउन सक्छ । यो कुरालार्इ प्रधानमन्त्रीले विचार पुर्‍याउनुपर्छ । प्रमको भ्रमण्ा अगावै विधिन्न दलले चेतावनीको भाष्ाामा सन्धि सम्भmौता नगर्न त भनेका छन्‍ नि ।
प्रधानमन्त्रीको पञ्चेश्वर परियोजनामा सहमति गनर्े इच्छा भएपनि यसको विरोध हुनुलार्इ कसरी हेनर्ुहुन्छ ?
अहिले पारदर्शी रुपमा यस परियोजनाबारे छलफल र विचारविमर्श नभएकाले यसले विवादको रुप लिएको हो । सबैलार्इ चित्तबुभm्‍ने गरी सहमति गरेपछि मात्र परियोजना अगाडि बढाउनुपर्दछ । मुख्य कुरा बाँडफाँटको हो । कसैलार्इ ठगिएको महसुस नहुनेगरी यसको फाइदा बाँडफाँट हुनुपर्छ ।
नेपालको राजनीतिमा भारत हाबी हुँदै आएको छ, किन यसो हुन्छ ?
नेपालमा शान्ति बहाली होस्‍ भनेर भारतले मात्र होइन, समग्र विश्वले नै चाहेको छ । तर, खुला सिमाना, हाम्रो धार्मीक, साँस्क ृतिक निकटता भारतसँग बढी भएको कारण्ाले गर्दा भारतले बढी भूमिका खेल्यो होला । तर मुख्य कुरा चाहिँ त्यो भूमिका खेल्न हामीले पनि स्थान दियाँै । हाम्रा पार्टीहरुले सहयोग खोजेकै कारण्ा भारत शान्ति प्रत्रिmयामा सहभागी भएको हो । गिरिजाबाबुदेखि प्रचण्ड दिल्ली जानुभएकै हो । बाह बुँदे समभmदारी समेत दिल्लीमा नै भएको हो । अहिलेको मुख्य रुपमा हामी 'फोकस' हुने भनेको नेपालमा अपराधिक गतीविधि गनर्े ब्यत्तmिको भारतमा संरक्ष्ाण्ा नहोस्‍ भन्ने नै हो ।
नेपाल र भारतको कुटनीतिमा सन्तुलन नै नभएको भन्ने पनि छ ?
मुख्य कुरा हाम्रा राजनीतिक पार्टीमा नै कमजोरी छ । देशका स(साना समस्या पनि देशभित्र समाधान गनर्ुको साटो बाहिरी सहयोग खोज्ने गरिन्छ । पार्टीपार्टीबीचको मतभेद पनि भित्रै निराकरण्ा गर्नको सट्टा भारत लैजाने गरेको देखिन्छ । यसले गर्दा हाम्रो विदेश नीतिमा धमिलोपन आएको हो । भारतीय प्रधानमन्त्री आइके गुजरालपछि कुनै प्रधानमन्त्रीको नेपाल भ्रमण्ा भएको छैन । अटल विहारी बाजपेयीको भ्रमण्ा भए पनि त्यो सार्क सम्मेलनका लागि मात्र हो । तर नेपालका प्रत्येक प्रधानमन्त्री भारतको भ्रमण्ामा पुगेका छन्‍ । नेपालका राजनीतिक नेता भारतको साथसमर्थनबिना केही पनि गर्न सकिँदैन भन्ने मानसीकतामा छन्‍ । एउटा राजदुत या कर्मचारी आएमात्र पनि चित्त बुभmाउने हाम्रो नीतिले हामी केही हेपिएका छौँ । यसले गर्दा केही कुटनीतिक असमानता देखिन्छ ।
नेपालका प्रत्येक प्रधानमन्त्रीको भ्रमण्ामा सन्‍ १९५० को सन्धीबारे कुरा उठ्‍ने गरेको छ, तर कुनै सुधार हुन सकेको छैन ?
यो गम्भीर विष्ाय हो । सुरुमा प्रधानमन्त्री मनमोहन अधिकारीले यो सन्धी पुनरावलोकनको कुरा उठाएका थिए । म राजदुत हुँदा पनि सन्धी पुनरावोलकन गनर्े प्रयास भएको थियो तर हुन सकेन । १९५० को सन्धीले नेपालीले आफू हेपिएको महशुस गरेका छन्‍ । नेपालीको यो भावना भारतलार्इ पनि राम्रसँग थाहा छ । तर नेपालमा राजनीतिक स्थिरता नहुँदा नेपालीको भावनामा भारतले खेल्ने मौका पाएको हो । तर अहिलेको भ्रमण्ामा यो सन्धीबारे कुरा उठ्‍दैन होला । मलार्इ लाग्छ यो सरकारले नयाँ संविधान नीर्माण्ामा ध्यान दिने हो । यो गम्भीर राजनीतिक मुद्दा भएको कारण्ाले गर्दा नयाँ संविधानपछि निर्वाचित भएर आउने सरकारले मात्र यसवारेमा कुरा उठाउन सक्छ ।
पुनरावलोकन होइन यो सन्धी खारेज हुनुपर्छ भन्ने कुरा पनि बलियो रुपमा उठिरहेको छ ?
भारतीय वीदेश सचिव नेपाल आएकै बेलामा 'सन्धि चित्त बुभmेको छैन भने खारेज गर' भन्ने धम्कीपूर्ण्ा रुपले बोलेका थिए । तर त्यो सन्धीको रिक्तताको परिण्ाामबारे कसैले विचार पुर्‍याएका छैनन्‍ । दुवै देशको स्वतन्त्रता र समानताको भावनाअनुसार नयाँ सन्धि गनर्ुपर्छ । यसअघि पनि नेपालले भारतसँग मैत्री सन्धि प्रस्तावित गरेको थियो । तर यसबारे न कुनै छलफल भयो न प्रकाशमा नै आयो । मैत्री सन्धिका लागि हामीले भारतलार्इ मनाउनुपर्छ । पञ्चशिलका आधारमा सन्धि गनर्ुपर्दछ । नत्र दुर्इ ठूला देशबीच निहुँ खोजेर कुहिनाले पहाडमा हिर्काएजस्तै हो । सहमतिका आधारमा अगाडि बढ्‍नुपर्दछ ।
नेपाललार्इ भारत र चीनले आफूतफ आकष्ाित गनर्े प्रयास भइरहेको छ नि ?
चीनसँग नयाँ सन्धिको कुरा अगाडि बढाएपछि तत्कालीन प्रधानमन्त्री प्रचण्ड चिन जान लागेको बेला सरकार परिवर्तन भयो । चीन र नेपालको सम्बन्ध र मैत्री सम्बन्धबारे भारतले कसरी हेर्‍यो, त्यसले नेपालको राजनीतिमा कस्तो प्रभाव पार्‍यो त्यो त छर्लङ्‍गै छ । एसीयामा नै भारत र चीनले धेरै आर्थिक प्रगति गरिसकेका छन्‍ । हामीले पनि यी देशको आर्थिक प्रगतिबाट फाइदा लिन सक्नुपर्छ । यी दुर्इ देशको सुरक्ष्ाित पाटो भनेको नेपाल हो । त्यसैले दुवै देश एकअर्काविरु चलखेल नहोस् भन्ने चाहन्छन्‍ । यो अवस्थालाइ सदुपयोग गरेर अगाडि बढ्‍नुपर्छ । तर नेपालसँग अहिले छिमेकी देशसँग कस्तो ब्यवहार गनर् भन्ने विदेश नीति नभएकाले हामीलाइ अप्ठेरो परेको हो ।
त्योसोभए हामी एकअर्कालार्इ चिढ्‍याउने दिशातफ त गइरहेका छैनौं ?
यो अवस्थामा हामीले हाम्रो आन्तरिक स्थितिलार्इ बलियो बनाउनुपर्दछ । स्वतन्त्र राष्ट्रको अस्तित्व भनेकै भू(भाग, नागरिकता र प्राक ृतिक साधन हो । नागरिकता जसले पनि लिन पाउने, प्राक ृतिक स्रोतबाट अरुले फाइदा उठाउने परिस्थितिको सिर्जना भयोभने देशको अस्तित्व नै संकटमा पर्छ ।

Thursday, August 20, 2009

श्रीमती पोइला गएजस्तै हो

माओवादी एकातिरदलहरूसँ ग उच्चस्तरीयराजनीतिक संयन्त्रको कुरा पनिगरिरहेको छ, अको तफ आन्दोलन पनि गरिरहेको छ,यो त åैध चरित्र भएन र ?
उच्चस्तरीय राजनीतिकसंयन्त्र संविधान निर्माण्ा, शान्तिप्र त्रिmयाप्र ति हामीमा भएकोजिम्मेवारीबोधको अभिव्यत्तmि हो । योसरकार सञ्चालनका लागिमात्रल्याइएको अवधारण्ाा होइन । देशकासमस्यालार्इ सहजीकरण्ा गर्नका लागिर राजनीतिक पार्टीहरूका बीचमाबढेको दूरीलार्इ कम गर्नका निम्तिपनि माओवादी पनि तयार छ । तर, यो सरकार सञ्चालमासहयोग गनर्ुभन्दा पहिला सरकारकैवैधानिकतामा प्रश्न उठिरहेको छत्यसलार्इ किनारा लगाउनुपर्छ । पहिलो कुरा, राष्ट्रपतिको कदमबारेसंसदमा छलफल गरेर संवैधानिक छकि असंवैधानिक छ भन्ने टुङ्गोमापुग्नु पर्‍यो । त्यसपछि मात्र नागरिकसवोच्चता बहाली हुन्छ तबमात्र यस्तासंयन्त्रबारे सोच्न सकिन्छ । तर पनिहामी यो असंवैधानिक सरकारलार्इसहयोग सर्मथन गर्न सक्दैनौ ।माओवादीको नेत ृत्वमा सबै पार्टीकोसहभागिता र सहमतिमा राष्टि्रयसरकार निर्माण्ा हुनुपर्छ । अहिलेको आन्दोलन हाम्रोबाध्यता हो ।
असार २२ गते १महिनाभित्र हाम्रो माँगलार्इ कार्यान्वयनगनर्े सहमति थियो । तर समयमा नैकार्या न्वयन गनेर् भन्दा पनिमाओवादीलार्इ गल्हत्याउने काम भयो ।हामीले आन्दोलन घोष्ाण्ाा गरेपछि मात्रसहमति खोज्ने प्रयास गरेजस्तोगरिएको छ । त्यसमा पनि सरकारजिम्मेवारीपूर्ण्ा ढङ्गले प्रस्तुत भएन ।शान्तिपूर्ण्ा ढङ्गले जनताले आवाजउठाए, माग राखेभने त्यसको सुनुवाइहुँदैन । नेपालको राजनीति संस्कारनै यस्तै छ । हामीले राष्ट्रपतिकोराजिनामा, या अरु कुनै देशमाअस्थिरता पैदा हुने कुरा माँग गरेकाछैनौं केवल नागरिक सर्वोच्चताकोअभ्यास गनेर् थलो संसदमा छलफलगनर्े कुरा मात्र गरेका छौं । छलफलगरेर कुनै बवण्डर हुनेवाला छैन । हामी स्वत: अल्पमतमा पछौर्ं तर,एउटा लोकतान्त्रिक मान्यता स्थापितहुन्छ भन्ने हाम्रो भनाइ हो । अन्यराजनीतिक दलले यो चाहेनन् यो हदैसम्मको निरंकुशता हो । त्यसैलेसंघर्ष नै हाम्रो अन्तिम विकल्प हो ।आन्दोलनसँगै हामीले सहमतिका लागिछलफल सहमतिका बाटो प्रयास पनिखुल्ला राखेका छौँ ।
अरु दलले तमहाअभियोगको प्रस्ताव ल्याउनचुनौती दिएका छन् नि ?
यो विषयलाइ संसदमा लैजानसकिँदैन भन्ने सोचाइ नै गलत छ । अदालतमा विचाराधीन मुद्दा संसदमाछलफल भएका नजिरहरू छन्‍ । फेरिनीतिनियम, कानून राष्ट्र र जनताकाहितका निम्ति हुन्‍ । अग्रगमनकानिम्ति हुन् । यसका लागि कुनै नियमकानून अवरोधक छन् भने त्यसलार्इपरिवर्तन गरेर अगाडि बढ्‍नुपर्छ ।
विकल्पका रुपमा प्रधानमन्त्रीलेमहाअभियोगको प्रस्ताव ल्याउन आग्रहगनुभएको छ । तर हामीलाइ त्यो मान्य छैन । महाअभियोगको प्रस्तावल्याएर राष्ट्रपतिलाइ हटाउने, देशमाअस्थिरता सिर्जना गनर्े पक्ष्ामा छैनौं ।फेरि दुवै पक्ष्ाले आ–आफ्‍नै अडानमात्र लिने कुरा भएन । सर्सर्ती हेर्दाम दुर्इवटा विकल्प देख्दछु । एउटाहाम्रो अध्यक्ष्ाले भनेजस्तो यो सरकारलेराष्ट्रपतिको कदम असंवैधानिक थियोभनेर बोल्नु पर्‍यो । होइनभने संसदमाछलफल गराए भइहाल्यो नि । कांग्रेस–एमालेकै कतिपय व्यत्तmिले पनिराष्ट्रपतिको कदम संवैधानिक होइन,राजनीतिक हो भनेर भनेकै छन्‍ ।त्यही कुरालार्इ आधिकारिक रुपलेसरकारले भन्नुपर्‍यो । दोस्रो, मेरोब्यत्तmिगत धारण्ााभन्दा स्वतन्त्र राष्टि्रयव्यत्तmित्व, कानून व्यवसायी, अन्तर्राष्टि्रयव्यत्तmित्वलगायतका समेटेर राष्ट्रपतिकोकदमबारे एउटा स्वतन्त्र छानबीनआयोग गठन गर्न सकिन्छ ।
तपाइँ ले भने जस्तोराष्ट्र पतिको कदमको फै सलात सर्वोच्च अदालतले गरिहाल्छनि ?
अहिले पनि संविधानसभामाकानूनको परिभाष्ाा गनर्े अधिकारसदनलार्इ दिने कि अदालतलार्इ भन्नेहाम्रो लडाइँ छ । हामी जनप्रतिनिधिकोसर्वोच्चता भन्छौ ं, संसदवादी दलकोभनाइमा संसदको सर्वोच्चता भन्छन् ।लोकतान्त्रिक मान्यताअनुरुप संसदसर्वोच्च संस्था होभने हरेक विष्ायकोअन्तिम निर्ण्ाय गनेर् अधिकार संसदलार्इहुनुपर्छ । जसले कानून ल्यायो त्यसकोभावना अदालतलार्इ थाहा हुन्छ ? त्यसकारण्ा संसदलार्इ कति अधिकारदिने भन्ने सम्बन्धमा मैले व्यवस्थापकीयअङ्गको स्वरुप निर्धारण्ामा लिखितफरक मत पेश गरेको छु । जनताकोप्रतिनिधिको संस्थाले न्यायपालिकालाइनियमन, नियन्त्रण्ा परिचालन गनर्ेअधिकार हु नुपर्छ । प्रसव पीडाआमालार्इ मात्र थाहा हुन्छ । कानूनबनाउने सं स्था एउटा, त्यसलार्इकार्यान्वयन गनर्े संस्था अर्को हुनसक्दैन ।
आन्दोलन नै माओवादीकोविकल्प हो त ?
हामी आन्दोलन र वार्तालाइसँगै अगाडि बढाउन चाहन्छौ । सरकारगैरजिम्मेवार, बहिरो, अन्धो लाटो भएकोछ । आन्दोलनमाफत्‍ यसको आँखा,कान, दिमाग, खोलिदियोस्‍ भन्ने हामीचाहन्छौ । मूलत: हामी संघर्ष्ालार्इ नैजोड दिन्छौं, तर संघर्ष्ाकै बीचमाभेटघाट, छलफल, सम्वादका ढोकाहरूखुला नै छन्‍ ।
देशको अहिले को मूल लक्ष्य अकोर् छ, माओवादीको आन्दोलनले देशलार्इ कतालैजाला ?
सामान्यतया आन्दोलनलेदेशलार्इ अग्रगमनतिर नै लैजान्छ ।अहिले तत्कालिक अवस्थामा संवादर सहमतिको वातावरण्ा बनाउन दबाबदिने हो । यदि सम्वादको ढोकाखोल्दैनन्‍भने आन्दोलनले उनीहरूलार्इझुकाएर अग्रगमनको बाटो खोल्छ ।यो आन्दोलनको गन्तव्य जनआन्दोलन३ को सुरुवात पनि हुनसक्छ ।

जनआन्दोलन २ ले एउटा गण्ातन्त्रकोदिशामा गुण्ाात्मक परिवर्तन ल्यायो ।जनआन्दोलन ३ ले संसदवादी दललार्इखत्तम पार्न सक्छ ।माओ वादीको योआन्दोलनको उद्देश्य चाहिँ केहो ?नागरिक सर्वोच्चता, संविधाननिर्माण्ा, शान्ति प्रत्रिmयालार्इ तार्किकनिश्कर्ष्ामा पुर्‍याउने कुरा एकअर्कामाजोडिएका कु रा हुन्‍ । नागरिकसर्वोच्चता छैनभने शान्ति प्रत्रिmयानिश्कर्ष्ामा पुग्दैनौ ं, जब शान्ति प्रत्रिmयातार्किक निश्कर्ष्ामा पुग्दैनभने संविधानबन्दैन, जब संविधान बन्दैन फेरि देशमुडभेटमा जान्छ । त्यसैले, नागरिकसर्वोच्चता, राष्टि्रय स्वाधिनता, शान्तिप्रत्रिmयालार्इ निश्कर्ष्ामा पुर्‍याउने कुराशान्ति प्रत्रिmयालार्इ तार्किक निश्कर्ष्ामापुर्‍याउने कुरा आन्दोलनको लक्ष्य हो ।
तर, यो आन्दो लनलार्इजनविद्र ोह र माओवादीलार्इसत्तामा पुर्‍याउने अश्त्रका रुपमापनि लिएका छन्‍ त ?
हाम्रो माग भनेको नागरिकसर्वोच्चताको बहाली नै हो । त्यसपछिसंयुत्तm राष्टि्रय सरकार बन्नुपर्छ । हाम्रोनेत ृ त्वमा सरकार बन्नुपर्छ भन्नेजनताको आवाज हो । तर, हामी'हार्ड एण्ड फास्ट'मा हाम्रै नेत ृत्व भन्नेपक्ष्ामा छैनौं । यदि उपयुत्तm जिम्मेवारनेताको मातहतमा सरकार बन्छभनेहामी त्यो सरकारमा सहभागी हुनतयार छौं ।माओवादी नै शान्तिप्रत्रिmयाबाट भाग्न खोजिरहेकोभन्ने आरोप छ त ?यो गैरजिम्मेवार, भ्रामक रमाओवादीलार्इ उत्तेजित पानर्े नियतलेआएको आरोप हो । वास्तवमा योसरकार नै शान्ति प्रत्रिmयालार्इ भाँड्‍नतल्लिन छ । रक्ष्ाा मन्त्रीको भारतभ्रमण्ा र हतियारको किन्ने खेलहेनर्ुहोस्‍ । यो सरकारले सेनामा नयाँ'पोस्ट' नै खडा गरेको छ । शान्तिसम्झौतामा नयाँ पोस्ट खडा गर्नपाइँदैन भन्ने छ । किन नयाँ पोस्टखडा गर्‍यो त ?शान्ति प्रत्रिmया हुँदै चुनावमाआएर जनताबाट यत्रो विश्वास पाएरअगाडि बढिरहेका छौंभने हामी किनभाग्नु पर्‍यो ? युद्धबाट मात्र हुँदोरहेनछभनेर हामी शान्तिप्रत्रिmयाको महत्व रमूल्यबोध गरेर यहाँ आएका हौं ।गण्ातन्त्र यसैको उपलब्धि हो । यद्यपियसको जग त जनयुद्ध पनि हो ।संविधानको मुद्धालार्इ लिएर हामीले१०आैं हजार बलिदानी गर्‍यौं त्योकार्यान्वयन गनर्े बेलामा हामी शान्तिप्रत्रिmयाबाट किन भाग्ने ? बरु शान्तिप्रत्रिmयाका विरोधीलार्इ आन्दोलनकोबलबाट पाखा लगाएर छाड्‍छौं ।
अयोग्य लडाकुव्यवस्थापनलार्इ माओवादीलेकिन विरोध गर्‍यो त ?
पहिलो कु रा अनमिनकोभाष्ाामा 'अयोग्य लडाकु' भन्ने छैन ।किन अयोग्य भन्ने ? त्यसोभएप्रमाण्ाीकरण्ा भएकालाइ योग्य लडाकुकसैले भनेको छ ? योग्य चाहिँ नभन्नेअयोग्य भन्दा त्यो मनोवैाज्ञानिक रुपलेदबाउन खोजेको हो । प्रमाण्ाीकरण्ाहुन नसकेका र सकेका यही होइनअनमिनको भाष्ाा ? सरकारीकागजातमा प्रमाण्ा पुर्‍याउन नसकेरप्रमाण्ाीकरण्ा नभएका हुन्‍ । जो व्यत्तmिदेशमा आमूल परिवर्तनका लागिहत्केलामा ज्यान राखेर लड्‍यो उसैलार्इअयोग्य लडाकू भन्दा केही प्रतिसोधकोभावना आएको हुन सक्छ ।अरु राजनीतिक दललेसे ना समायोजन सं विधानअगाडि नै गनर्ुपर्छ भनिरहँ दामाओवादीले त यस विष्ायमाफाल्टै कुरा गर्न थालेको छ ?अन्तरिम संविधानले माओवादीलडाकुको रे खदे ख समायो जनव्यवस्थापन सरकारले गनर्े उल्लेखछ । त्यहीअनुरुप हाम्रो सेनाक्यान्टोन्मेन्टमा हतियार थन्क्याएरबसेका छन्‍ । त्यसैले नयाँ बन्नेसंविधानले जे व्यवस्था गर्छ त्यहीअनुरुपहामी अगाडि बढ्‍न तयार छौं । अहिलेनै ब्यवस्थापन गनर्ुपर्छ भन्नु अवैज्ञानिकर बेठीक कुरा हो । लामो समयहुनुहँुदैन भन्ने धारण्ााको पनि हामीविरोधी छौँ । शान्ति प्रत्रिmयाको प्रमुखअंश सेना समायोजन हो । यसकोसमायोजन नहुँदा फेरि युå हुने खतरापनि रहन्छ । पेmरि एउटा मान्यतासंविधानले नबनाइकन के को आधारलेगनर्े ? सेना समायोजन संविधाननबन्दै अगाडि नै गनर्े भन्ने कहिँकतैउल्लेख छैन । हामीले व्यवहारिकरुपले हेर्दा यस विष्ायमा संविधानले'गाइडलाइन' दिन्छ र त्यहीअनुरुपसमायोजन हुन्छ ।
अहिलेको दलहरूबीचकोबढ्‍दो असमभmदारीले त संविधाननै नबन्ने वातावरण्ा निर्मा ण्ाभइरहेको छ ?
दलहरूबीचको बढ्‍ दोअसमभmदारीले संविधान निर्माण्ामाअसर त पुर्‍याएकै छ । तर संविधानतोकिएकै मितिमा नबन्ने स्थितिमा तपुगेको छैन । तर यही गति र थितिहुने होभने संविधान नबन्ने स्थितिपनि देखिन्छ । यदि बनिहाल्योभनेपनि असाध्यै ढिलो बन्ने स्थिति छ । ढिलो भएको नियमलार्इ समेत क्ष्ातिपूर्तिहुनेगरी दलहरूबीच सहमति बन्ने होभनेकामलार्इ तीब्रता दिर्इ समयमै कामपूरा गर्न सक्ने अवस्था छ ।
संविधान निर्मा ण्ा गनेर् मूख्य संवैधानिक समिति नैने त ृत्वविहीन छ ?
यस विष्ायमा सहमति हुनुजरुरी छ । त्यसको नेत ृत्वमा हामीलेपाउनुपर्छ भन्ने माग हामीले गरेकाछौं । संविधानसभाको कुरा उठाउनेत्यसको निम्ति बलिदान गरेकोमाओवादीले हो त्यसले पनि माओवादीलेनेत ृत्व पाउनुपर्छ । संविधान बनाउनकोनिम्ति पनि माओवादीले जनताकोमत पाएको हुनाले माओवादीलेपाउनुपर्छ । हामीले त्यसको लागिसर्वसम्मत हुनको लागि बाबुरामभट्टराइलार्इ अगाडि सारेका छौं ।यसअगाडि पनि यो पद हामीले नैलिनुपर्छ दिए पनि माधव नेपालभन्दाअरु कसैलार्इ दिउँm भनेर अन्तसम्मलड्‍ने म नै हुँ । यो गल्ती भएकोकुरा त अहिले अध्यक्ष्ाज्यूले स्वीकारगनर्ुभयो ।
माओ वादीले अहिलेजातीय मुद्दालार्इ छोड्‍यो भन्नेआरोप छ नि ?
होइन, बरु माओवादीलार्इजातीय कुरा उठाएर वर्गीय कुराछोड्‍यो भन्ने पो आरोप छ । बरुयसमा केही सच्चाइ छ । तर, जातीयकुरा छोड्‍यो भन्ने आरोप निराधारछ ।
तर, माओवादीले जातीयस्वायत्त राज्यका सीमानाकाविष्ायमा त सही कुरा उठाउनसकेन भन्छन्‍ नि ?
मुख्य कुरा के हो ? सत्य केहो ? वैज्ञानिक के हो ? त्यो मान्नर अवलम्बन गर्न माओवादी तयार छ । न्यायपूर्ण्ा के हो ? माओवादीमान्न र लागू गराउन माओवादी तयार छ । म इन्चार्ज रहेकै लिम्बुवानकैकुरा गर्दा त्यहाँ उठेको 'हार्ड एण्डफास्ट' अरुण्ापूर्वका ९ वटै जिल्लाप्रमाण्ाित हुन्छभने, त्यसलार्इ मान्नमाओवादीलार्इ केको आपत्त ि?एेतिहासिक, साँस्क ृतिक, वर्तमानजनबहुलता र न्याय र समानताकोस्थितिले जे कुरा प्रमाण्ाित हुन्छ त्योकुरा मान्न तयार छौ ं । अहिले पार्टीगतरुपमा मात्र हामीले प्रमुखरुपलेजिल्ला–जिल्ला विभाजन गरेका छौं । सत्य जे हो त्यो सबैले स्वीकारगनुर् पर्छ ।
अ ा त् म िन ण् ार् य क ा ेअधिकारसहित जातीय स्वायत्तराज्य दिँदा देश विखण्डन हुनेखतरा छ भन्छन्‍ नि ?
सर्वप्र थम आत्मनिर्ण्ा यकोअधिकार उठाउने र व्यवहारिक रुपमाकार्यान्वयन गरेको लेनिनले हो । यसैलेव्याख्या गर्दा लेनिनले यसलार्इ'पारपाचुके'को अधिकार भन्नु भएकोछ । उत्पीडन, अन्याय, उपेक्ष्ाा भयोभने एउटी श्रीमतीलार्इ जसरीश्रीमान्‍बाट छुट्टिने अधिकार छ । योअधिकार दिएपनि सबै जोडी छुट्टिएकाछैनन्‍ नि । त्यसरी राज्यहरू छुट्टिनचाहँदैनन्‍ । छुट्टिने कुरा उत्पीडनअन्यायमा भर पर्छ । छुट्टिने अधिकारदिए पनि यदि मायाममता, सदभाव,समानुपातिक अधिकार छ भनेछुट्टिँदैनन्‍ । यदि छुट्टिने अधिकारनदिए पनि उत्पीडन छ भने विद्रोहगर्छन्‍ । यो श्रीमती पोइला गएजस्तै हो ।
INTERVIEW - 2065-04-27 ISSUE 45