प्रतितोला ४३ हजार १ सय
यादव हुमागाई
काठमाडौं, ११ जेठ
अमेरिकी डलरको भाउ मजबुत भएपछि त्यसको असर सुनको मूल्यमा देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यसँगै डलर पनि मजबुत भएपछि स्थानीय बजारमा सुन महँगो भएको हो । सुनसँगै डलर पनि मजबुत भएकाले नेपालमा सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
संघका अनुसार बुधबार स्थानीय बजारमा सुन प्रतिदस ग्राम ३६ हजार ९ सय ५० (प्रतितोला ४३ हजार एक सय) रुपैयाँमा कारोबार भएको छ । मंगलबार सुनको भाउ प्रतिदस ग्राम ३६ हजार ६ सय १० (४२ हजार ७ सय) रुपैयाँ थियो ।
यसअघि वैशाख १८ गते पनि आजकै मूल्यमा कारोबार भएको थियो । उक्त दिन अन्तर्राष्ट्रिय बजार भाउ प्रतिऔंस १ हजार ५ सय ७० डलर पुगेको थियो । तर, बुधबार भने अन्तर्राष्ट्रिय भाउ एक १ हजार ५ सय २७ डलर मात्र पुग्दा डलरको भाउ बढेकाले स्थानीय बजारमा सुन महँगो भएको व्यवसायी बताउँछन् ।
“अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सामान्य बढे पनि डलरको मूल्य बढेकाले महँगोमा भएको हो,” नेपाल सुन चाँदी व्यवसायी संघका महासचिव माणिकरत्न शाक्यले भने । यसपटक डलरको मूल्य बढेकाले भाउ महँगो भएको शाक्यले बताए । “यसअघि अन्तर्राष्ट्रिय बजारमा १ हजार ५ सय ७० डलर पुग्दा नेपालमा ४३ हजार १ सय मात्र थियो अहिले १ हजार ५ सय २७ डलर हुँदै नेपाली बजारमा ४३ हजार नाघेको छ ।”
वैशाख १८ गते प्रतिइकाई ७०.६५ रुपैयाँ रहेको अमेरिकी डलरको भाउ बढेर जेठ १२ गते ७०.०५ पुगेको छ ।
वैशाख अन्तिमबाट क्रमशः ओरालो लागेको सुनको मूल्य गत सातादेखि पुनः बढ्न थालेको हो । क्रमशः घट्दै गत साता १ हजार ४ सय ९५ डलरसम्म झरेको सुनको भाउ पुनः बढेर बुधबार बेलुकीसम्म १ हजार ५ सय २७ डलर पुगेको छ ।
सुनको मूल्यसँगै डलर पनि मजबुत हुँदा नेपाली बजारमा धेरै असर पर्ने व्यवसायी बताउँछन् । “अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको बढ्यै छ,” शाक्यले भने, “डलरसमेत मजबुत भएकाले नेपालीमा अझै महँगो हुन सक्छ ।”
अन्तर्राष्ट्रिय बजारमा राजनीतिक उथलपुथलका साथै सुनको मागसमेत बढेकाले मूल्य उकालो लागेको व्यवसायी तथा विश्लेषक बताउँछन् । “पछिल्लो दुई वर्षयता चीन र भारतमा सुनको खपत अत्याधिक बढेकाले नै सुनको मूल्य उच्च भएको सिटीजन बैंक इन्टरनेशनलका प्रमुख सञ्चालन अधिकृत राजु नेपाल बताउँछन् । माग वृद्विसँगै सुनका नयाँ खानीहरू पत्ता नलागेको र उत्पादन नबढेकाले माग र आपूर्तिमा अन्तर भई मूल्य उच्च भएको उनको भनाइ छ ।
संघका महासचिव शाक्य भने माग बढ्दैमा मूल्य बढ्ने सम्भावना १० प्रतिशत मात्र हुने बताउँछन् । कमोडिटी बजारमा हुने उतारचढावले मुख्य रूपमा सुनको मूल्यलाई असर गर्ने उनको भनाइ छ । पछिल्लो समयमा सेयरमा भन्दा सुनमा लगानी बढेकाले मूल्य उच्च हुन सघाएको उनले बताए । एसियाली देशमा पछिल्लो समयमा सुनको माग बढेको उनले स्वीकार गरे । पछिल्लो समयमा भारत र चीनका केन्द्रीय बैंकले समेत सुनको मौजाद बढाउन लागेकाले मूल्य माग बढेको उनले बताए ।
यसैगरी बुधबार स्थानीय बजारमा चाँदी ३२ रुपैयाँ बढेको छ । मंगलबार प्रतिदस ग्राम ८ सय ७३ रुपैयाँ रहेकामा बुधबार ९ सय ५ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।
Thursday, May 26, 2011
Saturday, May 21, 2011
उपत्यकाका पाँच सय सहकारी कारबाहीमा
यादव हुमागाई
काठमाडौं, ५ जेठ
उपत्यकाका करिब ५ सय बचत तथा ऋण सहकारी कारबाहीमा परेका छन् । सहकारी विभागले मासिक वित्तीय विवरण नबुझाएका सहकारीलाई १ हजार ५ सय रुपैयाँसम्म जरिवाना गर्दै कारबाही गरेको हो ।
काठमाडौंका ३ सय ३५, ललितपुरका १ सय र भक्तपुरका करिब एक दर्जन सहकारीलाई कारबाही गरिएको विभागले जनाएको छ । डिभिजन सहकारी कार्यालयहरूले ती सहकारीलाई १ सय रुपैयाँदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना गरेका छन् ।
“७ गतेभित्र वित्तीय विवरण नबुझाएका सहकारीलाई चेतावनी स्वरूप जरिवाना गरेका हौं,” काठमाडौंका सहकारी अधिकृत केशवबहादुर थापाले भने, कार्यालयले जरिवानाबाट गत वैशाखमा ५३ हजार रुपैयाँ राजस्व संकलन गरेको थापाले जानकारी दिए ।
विभागले गत माघदेखि बचत तथा ऋण सहकारीलाई कारोबार विवरण मासिक रूपमा बुझाउन निर्देशन दिएको थियो । तर, निर्देशनलाई सहकारी संस्थाले अटेर गरेपछि वैशाखदेखि जरिवाना गर्न थालेको हो । ७० प्रतिशत सहकारीले मात्र मासिक विवरण बुझाउने गरेकामा जरिवाना गर्न थालेपछि भने विवरण बुझाउने संस्थाको संख्या बढेको सहकारी कार्यालयहरूले जनाएका छन् ।
राष्ट्र बैंकको सहयोगमा विभागले गत माघमा गरेको सघन अनुगमनमा सहकारीको कारोबार अपारदर्शी र अनियन्त्रित भएको पाइएपछि सहकारी कारोबारको विवरण मासिक रूपमा लिन सुरु गरिएको हो । विभागले हाल सहकारीबाट निक्षेप र कर्जाका साथै सेयर पुँजी, विभिन्न जगेडा कोषमा जम्मा भएको रकमलगायतबारे विवरण लिँदै आएको छ । विवरण संकलनदेखि विश्लेषणसम्मका लागि विभागलाई केन्द्रीय बैंकले सहयोग गर्दै आएको छ ।
विभागका अनुसार चैतसम्मको तथ्यांकअनुुसार उपत्यकाका सहकारीले मात्र साढे १ खर्ब बचत परिचालन गरेका छन् ।
सानालाई छुट
यसैबीच विभागले एक करोडभन्दा बढी निक्षेप परिचालन गरेका सहकारीले मात्र मासिक विवरण बुझाउनुपर्ने व्यवस्था गरेको छ । वैशाख १ गतेदेखि लागू गरेको ‘सहकारी संघसंस्था दर्ता तथा नियमन मापदण्डमा–२०६८’ ले एक करोडभन्दा कम कारोबार गर्ने सहकारीले वार्षिक रूपमा मात्र विवरण बुझाए पुग्ने व्यवस्था गरिएको छ । यसअघि सबै सहकारीले मासिक रूपमा कारोबार विवरण बुझाउनुपर्ने व्यवस्था थियो ।
“सहकारीकर्मीबाट आएको सुझावका आधारमा सानो कारोबार भएका सहकारीलाई मासिक विवरण बुझाउनु नपर्ने व्यवस्था गरिएको हो,” विभागका रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले भने । सानो पुँजी भएका सहकारीमा स्रोत साधनसमेत सीमित हुने भएकाले मासिक विवरणलाई सरल बनाइएको उनको भनाइ छ ।

Saturday, May 14, 2011
दुई महिनापछि बजारमा सुनको अभाव हुने
यादव हुमागाईं
काठमाडौं, २९ वैशाख
दुई महिनापछि नेपाली बजारमा सुनको अभाव हुने भएको छ । आयातभन्दा बिक्री धेरै भएपछि अभाव हुने देखिएको हो । आयात कोटा नबढाए भारतबाट अवैध आयात बढ्ने व्यवसायीले चेतावनी दिएका छन् । हाल दैनिक १५ किलो आयात भए पनि बजारमा भने दैनिक २५ किलो सुन बिक्री हुँदै आएको छ ।
“अहिले पुरानो कोटाकै सुन बाँकी रहेकाले बजारमा सहज भएको हो,” नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, “यो कोटा सकिएपछि बजारमा सुनको अभाव हुन्छ ।” पुरानो कोटाको सुनले मुस्किलले २ महिना धान्ने उनले बताए ।
सुनचाँदी व्यवसायीका अनुसार हाल बैंकहरूमार्फत दैनिक २५ किलो सुन बिक्री भइरहेको छ । तर सरकारले आयात कोटा भने दैनिक १५ किलो मात्र निर्धारण गरेको छ । आयात कोटा नबढाए पुनः भारतबाट अवैध आयात बढ्ने शाक्यले दाबी गरे । बिहेको सिजन भए पनि यसपटक सुनको मूल्य उच्च भएकाले बिक्री नबढेको उनको भनाइ छ । “अघिल्ला सिजनमा दैनिक ४० किलोभन्दा धेरै बिक्री हुन्थ्यो,” शाक्यले बताए, “यसपटक भाउ उच्च भएकाले बिक्री घटेको हो ।” गतसाता मात्र बजारमा सुनको भाउ प्रतिदस ग्राम ४३ हजार नाघेको थियो ।
नेपाल राष्ट्र बैंकले सुन बिक्रीका लागि लागू गरेको कार्यविधिको विरोध गर्दै व्यवसायीले सुन नकिनेपछि बजारमा सुनको ५ सय किलो कोटा बाँकी थियो । केन्द्रीय बैंकले वैशाख पहिलो साता सुनचाँदी बिक्री कार्यविधि संशोधन गरेपछि वाणिज्य बैंकहरूबाट सुन बिक्री बढेको हो ।
व्यवसायीले बजारमा अभाव हुने बताए पनि राष्ट्र बैंकका अधिकारी भने आयात कोटा बढाउन नसकिने बताउँछन् । सुन आयातले विदेशी मुद्रा सञ्चितिमा ठूलो असर पर्ने उनीहरूको तर्क छ । “सुन बहुमूल्य धातु भएकाले यसको कोटा बढाउनेबितिकै विदेशी मुद्रा सञ्चिति र सोधनान्तर स्थितिमा ठूलो असर पर्छ,” नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, “त्यसैले तत्कालै कोटा बढाउन सक्ने स्थिति छैन ।” भारतबाट अवैध आयात नभएको दाबी गर्दै ती अधिकारी भन्छन्, “गत वर्ष आयात भएर बजारमा रहेको सुन नै बजारमा आएको छ ।”
गत आर्थिक वर्षमा सुनको आयात अत्याधिक भएपछि सरकारले गत वैशाखदेखि सुन आयातमा कोटा प्रणाली लागू गरेको थियो । तत्कालीन अवस्थामा दैनिक १० किलो आयात गरे पनि भन्सार वृद्धि गरेपछि गत पुसदेखि भने पाँच किलो बढाएर दैनिक १५ किलो पु¥याइएको हो ।”
केन्द्रीय बैंकले नेपालीलाई सुनमा लगानी गर्नसमेत निरुत्साहित गर्दै आएको छ । बैंकको बिक्री कार्यविधिमा व्यवसायीले ढिक्का सुन बिक्री गर्न नपाउने र गहना बनाएर मात्र बेच्नुपर्ने व्यवस्था गरिएको छ ।
“व्यापार घाटा बढिरहेका बेला देशले डलर खर्च गरेर सुन किन्न सक्ने अवस्था छैन,” राष्ट्र बैंकका ती अधिकारीले भने, “१५ किलो सुन नेपालीलाई आवश्यक गरगहनाको लागि भरपुर छ ।”
नेपालमा आवश्यक सुनको परिणामबारे मतभेद भए पनि यसबारे कुनै अध्ययन भएको छैन । पछिल्लो समयमा सेयर बजार र घरजग्गा कारोबार ओरालो लागेपछि सुनमा लगानी बढेको व्यवसायी बताउँछन् । रेमिटेन्सको कारणले ग्रामीण क्षेत्रका सर्वसाधारणको क्रयशक्ति बढेकाले सुनको माग बढेको बताइन्छ ।

Sunday, May 01, 2011
‘उत्पादन र वितरण सहकारी आवश्यक’
काठमाडौं, १७ चैत\ राष्ट्रिय अर्थतन्त्रमा सहकारीको योगदान बढाउनका लागि कृषि, शिक्षा, यातायातलगायतका ‘उत्पादन’, ‘वितरण’ र सेवाका क्षेत्रका सहकारीको सख्या बढाउनुपर्ने सरोकारवालाहरुले औल्याएका छन् । सहर केन्द्रीत भएका वचत तथा ऋण सहकारीको संख्या धेरै भएकाले विकृती देखिएको र अर्थतन्त्रमा सहकारीको योगदान बढ्न नसकेको उनीहरुको भनाइ छ ।
गन्तव्य यातायात सहकारी संस्थाले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै श्रम तथा यातायात मन्त्री टोप बहादुर रायमाझीले सहकारी आन्दोलन उत्पादन र वितरण क्षेत्रमा जानुपर्ने आवश्यक्ता औल्याए । कृषि उत्पादन बढाउन र आधुनिकीकरण गर्न सहकारी उपयुक्त भएको उनको भनाइ थियो । यातायातमा क्षेत्रमा सहकारीको योगदान हुन सके नीजि क्षेत्रसँग प्रतिस्पर्धा भई सर्वसाधारणले पाउने सहज सेवा पाउने उनले बताए । उत्पादन र सेवाका क्षेत्रका सहकारीले विशेष प्राथमिकता दिने उनले उल्लेख गरे ।
अर्थशास्त्री डिल्लीराज खनालले सहरी क्षेत्रका वचत तथा ऋण सहकारीको कारोबार पारदर्शी नहुँदा विकृति बढेको दावी गरे । त्यस्ता सहकारीलाई कानुनी र नीतिगत व्यवस्था सहि बाटोमा ल्याउन आवश्यक भएको उनले औल्याए । नीजि क्षेत्रको मनलाग्दी भाडा र सिन्डिकेट प्रथालाई हटाउन समेत यातायात क्षेत्रमा सहकारी आउन उनले आग्रह गरे ।
राष्ट्रिय सहकारी विकास वोर्डका निर्देशक डा. विश्वमोहन आचार्यले सहकारीले आफ्नो उदेश्य अनुरुप कारोबार नगरेकाले समस्या भएको बताए । जुन सुकै नाममा दर्ता भएपनि बचत तथा ऋण कारोबारमै मात्र जोड दिने प्रवृत्तीले अर्थतन्त्रमा सहकारीको योजदान बढ्न नसकेको उनको भनाई थियो ।
राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दिपक प्रकाश बास्कोटाले उपभोक्ता र उत्पादकविचको मूल्य अन्तरलाई घटाउनका लागि सहकारी उपयुक्त हुने बताए । साझा यातायातलाई देखाएर यातायात क्षेत्रमा सहकारी फस्टाउदैन भन्ने गलत प्रचार गरिएको भन्दै उनले साझा यातायात सरकारको कारण धरासायी भएको बताए ।
राष्ट्रिय सहकारी संघका संचालक रविन्द्र केसीले सहकारीलाई उत्पादशितल क्षेत्रमा लैजान संघले देशभरबाट सुझाव संकलन गरी कार्ययोजना बनाउन लागेको बताए । उपयुक्त नीति र वातावरण भएमा कृषि, उपभोक्ता, जलविद्युत जस्ता उत्पादनशिल क्षेत्रमा समेत सहकारी जान सक्ने उनको भनाइ थियो ।
नेपालभर कार्यक्षेत्र भएको गन्तव्य यातायात सहकारीले छिट्टै नै सार्वजनिक यातायात सेवा सुरु गर्ने जनाएको छ । यसका लागि हाल सदस्य र पूँजी बढाउने काम भइरहेको संस्थाले जनाएको छ ।

साताभर सुनचाँदीको मूल्य उच्च
यादव हुमागाई
काठमाडौं, १७ वैशाख
स्थानीय बजारमा साताभर सुनचाँदीको मूल्य उच्च भएको छ । राजनीतिक उतारचढाव, डलरको अवमूल्यनका कारण अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य लगातार बढेपछि स्थानीय बजारमा त्यसको असर परेको हो ।
स्थानीय बजारमा आईतबार र सोमबार प्रतिदस ग्राम ३६ हजार ९५ रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार र बुधबार भने सामान्य ओरालो लाग्यो । विहिबारवाट पुनः उकालो लागेको सुनको भाउँ शुक्रबार प्रतिदस ग्राम ३६ हजार ३ सय ९५ मा कारोबार भई एतिहासीक रेकर्ड कायम गरेको छ ।
यो साता सर्वाधिक महँगोमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारको असर स्थानीय बजारमा परेको हो । स्थानीय बजारमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनचाँदीको मूल्य दैनिक निर्धारण हुन्छ । विवाहको सिजनमा सुनचाँदीको भाउ महँगो भएपछि सर्वसाधारण प्रभावित भएका छन् । बजारमा सुनको बिक्रीसमेत घटेको व्यवसायी बताउँछन् ।
यसैगरी यो साता चाँदीको भाउले पनि रेकर्ड कायम गरेको छ । आइतबार प्रतिदस ग्राम १ हजार १ सय ४० रुपैयाँ रहेको चाँदीको क्रमश घट्दै मंगलदबार १ हजार ८४ रुपैयाँमा झर्र्यो । बुधबार बाट भने पुनः उकालो लागेर शुक्रबारसम्म पुग्दा ऐतिहासीक रेकर्ड कायम भई प्रतिदस ग्राम १ हजार १ सय ५७ रुपैयाँमा कारोबार भएको छ ।
“अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको बढ्यै छ” नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, “यो साता सुनचाँदी नै महंगोमा कारोबार भयोे ।” महंगो भएपछि व्यवसायीका लागि ‘सिजन’ भएपनि मूल्य उच्च भएपछि व्यापार नबढेको उनले बताए ।
अन्तर्राष्ट्रिय बजारमा समेत यो साता मूल्य उच्च भएको छ । आईतबार प्रतिऔस १ हजार ५ सय १८ डलर रहेकोमा शनिबार बेलुकीसम्म १ हजार ५ सय ३० डलरबाट उकालो लागेको छ । इजिप्टको राजनीतिक तनावपछि सुनचाँदीको भाउ उकालो लागेको हो । लिबियामा बहुराष्ट्रिय सेनाको आक्रमणको भारत, चीन, रुस, ब्राजिल, दक्षिण अफ्रिकालगायतका देशको विरोध गरेपछि सुनको मूल्य उच्च भएको हो । हाल अमेरिकी डलरसमेत कमजोर भएका कारण सुनमा लगानी बढेकाले मूल्य उकालो लागेको बताइएको छ ।
भारत, चीन लगायतका देशहरूमा सुनको खपत बढिरहेका कारण भाउ अझै उकालो लाग्ने सक्ने विश्लेषक बताउँछन् । पछिल्लो समयमा सेयरभन्दा सुन भरपर्दो लगानीको क्षेत्र बन्दै गएकाले कारोबार बढेको तर उत्पादन नबढेका कारण मूल्य उच्च भएको हो ।

Subscribe to:
Posts (Atom)