Monday, January 24, 2011

अवैद्य भारतीय सुनले बैंक आयातित सुन बिकेन

यादव हुमागाई
काठमाडौं ३ माघ

स्थानीय बजारमा अवैद्य रुपमा आयातित भारतीय सुन छ्याप्छ्याप्ती भएपछि बाणिज्य बैंकहरुले आयात गरेको सुन भने थन्किएको छ । बैंकहरुको सुन मंहगो भएको र खरिद प्रकि्रया समेत झन्झटिलो भएको भन्दै व्यवसायीले खुलेआम अवैद्य सुन बिुक्री गर्ने गरेको स्विर्काछन् ।
गत सातामात्र लक्ष्मी र एनआइसी बैंकले एक सय किलो सुन आयात गरे पनि एक तिहाइ पनि बिक्री भएको छैन । "बजारको माग अनुसार सबै सुन बिक्नुपर्ने हो" नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने "तर बजारमा भारतिय सुन धेरै भएकाले २० किलोको हाराहारीमा मात्र बैंकले आयात गरेको सुन बिक्री भएको छ ।ू शाक्यको अनुसार सुन आयात सुरु भएपछि एक सय किलो भन्दा बढी भारतिय सुन बजारमा आएको छ । सिमावर्तित बजारमा मात्र आउने भारतीय सुन काठमाडालगायत देशका अन्य शहरमा समेत पुग्ने गरेको शाक्यले दावी गरे ।
सुन खरिदका लागि राष्ट्र बैंकको नीति अव्यवहारीक भएका कारण भारतीय सुन किन्न व्यवसायीको आकर्षण भएको शाक्यले बताए । एक पटकमा एक व्यवसायीले पाँच सय ग्राम मात्र पाउने र ५० प्रतिशत बिक्री भएको विल पेश गरेपछि मात्र अर्को पटक खरिद गर्न पाउने प्रावधानले समस्या भएको शाक्यले उल्लेख गरे । "राष्ट्र बैंकको अव्यवहारीक नीति र सुन किन्न बैंक नै पिच्छे व्यवसायीले खाता खोल्नुपर्छू शाक्यले भने, "भारतीय सुन किन्न न प्यान दर्ता नै चाहिन्छ न कुनै प्रावधान नै पालना गर्नुपर्छ ।" केन्द्रीय बैंकले कार्यविधी नसच्याएमा अवैद्य सुनको प्रयोग झन बढ्ने र शाक्यले दावी गरे ।


भन्सार अन्तरले अवैद्य सुनको मूल्य कम भएकाले वैद्य सुनको विक्री घटेको बताए । "बैंकको भन्दा भारतीय सुन प्रतिदश ग्राम एक सय रुपैयाँदेखि पाँच सयसम्म कममा पाइन्छू नेपाल रत्न तथा आभुषण संघका महासचिव विजय ताम्रकारले भने ूयसले व्यवसायीहरु भारतिय सुन किन्न आकर्षित भएका छन् ।" नेपालभन्दा भारतको भन्सारदर कम भएपछि अवैद्य आयात बढेको उनले दावी गरे । नेपालको तुलनामा भारतको भन्सारदर पाँच सय २० रुपैयाँ कम रहेको छ ।
संघको भागमा दैनिक २ किलो सात सय ग्राम सिफारीस गर्न पाउने कोटा पाए पनि आफ्ना व्यवसायीले अधिकतम २ किलोसम्म मात्र सुन किनेको उनले बताए । बास्तविक समस्या पत्ता नलगाइ सुनको भन्सारदर बढाएकाले राज्यको राजस्वको घाटा लागेको उनको भनाइ छ ।
चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले सुनको भन्सार दर बृद्वी गरि प्रतिदश ग्राम एक हजार रुपैयाँ पुर् याएको छ । भारतमा भने सुनको भन्सारदर प्रतिदश ग्राम चार सय ८० रुपैयाँ छ । यसअघि १ सय ३० रुपैयाँ नेपालको भन्सारदर रहदा अधिक आयात भइ भारत निर्यात भएको र सोधानान्तर स्थितीमा असर परेको भन्दै विद्येयक मार्फत भारत सरह चार सय ७० पुर् याइएको थियो ।
नेपाल राष्ट्र बैंकले जारी गरेको सुन कार्यविधीका अनुसार बैंकहरुले सिधै व्यवसायीलाई विक्री गर्न सक्दैनन् । व्यवसायीक संघको सिफारीसको आधारमा मात्र बिक्री गर्न पाउने व्यवस्था छ । कार्यविधी अनुसार नेपाल सुनचाँदी व्यवसायी संघले ५० नेपाल रत्न तथा आभुषण संघले ३० नेपाल सुनचाँदी कला व्यवसायी संघ र नेपाल हस्तकला महासंघले १०\१० प्रतिशत परिणाम सिफारीस गर्न पाउने व्यवस्था गरिएको छ । त्यस्तै वाग्मती अचलमा ६० र अन्य १३ अचलमा ४० प्रतिशत विक्री गर्नुपर्ने व्यवस्था छ ।

No comments: