काठमाडौं, २९ माघ
बहुउद्देश्यीय सहकारीको केन्द्रीय संघ दर्ता नभएको भन्दै सहकारीकर्मीहरू आन्दोलनमा उत्रिएका छन् । सहकारी विभागमा निवेदन दर्ता गरेको पाँच महिनासम्म दर्ताको प्रमाणपत्र नदिएको र आफूहरूविरुद्व राष्ट्रिय सहकारी संघ र केन्द्रीय संघहरूले विभिन्न लान्छना विभिन्न लान्छना लगाएको भन्दै सहकारीकर्मीहरू विरोधमा उत्रिएका हुन् ।
बहुउद्देश्यीय संघ दर्ताका लागि २७ गते विभागमा भएको वार्तालाई अनावश्यक आरोपहरू लगाएको भन्दै त्यसलाई फिर्ता गर्न र राष्ट्रिय संघका उपाध्यक्ष विजयराज घिमिरे र राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबि उप्रेतीको राजीनामासमेत उनीहरूले माग गरेका छन् ।
आफ्नो माग पूरा नगरे राष्ट्रिय सहकारी संघविरुद्ध थप आन्दोलन गर्ने र सहकारी बैंकबाट रकम निकाल्ने समेत आन्दोलनकारीहरूले चेतावनी दिएका छन् । आइतबार राष्ट्रिय संघ र बैंकमा उनीहरूले आफ्नो मागपत्रसमेत बुझाएका छन् । ज्ञापनपत्र बुझाउन उपत्यकासहित काभ्रे, नुवाकोट, धादिङका करिब १ सय सहकारीकर्मी पुगेका थिए ।
संयुक्त सहकारी आन्दोलनको नाममा घिमिरे, उप्रेतीसहित ११ वटा केन्द्रीय संघका अध्यक्षले हस्ताक्षर गरेको विज्ञप्तिमा संघ दर्ताका लागि विभागमा अनावश्यक दबाब दिएको र विभागका कानुन अधिकृत रघुवंश कँडेललाई हातपातको प्रयास गरेको आरोप लगाइएको छ ।
देशभर करिब ४ हजार ३ सय बहुउद्देश्यीय सहकारी रहेकाले उनीहरूको केन्द्रीय संघ आवश्यक रहेको तदर्थ समितिका सुरेन्द्र भण्डारीले बताए । दर्ता नहुने भए स्पष्ट कारणसहित फाइल फिर्ता गर्न माँग गर्दै उनले कानुनी उपचार खोज्ने स्पष्ट पारे ।
सहकारी आन्दोलका एक पक्षले दर्ता गर्न र अर्को पक्षले दर्ता नगर्न दवाव दिएपछि विभागका रजिस्टार सुदर्शनप्रसाद ढकाल भने अनिश्चितकालीन बिदामा बसेका छन् ।
Monday, February 13, 2012
सहकारीको प्राथमिकता उत्पादनमूलक क्षेत्र
काठमाडौं, २९ माघ
बचत तथा ऋण सहकारी (साकोस) ले कृषिका साथै उत्पादनमूलक क्षेत्रमा उच्च प्राथमिकताका साथ लगानी गर्ने बताएको छ । आइतबार राजधानीमा सम्पन्न शिखर गोष्ठीका सहभागी सहकारीकर्मीले गरिबी निवारण, पिछडिएका वर्गको उत्थान र उत्पादन वृद्धिका लागि लगानी बढाउने प्रतिबद्धता जनाए ।
गोष्ठीमा ४२ जिल्लाका ४ सयभन्दा बढी सहकारीकर्मीको सहभागिता थियो । उनीहरूले गरिबी निवारण र पिछडिएका वर्गलाई माथि उठाउन सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै सहकारीलाई उच्च प्राथमिकता दिन सरकारसमक्ष आग्रह गरे । सहकारीको भूमिका स्पष्ट पार्न, कर मुक्त गर्न, जोखिम कोष बनाउँदा बैंकसरह सुविधा दिन, क्षमता अभिवृद्धिको तालिम सञ्चालन गर्न माग गरेका थिए ।
“वर्तमानमा नेपालका साकोस र सन् २०२० पछि : अवसर र चुनौती नारासहित भएको गोष्ठीले ११ बुँदे घोषणापत्र जारी गरेको छ । शनिबार र आइतबार दुईदिन चलेको गोष्ठीमा सहकारीबीच मर्जर, सुरक्षणकोष बनाउने, दिगो विकास, लघुवित्त सेवाको प्रभावकारिता, सामाजिक काममा योगदान, स्वनियम पद्धति, जोखिम व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो ।
समापन कार्यक्रममा बोल्दै सहकारी विभागका रजिस्टार सुदर्शनप्रसाद ढकालले सहकारी वर्ष सफल बनाउन र ऐन नियमका साथै नीति निर्माणका लागि भूमिका खेल्न सम्पूर्ण सहकारीकर्मीलाई आग्रह गरे । गोष्ठीले दिएका सुझाव सहकारीको नीति निर्माणका साथै सहकारी विकासका लागि समेत महत्वपूर्ण हुने उनको भनाइ थियो ।
राष्ट्रिय सहकारी विकास बोर्डका अध्यक्ष केशव बडालले तीनखम्बे अर्थनीतिअन्तर्गत रहेका सार्वजनिक निजी र सहकारी सबै प्रभावकारी भएमात्र आर्थिक विकास हुने बताए । संयुक्त राष्ट्रसंघले २०१२ लाई सहकारी वर्ष घोषणा गर्नु एतिहासिक भएको उल्लेख गर्दै उनले त्यसलाई सफल बनाउन सबै सहकारीकर्मीलाई आग्रह गरे ।
अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ को अवसरमा सहित नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघ (नेफ्सकुन) ले गोष्ठी आयोजना गरेको हो ।
साकोस शिखर गोष्ठी–२०६८

- सुशासन र वित्तीय व्यवस्थापन चुस्त बनाउने
- महिलालाई लक्षित गरी लघुवित्त कार्यक्रम
- सामुदायिक विकास र वातावरण संरक्षण
- सुरक्षणका लागि स्थिरीकण कोष
- मर्जरमार्फत शक्तिशाली एवं सक्षम साकोस
- उद्यमशीलता र नेतृत्व विकास
- स्वनियम र एक्सेस ब्रान्डिङ
- आन्तरिक नियन्त्रण प्रणाली सुदृढ
- पल्स अनुगमन र जोखिम न्यूनीकरण
- कृषि तथा उत्पादनमूलक लगानीमा प्राथमिकता
- नेफ्सकुनका मापदण्डको पालना
Saturday, February 11, 2012
काम गर्दा दवाव त आउछ त्यसलाई मजाले समाधान गर्न सक्छु
२७ वर्षअघि नबिल बैंकमा जुनियर अधिकृतबाट बैंकिङ करिअर सुरु गरेका अमृतचरण श्रेष्ठ सोही बैंकमा करिब डेढवर्ष कायम–मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत पनि भए । धेरै व्यक्तिहरू धेरै संस्थामा परिवर्तन भए पनि उनले सधै नबिलमै रहेर काम गरे । तर, बैंकले उनलाई प्रमुख कार्यकारीको भूमिकामा पूर्ण रूपले स्वीकार गर्न सकेन । अन्ततः स्वेच्छिक अवकाश योजनामा बैंकबाट बाहिरिएका श्रेष्ठ एक महिनाअघि नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भए । एनसीसीको एक महिने अध्ययनमा बैंक एउटा समूहबाट प्रेरित भई आन्तरिक समस्यामा रुमल्लिनुका साथै त्यो ‘वंशानुगत’ समस्याका रूपमा रहेकाले आशातित सफलता प्राप्त गर्न नसकेको श्रेष्ठ बताउँछन् । २७ वर्ष नबिलमा रहँदा कमाएको ख्यातिलाई डगमगाउन नदिने प्रतिबद्धता जनाउने श्रेष्ठ, ३ वर्षभित्र एनसीसीलाई नयाँ उचाइमा पु¥याउने बताउँछन् । व्यावसायिक रूपमा स्वतन्त्र ढंगले काम गर्न दिए आगामी आर्थिक वर्षमा सेयरधनीलाई १०१५ प्रतिशत लाभांश वितरण गर्ने अवस्था आउने दाबी उनको छ । बैंकको अवस्था, आगामी कार्यक्रम र संभावनाहरूको बारेमा बैंक तथा वित्त ब्युरो प्रमुख लोकबहादुर चापागाई र संवाददाता यादव हुमागाईले गरेको कुराकानी :
एनसीसीमा प्रमुख कार्यकारी भएर आएको एक महिना पुगेको छ । बैंकको अवस्था कस्तो पाउनुभयो ?
एनसीसी बैंकको अबस्था बाहिरबाट सुनेको भन्दा बिल्कुल फरक छ । बैंकको आकार पनि सानो भएकाले यसलाई १४–१५ वर्ष पुरानो भयो भन्न सुहाउँदैन । बैंकमा एउटा समूहले व्यावसायिक व्यवहार नगरेका कारण आन्तरिक समस्यामा बढी जकडिएको रहेछ । तर, पछिल्लो अवधिमा यो स्थितिमा धेरै सुधार आएको भएपनि अझै अवशेषहरू बाँकी छन् । बैंक अझै सञ्चित नोक्सानी (क्युमुलेटिभ लस) मा छ । यो चालू आर्थिक वर्षको अर्धवार्षिक नाफाले पूर्ति हुने स्थिति छ । हाल बैंकको निक्षेप १३ अर्ब रुपैयाँ छ भने ९ अर्ब ८० करोड कर्जा प्रवाह गरेको छ । बैंकले २२ शाखामार्फत सेवा दिइरहेको छ । अहिले बैंकको कर्पोरेट कार्यालय रहेको र सँगै बन्दै गरेको भवन बैंकको आफ्नै सम्पत्ति हो भने बाह्रबीसे शाखा र भैरहवाको केन्द्रीय कार्यालय पनि आफ्नै स्वामित्वमा छ ।
१५ वर्षको अवधिमा बैंकको कारोबारको आकार खासै नबढेकाले पनि पुरानो बैंक भन्न सुहाउँदैन । कारोबारको स्थिति हेर्दा ४–५ वर्ष पुरानो बैंक जस्तो मात्र देखिन्छ । यो समस्या खासगरी बैंकमा व्यावसायिक व्यक्तिहरूको नहुँदा देखिएको हो । व्यावसायिक अडान लिएर काम ग¥यो भने सुधार नहुने भन्ने स्थिति होइन । एक वर्षभित्र बैंकलाई नयाँ उचाइमा पु¥याउन सकिन्छ ।

एनसीसी बैंक व्यावसायिक रूपमा अगाडि नबढेको भन्नुभयो । त्यसलाई सुल्झाएर कसरी अघि बढ्नुहुन्छ ?
नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण टोलीसँग पनि मैले बैंकको अवस्थाका बारेमा छलफल गरिसकेको छु । उहाँहरूले बैंकको विगतबारे स्पष्ट बताउनुभएको छ । पुराना नेतृत्वकर्ताले कर्जा प्रवाह गर्दा राम्रोसँग अडान नलिँदा समस्या देखिएको हुनसक्छ । राष्ट्र बैंकले पनि यसतर्फ कैफियतहरू देखाएर राम्रोसँग बैंकका कमजोरीहरू खुलाएको र मैले पनि त्यसै अनुरुप काम गर्ने प्रतिबद्धता जनाएर आएको छु । म आफूले व्यावसायिक धर्म निभाउन कुनै कसर नराखी अघि बढ्न दृढ छु । सुरुमा बैंकमा समस्या रहेको स्थितिमा रत्नराज बज्राचार्य सरले छाडिसकेको स्थितिमा ७–८ महिनाको अवधिमा प्रवाह भएको कर्जामा पनि त्रुटी देखिएको छ । मैले त्यसलाई सुधार गर्ने प्रतिबद्धता गरेको छु । सामान्य बैंकिङका अतिरिक्त राम्रा आयोजना छनोट गरी लगानीको दरलाई बढाउन सकियो भने बैंकको अवस्था सुध्रिन्छ ।

त्यस्तै यसबीचमा मैले बैंकका सेयरधनीहरूसँग पनि अन्तक्र्रिया गरिसकेको छु । १५ वर्षसम्म उनीहरूले गरेको लगानीको प्रतिफल नपाएको गुनासो गरेका छन् । जुन स्वाभाविक पनि छ । सधैं लगानीकर्ताले पैसा थपेको थपै गर्दा सेयरधनीहरूमा नैराश्यता देखिएको छ । एनसीसीका लगानीकर्ता वास्तवमै पीडित भएको अनुभव गर्न सकिन्छ । उनीहरूमा बैंकको प्रगति नै नहुने हो कि भन्ने भान परिसकेको छ । यस्तो अवस्थामा बैंकलाई सुधार गरी राम्रोसँग काम गर्ने सञ्चालक समितिसँग सम्झौता गरेर म आएको हो । व्यावसायिक रूपमा काम गर्ने सर्तमा मात्र मैले यो जिम्मेवारी स्वीकारेको हुँ । पुरानै स्थितिमा फर्किने गरी म कुनै पनि अवस्थामा काम गर्न सक्दिन । त्यसैले मैले आफ्नो छुट्टै ‘टिम’ बनाएर काम गर्ने तयारी गरेको छु । हालैमात्र नबिल बैंकमा लामो अनुभब भएका कृष्णगोपाल मानन्धरलाई बैंकमा ल्याएको छु ।
स्वाभाविक रूपमा सञ्चालक समितिले सीईओ नियुक्ति गर्दा स्वतन्त्र रूपमा काम गर्न दिन्छु भनेर सम्झौता गर्छन् । तर, व्यवहारमा फरक व्यवहार गर्ने गरेको अवस्थामा तपाईंले त्यसलाई लागू गर्न सक्नुहोला ?
धेरै हदसम्म सञ्चालक समितिले सुरुमा स्वतन्त्र रूपमा व्यावसायिक ढंगले काम गर्न दिने सहमति गरे पनि व्यवहारमा फरक देखिन्छ । तर, यस्ता धेरै व्यावहारिक विषयहरू सीईओको क्षमतामा पनि निर्भर हुन्छ । दबाब आउनु सामान्य हो । तर, दबाब आयो भन्दैमा आफ्नो नैतिकता नै बिर्सियो भने त सम्झौता गर्नुको के नै अर्थ हुन्छ र ? सम्झौता गर्दा सम्झिने र व्यवहारमा उतार्ने बेला बिर्सिने त सीईओकै कमजोरी हो ।

राष्ट्र बैंकका अधिकारीहरूसँग छलफल गर्दा पनि मैले नबिलमा २७ वर्षमा बनाएको छविलाई यहाँ पनि कायम गर्छु भनेर प्रतिबद्धता जनाएको छु । उहाँहरूले पनि ‘तपाईंसँग धेरै आशावादी छौं, नबिलमा बनाएको छवि कायम राख्नुहोस्, हाम्रो पूण सहयोग हुन्छ’ भनेर सुझाव दिनुभएको छ । काम गर्दा दवाव त आउछ त्यसलाई मजाले समाधान गर्न सक्छु भन्ने विश्वास छ ।
एनबी समूहसँग आबद्ध कर्जाका कारण बैंक अझै कति समय पीडित हुन्छ । यो समूहको कर्जा असुलीका लागि कस्तो प्रयास थाल्नुहुन्छ ?
एनबी समूहसँग आबद्ध कर्जा प्रकरणमा अब बैंक धेरै समय पीडित रहनुपर्दैन । सो समूहसँग आवद्ध रहेको हरिसिद्धी प्रकरणलाई सर्वोच्च अदालतले बैंकको पक्षमा फैसला गरिदिएको छ । त्यसैगरी अख्तियार अनुसन्धान दुरुपयोग आयोगले पनि मुद्दा फिर्ता लिएको छ । अब यसमा कुनै कानुनी समस्या छैन । हरिसिद्धीबाट नामसारी भएर एनसीसी बैंककै गैर बैंकिङ सम्पत्तिका रुपमा दर्ज भएको छ । अब त्यसलाई बिक्री गर्न रोकिने स्थिति छैन । धेरै समस्याहरूबाट पार भइसकेकाले अब एक महिनाभित्र सम्भवतः यो विषय समाधान भईसक्छ । त्यस्तै हरिसिद्धीका अन्य जग्गाहरू पनि धितोमा छन् । एनबि बैंकमा पनि छ । यो प्रकरणमा बैंकले आफ्नो कर्जा असुल्नलाई गैर बैंकिङ सम्पत्ति लिन पाउने कानुनी समस्यामा नजिर बसेको छ । यसले अन्य बैंक तथा वित्तीय संस्थालाई पनि सजिलो हुन्छ । अझै एनसीसीमा भेसराज लोहोनीसँग सम्वन्धित केही कुराहरू बाँकी छ । त्यसमा उहाँहरू पनि पीडित हुनहुन्छ । त्यो पनि अब छिट्टै समाधान हुन्छ । बैंकको कुला कर्जामा खराव कर्जाको अंश ४ प्रतिशत हाराहारी छ र यो आगामी त्रैमासमा अझ घट्छ । बैंकको पुँजी एकदमै राम्रो छ । पुँजीकोषसमेत १४ प्रतिशत हाराहारीमा छ । यस आधारमा बैंकले अहिलेकै निक्षेपमा पनि करिब १ अर्ब कर्जा प्रवाह गर्दा पनि राष्ट्र बैंकको नियमभित्र पर्छ ।

बाहिर नदेखिए पनि बैंक धेरै वर्ष भित्रभित्रै राष्ट्र बैंकको अधिनमा रहेकाले कर्जा प्रवाहमा खासै सुधार आउन सकेन । ५० लाखभन्दा माथिको कर्जा राष्ट्र बैंकको स्वीकृति लिएरमात्र लगानी गर्नुपर्ने भएकाले कर्जाको आकार बढेन । तर पनि बैंकका स–साना कर्जा धेरै छन् । यसले कर्जा प्रवाहमा विविधीकरण पनि गरेको छ ।
Tuesday, February 07, 2012
साकोस शिखर सम्मेलनको एजेण्डा मर्जर र सुरक्षण कोष
काठमाडौं, २३ माघ
बचत तथा ऋण सहकारी संस्थाहरूको समूह (साकोस) को शिखर सम्मेलनमा सहकारी संस्थाबीच मर्जर र निक्षेप सुरक्षण कोषबारे छलफल गरिने भएको छ ।
दुई दिन चल्ने साकोसको पहिलो शिखर सम्मलेनमा सहकारीको सम्भावना र दिगो विकासबारे छलफल हुने आयोजक नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)का अध्यक्ष मिनराज कँडेलले बताए । सम्मेलनबाट आउने निष्कर्षका आधारमा सहकारी क्षेत्रको सुधारका लागि नियमनकारी निकायमा सुझाव दिइने उनले बताए ।
“गोष्ठीमा सहकारीबीच मर्जर, सुरक्षणकोष, दिगो विकास, लघुवित्त सेवाको प्रभावकारिता, सामाजिक काममा योगदानलगायत विषयमा छलफल हुनेछ,” कँडेलले भने, “यसबाट सहकारीका समस्या र सम्भावनाबारे उजागर भई नीति निर्मातालाई नियम कानुन बनाउन सघाउ पुग्नेछ ।”
विभिन्न देशका सहकारी विज्ञले १० वटा विषयमा कार्यपत्र पेस हुने सम्मेलनमा मर्जर र सुरक्षण कोषले प्राथमिकता पाउने बताइएको छ । सहरी क्षेत्रमा धेरै सहकारी भएकाले मर्जरबारे छलफल गर्न लागिएको नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताए ।
“आजसम्म हामीले सहकारी खोल्न मात्र जोड दियौं,” गुरागाईंले भने, “सहरी क्षेत्रमा सहकारीको संख्या धेरै भएकाले मर्जरलाई बहसमा ल्याइएको हो ।” यसैगरी सहकारीको पहुँच नपुगेको ग्रामीण क्षेत्रमा सहकारी खोल्नेबारे पनि छलफल हुने उनले बताए ।
गोष्ठीमा सहकारीमा रहेको सर्वसाधारणको निक्षेप सुरक्षित गर्न सुरक्षण कोषबारे पनि छलफल गर्न लागिएको छ । जोखिममा परेका संस्थालाई सहयोग गर्न र सर्वसाधारणको निक्षेप सुरक्षित गर्न दक्षिण कोरियामा सफल देखिएको कोषको अवधारणा अघि सारिएको हो ।
सहकारीको नाफाको ०.३ प्रतिशत रकम राखेर कोष खडा गर्ने र यसबाट संस्था जोखिममा पर्दा उद्धार गर्न र संस्था डुब्दा सर्वसाधारणको निक्षेप सुरक्षित गर्ने उपायकाबारे नेफ्स्कुनमा छलफल भए पनि कार्यान्वयनमा आउन सकेको छैन । त्यसैले यसलाई बचत तथा ऋण सहकारी ऐनमा कोषको अवधारणालाई समेटिनु पर्नेमा सहकारीकर्मीहरूले जोड दिएका छन् । सहकारीकर्मीहरूले सहकारी संस्थाको कुल निक्षेपको वार्षिक ०.३ प्रतिशतसम्म सुरक्षण शुल्क लिएर बिमा प्रणाली लागू गर्न सकिने नेफ्स्कुनका उपाध्यक्ष ऋषिराज घिमिरेले बताए । कोषको रकम सहकारीकर्मीलाई तालिम, भ्रमणका साथै अनुगमनमा खर्च गर्न सकिने व्यवस्था गर्न लागिएको समेत उनले जानकारी दिए ।
नेपाल राष्ट्र बैंकको सहयोगमा केही समयअघि ठूला सहकारीको अनुगमन गर्दा सर्वसाधारणको निक्षेप जोखिममा रहेको पाइएपछि सुरक्षण कोषबारे छलफल हुन थालेको छ । त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहेको एक कार्यदलले समेत सहकारी क्षेत्र जोखिममा रहेको भन्दै अनुगमन प्रभावकारी बनाउन सुझाव दिएको छ ।
विभागको तथ्यांकअनुसार चैतसम्मको देशभर २४ हजार सहकारीमध्ये ६५ प्रतिशत सहकारीले वित्तीय कारोबार गर्दै आएका छन् । तिनमा २ खर्बभन्दा बढी निक्षेप छ ।
माघ २८ र २९ गतेसम्म चल्ने सम्मेलनमा क्यानाडा थाइल्यान्ड, श्रीलंकाका साथै नेपाली सहकारी विज्ञले समेत कार्यपत्र राख्ने बताइएको छ । कार्यक्रममा ४ सय भन्दा बढी सहकारीकर्मी सहभागी हुने नेफ्स्कुनले जनाएको छ ।

Friday, February 03, 2012
भाउ बढे पनि माग घटेन
६ महिनामा १४ अर्बको सुनचाँदी आयात
काठमाडौं, १९ माघ
‘मूल्य बढेपछि माग घट्छ’ यो अर्थशास्त्रको सामान्य बजार सिद्धान्त हो । तर, विगत एक वर्षदेखि विश्वभर सुनको व्यापार भने यसविपरीत छ । सुनको मूल्य पनि बढिरहेको छ र माग पनि । यसको प्रभाव नेपाली सुन बजारमा समेत उस्तै परेको छ ।
अन्तर्राष्ट्रिय बजारसँगै नेपाली बजारमा एक वर्षयता सुनको भाउ उच्च छ । तर, सुनचाँदीमा लगानी गर्नेको संख्या भने बढ्दै गएको छ । यसले गत आर्थिक वर्षमा आयात भए बराबरकै सुनचाँदी तर हीरा चालू आवको ६ महिनामै आयात भएको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा १५ अर्बको सुन, चाँदी तथा हीरा आयात भएकामा चालू आर्थिक वर्षको पुससम्ममा १४ अर्ब रुपैयाँको आयात भइसकेको छ ।नेपाली समाजमा विवाहलगायत धार्मिक कार्यमा सुन अनिवार्य मानिन्छ । त्यसैगरी ‘सुखमा गहना, दुःखमा खजाना’का रूपमा समेत सुनलाई लिने गरेको पाइन्छ । पछिल्लो समयमा सेयरबजार र घरजग्गा व्यवसायमा मन्दी आएपछि सुनचाँदीलगायतका बहुमूल्य धातुमा लगानी बढेको अर्थशास्त्री तथा व्यवसायीहरू बताउँछन् ।
“सेयर बजार र जग्गाको भाउ ओरालो लागेकाले सुनचाँदीमा लगानी बढेको हो,” अर्थशास्त्री तथा अर्थ मन्त्रालयका पूर्ववरिष्ठ आर्थिक सल्लाहकार केशव आचार्यले भने, “नेपालीहरूबीच आर्थिक असमानता बढेकाले सुनको भाउ उच्च हँुदा पनि कारोबार बढिरहेको छ ।”
भारतमा चाँदीको भन्सार बढ्दा नेपालमाभन्दा महँगो भएकाले चाँदी त्यसतर्फ गएको हुनसक्ने आचार्यले बताए । यसलाई नियन्त्रण गर्न भन्सार महसुल समायोजन गर्नुपर्ने र आपूर्ति मन्त्रालयले बजारको प्रभावकारी अनुगमन गर्नुपर्ने आचार्यको भनाइ छ ।
Subscribe to:
Posts (Atom)