Saturday, March 17, 2012

सहकारी बजार खोल्न माग

काठमाडौं, ३० फागुन
सहकारीका उत्पादन उपभोक्तामाझ पु¥याउन छुट्टै सहकारी बजार आवश्यक रहेको सहकारीकर्मीहरूले औंल्याएका छन् । सहकारी बजार र ढुवानीको व्यवस्था सहज नहँुदा उत्पादन क्षेत्रमा सहकारीको भूमिका प्रभावकारी नभएको उनीहरूको गुनासो छ ।

“सहकारीका उत्पादन बजारसम्म पु¥याउन ढुवानी र सहकारी बजार आवश्यक छ,” राष्ट्रिय सहकारी विकास बोर्डद्वारा आयोजित गोष्ठीमा नेपाल मौरीपालन केन्द्रीय सहकारी संघका अध्यक्ष गणेश बस्नेतले भने । सहकारीले उद्योग सञ्चालन गर्न टे«डमार्क र खाद्य ऐनमा समेत समस्या भएको उनले गुनासो गरे ।

सहकारी बैंककी सञ्चालक सरिता भट्टराईले सहकारीमा उद्यमशीलता भए पनि उनीहरूसँग तालिम र सूचनाको पहुँच नभएकाले उत्पादनका क्षेत्रमा सहकारीहरू आकर्षित नभएको बताइन् । सहकारीमा उद्यमशीलता विकास गर्नका लागि मार्केटिङ क्षेत्रमा सहकारी खोल्नुपर्ने र ब्रान्डिङ गर्नुपर्ने उनको भनाइ थियो । उद्यमशील काममका लागि सहकारी बैंकले सहुलियतमा बिनाधितो कर्जा प्रवाह गर्ने उनले प्रतिबद्धतासमेत जनाइन् ।

सहकारीकर्मी लेखनाथ ढकालले विद्यालय र विश्वविद्यालयमा सहकारी शिक्षा दिनसके यो क्षेत्र सिर्जनशील हुने उल्लेख गरे । सहकारीका सदस्यलाई उद्यमशील बनाउन सहकारी सञ्चारकेन्द्र आवश्यक रहेको उनले सुझाव दिए ।

राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माले सहकारीमार्फत उद्यमशीलताको विकास सहकारी क्षेत्रमै एकताको आवश्यकता रहेको औंल्याए ।

दुई दिनसम्म चलेको गोष्ठीका सहभागीले सहकारीलाई उत्पादन क्षेत्रमा लैजान पुँजीगत अनुदानका साथै नीतिगत र कानुनी व्यवस्था मिलाउन सुझाव दिएका छन् । सहकारीमार्फत साना तथा मझौला उद्योग सञ्चालन गर्नका लागि आवश्यक व्यवस्थाका लागि गोष्ठीबाट प्राप्त सुझाव सरकारसमक्ष पु¥याउने बोर्डले जनाएको छ ।

करिब दुई दर्जन सहकारीकर्मीको सहभागीता रहेको गोष्ठीमा प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार रामेश्वरप्रसाद खनालले ‘सहकारीमार्फत उद्यमशीलताको विकास’ र सहकारी विभागका रजिस्ट्रार सुदर्शनप्रसाद ढकालले ‘सहकारीका समस्या र समाधानका उपाय’ बारे कार्यपत्र राखेका थिए ।

No comments: