Wednesday, November 17, 2010

सुनचाँदीको मूल्य घट्ने क्रम जारी

काठमाडौं १ मंसिर : स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतिदश ग्राम ३ सय ४० रुपैयाँ घटेको छ । अन्तर्राष्ट्रिय मूल्यमा गिरावट आएपछि स्थानीय बजारमा पनि त्यसको असर परेको नेपाल सून चाँदी व्यवसायी संघले जनाएको छ ।
संघका अनुसार मंगलबार प्रतिदश ग्राम ३३ हजार पाँच सय २० रुपैयाँमा कारोबार भएकोमा बुधवार घटेर प्रतिदश ग्राम ३३ हजार १० रुपैयाँमा कारोबार भएको छ । यस्तै बुधवार चाँदीको मूल्य पनि पाँच रुपैयाँ घटेको छ । मंगलबार प्रतिदश ग्राम ६ सय ४८ रुपैयाँमा कारोबार भएको चादी बुधवार प्रतिदश ग्राम ६ सय ४३ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।

No comments: