Thursday, November 11, 2010

चाँदीका सामाग्रीको माग बढ्यो

यादव हुमागाई
काठमाडौं ११ कात्तिक

हिन्दुहरुको दोस्रो ठुलो चाड तिहार नजिकीदै जाँदा दीपावलीमा प्रयोग हुने चाँदीका भाडाहरुको माग बढेको छ । चाँदीबाट निर्मित भाडाहरुको माग बढेपछि बजारमा चाँदीको मूल्य सुमेत बढेको व्यवसायीहरु बताउछन् ।
"नेपालमा पनि विस्तारै भारतिय संस्कृतिले प्रभाव पादै गएकाले तिहारमा चाँदीका भाडाको विक्री बढ्छ" नेपाल सुन चाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने । सामान्य समयमा दैनिक १ सय ५० किलाको हाराहारीमा चाँदी विक्री हुने गरेको भएपनि तिहारमा भने माग बढेर दैनिक २ सय किलो माग हुने गरेको उनको भनाइ छ ।
अहिले चाँदी पसलमा भाडाकुडा अर्डर गर्न आउनेको भिड बढेको व्यवसायीले बताए । व्यवसायीका अनुसार तिहारमा लक्ष्मीपुजाको दिन पुजाकोठमा प्रयोग गरीने चाँदीको दियो पाला थाली करुवालगायतका सामाग्रीका माग बढेको छ ।
तर राष्ट्र बैंकले सातामा १ हजार केजी चाँदी मात्र बजारमा पठाएकाले बजारको माग धान्न नसक्ने शाक्यले भनाइ छ । नेपाल राष्ट्र बैंकले चार पटक गरी ३ हजार ३१ किलो चाँदी बजारमा पठाइसकेको छ । दशैपछि भने एक पटक गत मंगलबार एक पटक मात्र बजारमा एक हजार केजी चाँदी केन्द्रीय बैंकले बिक्री गरेको छ । यसले बजारको माग नधान्ने व्यवसायीको भनाइ छ ।
बजारमा आवश्यक चाँदी नपाएकाले पयाप्त अर्डर नलिएको व्यवसायी बताउँछन् । तिहार चाँदीका भाडाहरुको विक्री सिजन भएपनि मूल्य बढेका कारण अघिल्ला वर्षहरुमा भन्दा यसपटक बिक्री घटेको उनीहरु भनाइ छ । "भाउँ बढेका कारण यसपटक अघिल्लो पटकको जस्तो बिक्री छैन गुण सिल्भर मार्टका शकेस बर्जाचार्यले भने "चादै नै नपाएपछि ग्राहकबाट नयाँ अर्डर लिएका छैनौं ।" यसअघि नै तयारी अवस्थामा रहेका सामाग्री मात्र विक्री गरिरहेका उनले बताए ।
माग बढेपछि स्थानीय बजारमा चाँदीको मूल्य पनि बढेको छ । गत शुक्रवार प्रतिदश ग्राम ५ सय ८३ मा कारोबार भएको चाँदीको मूल्य त्यसपछि क्रमश उकालो लागेको थियो । सोमबार र मंगलबार प्रतिदश ग्राम तीन रुपैयाँ वृद्वी भइ प्रति दश ग्राम ५ सय ८६ पुग्यो । त्यसपछि बुधवार ८ रुपैयाँ वृद्वी भइ बुधवार प्रतिदश ग्राम ५ सय ९४ मा कारोबार भएको थियो । विहिबार भने अन्तर्राष्ट्रिय मूल्यका कारण चाँदीको मुल्य दुई रुपैयाँ कम भई प्रतिदश ग्राम ५ सय ९२ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ । बजारमा चाँदीका सामाग्रीको माग बढेको र आपूर्ति भने कम भएकाले चाँदीको मूल्य अझै बढ्न सक्ने संघको अनुमान छ ।

No comments: