यादव हुमागाईं
काठमाडौं, १२ वैशाख
निक्षेप तथा कर्जा सुरक्षण निगममा १ सय १३ वित्तीय संस्थाले ४४ अर्व रुपैयाँ निक्षेप सुरक्षण गराएका छन् । सोमबारसम्म ५५ विकास बैंक र ५८ फाइनान्स कम्पनीले निक्षेपकर्ताको ४४ अर्व निक्षेप सुरक्षण गरिएको निगमले जनाएको छ ।
“आजसम्म एक सय १३ कम्पनीले ४४ अर्ब निक्षेप सुरक्षणका सम्झौता गरेका छन्,” निक्षेप तथा कर्जा सुरक्षण निगमका नायव महाप्रवन्धक जगदीश चालिसेले भने, “यसबाट सर्वसाधारणको ४४ अर्ब निक्षेप सुरक्षण भएको छ ।”
नेपाल राष्ट्र बैंकले गत फागुन ३ गते निक्षेपकर्ताको दुई लाख रुपैयाँसम्मको निक्षेप अनिवार्य सुरक्षण गर्न ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई निर्देशन दिएको थियो । बैंकको निर्देशनमा सुरक्षणका लागि समयसीमा नतोकेकाले वित्तीय संस्थाहरूले आफू अनुकूलको समयमा सुरक्षण गराएका हुन् ।
हाल ८४ वटा विकास बैंक र ८७ फाइनान्स कम्पनी सञ्चालनमा छन् । तीमध्ये केही संस्थाको वित्तीय अवस्था खराब भएकोले सुरक्षण नहुने निगमले जनाएको छ । “आधा दर्जन जति वित्तीय संस्थाको वित्तीय अवस्था खराब छ,” निगमका महाप्रवन्धक भोलाप्रसाद शर्मा अधिकारी भन्छन्, “ती संस्थाहरूको स्थिति सुधार नभएसम्म सुरक्षण हुँदैन ।”
हाल सुरक्षणबापत वित्तीय संस्थाले निगमलाई प्रति एक सयबापत २० पैसा प्रिमियम बुझाउनुपर्छ । सम्झौताअनुसार वित्तीय संस्था लिक्विडेसनमा गएमा लिक्विडेसन घोषणा भएको दिनसम्म रहेको सुरक्षण योग्य निक्षेप र त्यसको ब्याज भुक्तानीका लागि लिक्विडेटरले निगममा दाबी गर्न सक्नेछ । दाबी प्राप्त भएको मितिले ९० दिनभित्र लिक्विडेटरमार्फत निक्षेपकर्ताहरूलाई निगमले भुक्तानी दिनेछ ।
केन्द्रीय बैंकले गत साउनबाट लघुवित्त कम्पनीलाई पनि निक्षेप सुरक्षण गर्न निर्देशन दिए पनि उनीहरूलाई सर्वधारणबाट निक्षेप संकलन गर्ने गरी इजाजत नदिइएकाले सुरक्षण हुन सकेको छैन । हाल केही लघुवित्त कम्पनीले केन्द्रीय बैंकबाट निक्षेप संकलन गर्न अधिकार लिएकाले उनीहरूले निक्षेप सुरक्षणका लागि चासो देखाएको निगमले जनाएको छ ।
पछिल्लो चरणमा विभिन्न वित्तीय संस्थामा समस्या देखिन थालेपछि वित्तीय संस्थाका संचालक स्वयम सुरक्षणबारे बुझ्न आएको निगमका अधिकारी बताउँछन् । “पहिला हामी गएर अनुरोध गर्दा पनि सुरक्षण नगराउने स्थिती थियो,” चालिसेले भने, “अहिले संस्थाहरूनै सुरक्षणबारे बुझ्न र सुरक्षणका लागि उत्सुक देखिएका छन् ।”
Tuesday, April 26, 2011
Monday, April 25, 2011
सुन तोलाको ४२ हजार १ सय
यादव हुमागाईं
काठमाडौं, ११ वैशाख
लगातार बढिरहेको सुनचाँदीको मूल्यले आइतबार हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । आइतबार स्थानीय बजारमा सुन प्रति १० ग्राम ३६ हजार ९५ (प्रतितोला ४२ हजार १ सय) रुपैयाँमा कारोबार भएको छ । यो हालसम्मकै महँगो हो । यसअघि गत बिहीबार र शुक्रबार प्रति १० ग्राम ३५ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार बेलुकी सुनचाँदीको भाउ नयाँ उचाइमा पुगेपछि स्थानीय बजारमा समेत सर्वाधिक महँगोमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनचाँदीको दैनिक मूल्य निर्धारण हुने गर्छ ।
यसैगरी अन्तर्राष्ट्रिय बजारलाई पछ्याउदै चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । शुक्रबार प्रति १० ग्राम १ हजार १ सय २ रुपैयाँ रहेको चाँदीको भाउ आइतबार ३८ रुपैयाँ बढेर प्रति १० ग्राम १ हजार १ सय २० रुपैयाँमा कारोबार भएको छ ।
“आज सुनचाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार भयो,” संघका अध्यक्ष तेजरत्न शाक्यले भने, “अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च भएपछि त्यसको असरले स्थानीय बजारमा महँगो भएको हो ।” अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ लगातार बढिरहेकाले तत्काल सुनको भाउ घट्ने सम्भावना नदेखिएको उनले बताए । विवाहको लगन सुरुसँगै सुनको मूल्य उच्च भएपछि सर्वसाधारण उपभोक्ता प्रभावित भएका छन् ।
इजिप्टको राजनीतिक तनावसँगै सुनको भाउ उकालो लागेको हो । लिबियामा बहुराष्ट्रिय सैन्य आक्रमणप्रति भारत, चीन, रुस, ब्राजिल, दक्षिण अफ्रिकालगायतका देशले विरोध गरेपछि मूल्य झनै उच्च भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको भाउले ऐतिहासिक रेकर्ड कायम गरेको छ । शुक्रबार बेलुकीसम्ममा प्रतिऔंस १ हजार ५ सय १२ डलरको रेकर्ड कायम गरेको सुनको मूल्य त्यसपछि सामान्य घटेर १ हजार ५ सय ८ डलरसम्म झरेको छ । यसले सोमबार स्थानीय बजारमा मूल्य सामान्य घट्ने सम्भावना देखिएको छ ।
भारत, चीनलगायतका देशहरूमा सुनको खपत बढिरहेका कारण भाउ अझै उकालो लाग्नसक्ने विश्लेषकरु बताउँछन् । उनीहरूका अनुसार सेयरभन्दा सुन भरपर्दो लगानीको क्षेत्र बन्दै गए पनि उत्पादन नबढेका कारण मूल्य उच्च भएको हो ।

सहकारी खेती मस्यौदा कानुन अन्तिम चरणमा
काठमाडौं, ८ वैशाख
कृषि उत्पादकत्व बढाउन सामूहिक खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ल्याएको सहकारी खेतीका लागि कानुनको मस्यौदा निर्माण अन्तिम चरणमा पुगेको छ । मस्यौदालाई एक महिनाभित्र तयार गरी कृषि तथा सहकारी मन्त्रालयमा पेस गरिने मस्यौदा निर्माणको जिम्मा पाएको सहकारी विभागले जनाएको छ ।
“सहकारी खेतीसम्बन्धी कानुनको मस्यौदा अन्तिम चरणमा पुगेको छ,” सहकारी विभागका रजिष्टार सुदर्शनप्रसाद ढकालले भने, “एक महिनाभित्र तयार पारी मन्त्रालयमा पठाउँछौं ।” सामूहिक खेतीमार्फत उत्पादकत्व बढाउनका लागि सहकारी खेती उपयुक्त भए पनि कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा नीति आवश्यक रहेको उनको तर्क छ ।
गत आर्थिक वर्षबाट सुरु भएको सहकारी खेतीसम्बन्धी कानुन बजेटको अभावका कारण प्रभावकारी हुन सकेको छैन । न्यून मात्रामा मन्त्रालयबाट प्राप्त बजेट कानुनको मस्यौदा बनाउनमै खर्च हुने विभागका अधिकारी बताउँछन् । हालसम्म कुनै सहकारी संस्था सामूहिक खेतीका लागि अग्रसर नभएको उनीहरूको तर्क छ ।
चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले सहकारी खेती कार्यक्रमलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो । कार्यक्रमअन्तर्गत ठूला कृषि र पशुपालन फार्मका लागि सहकारीलाई उत्प्रेरित गर्ने र त्यसका लागि सरकारले सडक सिँचाइ जलविद्युत् लगायतका भौतिक पूर्वाधारको सहयोग गर्ने बताएको छ ।
गत आवमा ल्याइएको सहकारी खेती कार्यक्रम स्पष्ट नीतिको अभावमा अघि बढ्न नसकेको सरोकारवाला स्वीकार गर्छन् । सरकारले कार्यक्रमअनुसार सहयोग नगरेकाले सहकारी कार्यक्रम अघि बढ्न नसकेको सहकारीकर्मीको भनाइ छ । “सहकारी खेती कार्यक्रमको रकम कृषि मन्त्रालयले आफ्नै ढंगले चलाएको छ,” कृषि सहकारी संघका अध्यक्ष खेम पाठक भने, “सहकारी संस्थाले आफ्नै प्रयासले काम गर्दैछन् ।” कार्यक्रमलाई प्रभावकारी बनाउन राज्यले बाँझो र प्रयोगविहीन जग्गालाई व्यवस्थित गर्नुपर्ने उनले बताए ।
सहकारी कानुन मस्यौदा निर्माणमा विभागले आफूहरूसँग छलफल नगरेको पाठकले बताए । विभागले एकलौटी रूपमा कानुन बनाएमा त्यो प्रभावकारी नहुने उनको भनाइ छ । संघका अनुसार हालसम्म देशभर ९ वटा सहकारीले मात्र खेती गर्दै आएका छन् । गुल्मी, घादिङलगायतका जिल्लामा सहकारीले सामूहिक खेती गरिरहेको संघले जनाएको छ ।
पछिल्लो चरणमा सहकारीलाई उत्पादन क्षेत्रमा लैजान सरकारले विभिन्न कार्यक्रम ल्याएको छ । चालू आवमै साना किसान सहकारीमार्फत मासुजन्य पशुपालन कार्यक्रमका लागि सरकारले सहुलियत ब्याजदरमा ऋण प्रवाह गरेको छ ।

Monday, April 18, 2011
सुन बिक्री कार्यविधिमा संशोधन
* आधा किलोको सट्टा एक किलो
* संघको सिफारिस नचाहिने
* निर्यात भएका आधारमा छुट्टै सहुलियत
यादव हुमागाईं
काठमाडौं, ५ वैशाख
नेपाल राष्ट्र बैंकले सुन बिक्रीमा लागू गरेको कोटा प्रणाली खारेज गर्दै बिक्री प्रावधान खुकुलो बनाएको छ । विभिन्न व्यवसायी संघहरूको सिफारिसमा सुन किन्न पाउने व्यवस्था हटाउँदै राष्ट्र बैंकले सुनचाँदी व्यवसायीले सीधै वाणिज्य बैंकहरूबाट खरिद गर्नसक्ने व्यवस्था लागू गरेको छ ।केन्द्रीय बैंकले ‘सुन आयात तथा बिक्री वितरण कार्यविधि, २०६७’ लाई मंगलबार संशोधन गरी सुनका कलात्मक सामान निर्यातक व्यवसायीलाई सहुलियत दिने व्यवस्थासमेत गरेको छ । यसअनुसार निर्यात व्यवसायीले हस्तकलाका सामान निर्यात भएको परिणामअनुसार सुन पाउनेछन् । यसअघि यस्ता व्यवसायीले कुल आयातको १० प्रतिसत सुन पाउने व्यवस्था थियो ।
कोटा प्रणाली लागू गर्दा हस्तकलाका सामान निर्यातमा असर परेपछि केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो । अत्यधिक आयातले शोधानान्तर घाटा बढी विदेशी मुद्रा सञ्चितिसमेत घट्दै गएपछि केन्द्रीय बैंकले गत वर्षदेखि सुन आयात र बिक्रीमा कोटा प्रणाली लागू गरेको थियो ।
“व्यवसायीले कलात्मक सामान निर्यात गरेको प्रमाणका आधारमा सुन दिने व्यवस्था गरिएको छ,” बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने, “कोटा प्रणालीले निर्यात व्यवसायलाई असर नपरोस् भनेर यस्तो व्यवस्था गरिएको हो ।”
त्यस्तै, कार्यविधिले एक पटकमा एक व्यवसायीले खरिद गर्न पाउने सुनको परिमाण पनि बढाएको छ । अबदेखि प्रतिव्यवसायी एक किलो सुन खरिद गर्न पाइनेछ । यसअघि ५ सय ग्राममात्र खरिद गर्न पाउने व्यवस्था थियो ।
क्षेत्रगत रूपमा निर्धारित कोटा प्रणालीलाई पनि लचिलो बनाउँदै एक साताभित्र सम्बन्धित क्षेत्रमा बिक्री भएमा अर्को क्षेत्रमा समेत बिक्री गर्न सकिने व्यवस्था गरिएको जानकारी ज्ञवालीले दिए । कार्यविधिमा यसअघि आयात भएको सुनमध्ये ६० प्रतिशत बाग्मती अञ्चल र ४० प्रतिशत अन्य १३ अञ्चलमा बिक्री गर्नुपर्ने व्यवस्था थियो ।
सुन आयातको परिमाण बढाउनुपर्ने र आयातको अधिकार पनि पाउनुपर्ने व्यवसायीको मागलाई भने कार्यविधिले समेटेको छैन । वाणिज्य बैंकहरूले दैनिक १५ किलो सुन बिक्री गर्ने प्रावधानलाई भने यथावत् राखिएको छ ।
संशोधित कार्यविधिले पनि बजारमा देखिएको सुनको समस्या समाधान नगर्ने सुनचाँदी व्यवसायीहरूको दाबी छ । नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले नयाँ व्यवस्थाले बजार व्यवस्थित गर्न केही सहज भए पनि सबै समस्या नहट्ने बताए । “बजारको आवश्यकताअनुसार व्यवसायीलाई नै आयात गर्न नदिएसम्म समस्या समाधान हुँदैन,” उनले भने, “सुनको आयात परिमाणमा समेत वृद्धि गर्नु आवश्यक छ ।”
निर्यातको आधारमा सुन पाउने व्यवस्थाले आफ्ना समस्या समाधान नहुने नेपाल हस्तकला महासंघका अध्यक्ष विकासरत्न धाख्वाको भनाइ छ । “सुन विभिन्न हस्तकलाका सामानमा जलप लगाउन प्रयोग हुने भएकाले वास्तविक सुनको परिमाण निकाल्न अप्ठ्यारो हुन्छ,” उनले भने ।
हस्तकला व्यवसायीलाई दैनिक पाँच किलो सुन आवश्यक रहेको भन्दै उनले खुला बजारको सिद्धान्तअनुसार आयात गर्न नदिएसम्म समस्या समाधान नहुने दाबी उनले गरे । व्यवसायीले ‘ह्यान्ड क्यारी’ मार्फत गर्ने निर्यातगायतका अनौपचारिक बजारको तथ्यांक नहुने भएकाले समस्या हुने उनको भनाइ छ ।
बैंकले गत पुस १२ मा जारी गरेको कार्यविधिप्रति विरोध जनाउँदै आएका व्यवसायीले बैंकहरूबाट सुन नकिनी भारतबाट अवैध रूपबाट आयात गरेर स्थानीय बजारमा बिक्री गरेको खुलेआम बताउँदै आएका छन् । दैनिक ३०–३५ किलो सुन आवश्यक रहे पनि व्यवसायीहरूले बैंकहरूबाट दैनिक १५ किलोसमेत पूरै किनेका छैनन् ।

सहकारीमार्फत कृषकलाई सहुलियत ऋण
यादव हुमागाई
काठमाडौं, ४ वैशाख
साना किसान सहकारीमार्फत सरकारले पशुपालक कृषकलाई सहुलियतमा ऋण दिएको छ । सहुलियत ब्याजदरमा पाएको ऋणको ब्याजदर ९ प्रतिशतमात्र तोकिएको छ ।
साना किसान विकास बैंक हुँदै साना किसान सहकारीमार्फत सहुलियत ब्याजदरमा कर्जा प्रवाह गरिएको हो । कार्यक्रमका लागि पहिलो चरणमा निकासा भएको ३० करोड रुपैयाँ कृषकमाँझ पुगेको बैंकले जनाएको छ । “विभिन्न सहकारीबाट ४८ करोड रुपैयाँका लागि आवेदन आएको थियो” साना किसान बैंकका कार्यक्रम संयोजक विष्णु लामिछानेले भने, “त्यसमध्ये हामीले ३२ करोड ४० लाख रुपैयाँ कर्जा वितरण गरेका छौं ।”
बढीमा एक सहकारीलाई १ करोड रुपैयाँसम्म र घटीमा १० लाख रुपैयाँसम्म कर्जा दिइएको लामिछानेले बताए । जिल्ला–जिल्लाबाट कार्यक्रम कर्जा लगानीको विस्तृत विवरण आइनसकेकाले कति किसानले कर्जा पाए भन्ने विवरण नखुलेको उनले जानकारी दिए । बाख्रापालन र बंगुरपालन कार्यक्रमलाई बढी केन्द्रित गरी ऋण प्रवाह गरेको लामिछानेले जानकारी दिए ।
मासुको उत्पादन बढाउन बजेटमा सरकारले सहुलियत ब्याजदरमा ऋण दिने कार्यक्रममा ल्याएको थियो । सरकार र सहकारीको साझेदारीमा सुरु गरिएको कार्यक्रमका लागि बजेटमा एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ । कार्यक्रम सञ्चालनका लागि अर्थ मन्त्रालय र साना किसान गत माघमा सम्झौता भएको थियो । सम्झौताअनुसार पहिलो र दोस्रो किस्तामा ३० करोड तेस्रो किस्तामा ४० करोड रकम पाउनेछ ।
बैंकले उक्त रकम साना किसान सहकारीमार्फत मासुजन्य पशुपालक कृषकमा लगानी गर्नुपर्नेछ । ऋण पाउने कृषकले मासु उत्पादनका लागि बाख्रा, खसी, भैंसी, राँगा, सुंगुर र बंगुरपालन गर्नुपर्नेछ । कार्यक्रमका लागि बैंकले वार्षिक १ प्रतिशतमा कर्जा पाउनेछ । उक्त रकम बैंकले सहकारीलाई वार्षिक ५ प्रतिशत ब्याजदरमा दिने र किसानले ९ प्रतिशत ब्याजदरमा कर्जा पाउनेछन् । तर समयमा चुक्ता गर्न नसके बैंकले ५ प्रतिशत, सहकारीले ९ प्रतिशत र १५ देखि १८ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ ।
हाल ४२ जिल्लामा २ सय ४२ वटा साना किसान सहकारी संस्था सञ्चालनमा छन् । १ लाख ८५ हजार सदस्य रहेको ती संस्थाहरूले हालसम्म तीन अर्ब ५० करोड पुँजी परिचालन गरेको बताइएको छ ।

Subscribe to:
Posts (Atom)