![]() |
देबेन्द्रराज पाण्डे |
नागरिक आन्दोलनको अगुवाको हैशियतले नया“ संविधान निर्माण्ा प्रत्रिmयालार्इ कसरी मूल्यांकन गनर्ुहुन्छ ?
मुलुक अझै संत्रmमण्ाकालमा नै छ । यही कारण्ाले यहा“ विभिन्न प्रकारका घटना घटिरहेका छन् । जनतालार्इ राहत दिने, शान्तिसुरक्ष्ााको कुरा झन्भmन् नाजुक बन्दै छ । बन्द, हड्ताल, महङ्गीले जनताले दु:ख पाएका छन् । यी कुरालार्इ सरकार र राजनीतिक पार्टीले सम्बोधन गर्न सकेका छैनन् । पार्टीहरू अनावश्यक प्रतिस्पर्धामा लागेका छन्, जनताको समस्याप्रति उदासीन छन् । यी यावत् समस्याका बावजुद पनि संविधान बन्न एकदमै जरुरी छ । नया“ संविधानले मात्र परिवर्तनलार्इ संस्थागत गर्न सक्छ । यतिबेला नागरिक समाजले चाहि“ के गरिरहेेको छ ?ठूलो र व्यापक कुरा हो नगारिक समाज । केही साथीहरूस“ग मिलेर हामीले लोकतान्त्रिक आन्दोलनको अगुवाइ गरेका हौं । यतिबेला संविधान निर्माण्ा गनर्े बेला आएको छ । यो हाम्रो आन्दोलन संस्थागत गर्ने बेला पनि हो । संविधान निर्माण्ापछि त्यसै संविधानका आधारमा राज्यको पुन:संरचना गनर्े हो ।हामी यतिबेला समयमा नै संविधान निर्माण्ा गर्न दलहरूmलार्इ घच्घच्याइरहेका छौं । दलहरूबीच देखिएको संवादहीनताको स्थितिलार्इ अन्त्य गनर्े प्रयास पनि गरिरहेका छौं ।हामी जिम्मेवारीपूर्ण्ा तरिकाले काम गरिरहेका छौं । यो चरण्ामा हामीले शीर्ष्ास्थ पार्टीनेतालार्इ भेटेर जनताका समस्या अवगत गराइरहेका छौं । यो अन्योलता हटाउन राजनीतिक दलका शीर्ष्ास्थ नेतालार्इ घच्घच्याइरहेका छौं । नेपाली नागरिकहरू नया“ संविधानको पर्खाइमा बसेका छन् । उनीहरू नया“ संविधान नलिर्इ यी राजनीतिक दललार्इ छोड्नेवाला छैनन् ।
संविधान निर्माण्ाको लागि अहिले दलहरूबीच बढेको दूरीलार्इ चिन्ताको विष्ायका रुपमा लिइन्छ । पहिला आन्दोलनमा दलहरूलार्इ एकै ठाउ“मा ल्याउन तपाइ“हरूको भूमिका थियो । अहिले पनि केही गर्दै हुनु हुन्छ ?पहिला दलहरूलार्इ एकै ठाउ“मा ल्याउनका लागि राजाले लादेको निरंकुशताले गर्दा सजिलो भएको थियो । अहिले नेपाली जनताको विभिन्न स्वार्थ छ । ती स्वार्थलार्इ प्रतिबिम्बित हुनेगरी एकै ठाउ“मा मिल भनेका छौं । त्यो बेलाको भन्दा अहिले कठीन छ । तर पनि हाम्रोतफबाट हामीले पहल गरिरहेका छौं । सारा नेपाली नागरिकले पनि यहीँ कुरा खोजेका छन् भन्ने मलार्इ लाग्छ । हामी यसमा पनि सफल हुन्छौं भनेर काम गरिरहेका छौं । तर नेपाली नागरिकले हामीमाथि धेरै अपेक्ष्ाा गरेजस्तो मलार्इ लाग्छ ।
नया“ संविधानलार्इ अहिलेका यावत् समस्याको समाधान गनर्े रामवाण्ाको रुपमा व्याख्या गरेको पाइन्छ । के स्थिति त्यस्तो हो र ?
त्यस्तो होइन । सधै स्थिति सहज त जीवन्त समाजमा कहीले पनि हु“दैहु“दैन । एउटा समस्या समाधान गर्यो, अर्को समस्या फेरि उब्जिहाल्छ । राजनीतिक मतभेद, विवाद भइरहन्छ । तर पनि अहिलेको अवस्थामा हाम्रो लागि संविधान अत्यावश्यक हो । त्यसैका लागि हामीले 'जम्बो' संविधानसभा निर्वाचित गरेका छौं । नत्र, ६ सय १ सभासद्को तलबभत्तालार्इ हामीले धान्न सक्छौं र ? अहिले संविधान बनाउने कार्यमा जनताको इच्छा आकांक्ष्ाालार्इ पाखा लगाएर विभिन्न स्वार्थको खेल भयो कि भन्ने डर लाग्छ । दलहरूको प्राथमिकतामा संविधान परेको छैन कि भन्ने पनि लाग्छ । संविधानलार्इ एउटा आशाको रुपमा लिन सकिन्छ । संविधान निर्माण्ा भएपछि हामीस“ग एउटा विधि हुन्छ । संत्रmमण्ाकालको अन्त्य हुन्छ । त्यो बनाउने त्रmममा संवाद नगरी राजनीतिक दललार्इ सुख छैन । संवादहीनताको स्थिति पनि अन्त्य हुन्छ ।
स्वार्थको खेल हुने आशंका गनर्ुभयो । के हो त्यो ?
संविधानसभामा बेग्लाबेग्लै विचार बोकेका र प ृष्ठभूमि भएका दलहरू छन् । माओवादी १० वर्ष्ो जनयुद्ध लडेर आएको पार्टी हो भने कांग्रेस र एमाले उनीहरूस“ग माओवादीसँग लडेर आएका पार्टी हुन् । वास्तवमा एमाले र कांग्रेसले माघ १९ को राजाले निरंकुश कदम नचालेसम्म संविधानसभाका लागि सहमत नभएका हुन् नि ।अहिलेको स्थितिलार्इ हेर्दा कसैलार्इ परिवर्तन चाहिएको र कसैलार्इ नचाहिएको पनि भान हुन्छ । तर सबैभन्दा बढी परिवर्तन राज्यको पुन:संरचना र संघीयता चाहिएको नेपाली जनतालार्इ हो । यो नलिइकन नेपाली जनताले छोड्ने छैन ।
परिवर्तन नचाहिएको कसलार्इ हो ?
यो मैले भनिरहनुपर्छ जस्तो लाग्दैन । सम्पूर्ण्ा नेपाली जनताले देखिरहेका छन् । र समयले पनि बताउनेछ ।
विदेशीहरूको चलखेल कतिको हुने देख्नुहुन्छ ?
आफ्नो अनुकूल बनाउनका लागि विदेशीको पनि चलखेल हुन सक्छ । त्यस्तो सम्भावना देखिन्छ तर राजनीतिक दल सचेत हुनुपर्छ । राजनीतिक दल र जनता एक हुने होभने कसैको प्रभाव रहदैन । निष्पक्ष्ा संविधान बनाउन सकिन्छ ।
अहिले भइसकेको परिवर्तनविपरीत पनि स्वरहरू सुनिन थालेका छन् नि ?
सबैले परिवर्तनलार्इ स्वीकार र आत्मसात गर्न सक्दैनन् । अब कसरी अगाडि बढ्ने भन्ने कुरा संविधानले बताउ“छ । हाम्ो कत्रो दु:खकष्ट गरेर यहा“ आइपुगेका छौं । यसलार्इ उल्टाउने कुरै छैन । तर, संघीयताका बारेमा चाहि“ कसैकसैलार्इ मुलुक नै विखण्डन हुने हो कि भन्ने चिन्ता छ । चिन्ता गरेर बस्ने नागरिकलार्इ आश्वस्त पानर्ुपर्छ कि संविधानले देश टुत्रm“दैन । देश झन् सम्व ृद्ध बन्छ । बरु एउटै जाति, भाष्ाा, संस्क ृति रहने राज्यको स्थायित्व झन् रह“दैन । सबैको आकांक्ष्ाालार्इ संघीयताले सम्मान गर्न सक्छ । जनतालार्इ यो कुरा बुझाउने काम राजनीतिक दलको हो । तर दलहरूले यस्तो काम नगर्दा त्यस्तो आशंका पैदा भएको हो ।
अहिलेको सरकारको काम कारवाहीलार्इ नागरिक समाजको तफबाट कसरी हेरिरहनुभएको छ ?
सरकार गठनदेखि नै यो सरकार विवादमा देखिएको हो । सरकार गठनमा नै ४ महिना लाग्यो । जनताले एक प्रकारले माओवादीलार्इ म्याण्डेट दिए पनि पूरा म्याण्डेट दिएनन् । माओवादीको नेत ृत्वमा सबै दलले मिलेर काम गर भनेको हो ।तर राजस्व संकलनमा यो सरकारले प्रगति गरे पनि स्थानीय निकाय नहु“दा कार्यान्वयन हुन नसकेको हो । त्यसकारण्ा पनि सरकारको प्रभाव देखि“दैन । यसले गर्दा जनतामा जुन जोगी आए पनि कानै चिरेका भन्ने अवस्था आएको हो ।
अहिले जनताको जीउधनको सुरक्ष्ाा नहु“दा, विजुली खानेपानी महङ्गीजस्ता समस्यामा नागरिक समाजल बोलेन भन्ने आरोप छ नि ?<
यो मिथ्या आरोप मात्र हो । हामी अली बढी राजनीतिक मुåामा केन्दीत भएकाले यस्तो हुन गएको हुन सक्छ । सरकारलार्इ पनि हामीले बारम्बार भेटेर यी समस्याको समाधान गर्न आग्रह गरेका छौ । नत्र जनतामा निराशा बढ्ने चिन्ता समेत हामीले उनीहरुलार्इ जानकारी गराएका छौ । हामीले सरकार र राजनीतिक दलका गलत कामको विरोध गरिरहेका छौं । केवल शैलीमात्र फेरिएको हो । नागरिक समाज मात्र त्यस्तो समूह हो जो जहिले पनि गलत कामको विरोध र सहीको स्वागत गर्छ । सडकबाट दबाव दिनुपर्छ भन्ने आवाज पनि छ ?हामी यो देशको जिम्मेवार नागरिक भएको कारण्ाले सुझबुझका साथ दबाव दिनुपर्छ । सडकमा आन्दोलनमा जा“दा त्यसबाट अरु गलत तत्वले पनि फाइदा उठाउन सक्छन् । तर हामी यसप्रति सचेत छौं । त्यसैले तत्काल सडक आन्दोलनमा जाने स्थितिमा छैनौं । भलै हाम्रो आग्रहमा अभmै पनि लाखौं नेपाली जनता सडकमा आउन तयार होलान् । तर, नागरिकका आकांक्ष्ाामा कुठाराघात गनर्ेे परिस्थिति आएमा सम्पूर्ण्ा नागरिक सडकमा आउन बाध्य हुन्छन् ।
No comments:
Post a Comment