
काठमाडौं । 'के गनर्ु यार, जत्ती प्रयास गरेपनि भन्नै सकिन' धेरै युवायुवती यस्तै कुरा गदै साथीहरूसँग सहयोग मागिरहेका हुन्छन् । तर आजकाल उनीहरुको यो समस्या मोबाइल प्रयोगले दुर गरिदिएको छ । काठमाडौंकी शीला श्रेष्ठले मन पराएको केटालार्इ प्रेम प्रस्ताव राख्न धेरै पटकको भेटमा प्रयास गरिन् तर सकिनन् । त्यसैले उनले मोबाइलबाटै आप्mनो भावना पोखिन् । 'भेटेर कुरा गर्नआँटै आएको थिएन,' उत्साहित हँुदै उनले भनिन्, 'मोबाइलबाट भने आइ लभ यु भनिछाडंे ।' उनको यो प्रस्तावलार्इ स्विकारेपछि उनीहरूको अबकोे बाटो सहज भएको छ ।शीलाजस्तै धेरै युवायुवतीको लागि पे्रमप्रस्ताव राख्ने सजिलो माध्यम बनेको छ मोबाइल । भेटेर प्रेम पस्ताव राख्न धक मान्ने युवायुवतीको लागि त भगवान नै भएको छ मोबाइल । पहिलोपटक मोबाइलबाट राखेको प्रेमप्रस्तावले ठमेलका रमेश थापाको जीवनमै मायालु बहार ल्याएको छ । चाहेको केटीलार्इ ५ वर्ष्ादेखि मन पराएर पनि राख्न नसकेको प्रेमप्रस्ताव मोबाइल एसएमएसले मात्र जुटायो । उनलार्इ जस्तै सामाखुसीका रेडन कलेजकी अस्मिता मर्हजनलार्इ पनि मोबार्इलबाटै प्रेमप्रस्ताव आयो । आफूले डेढ वर्ष्ाेदेखि मन पराएको कलेजै एक साथी उनको यो प्रस्तावलार्इ मोबाइल एसएमएसबाटै सहमति जनाए । अहिले उनीहरूको मोबाइल एसएमएस नै कुरागनर्े सजिलो माध्यम बनेको छ । 'एसएमएसले हाम्रो सम्बन्धलार्इ कलेजमा गोप्य राख्न पनि सजिलो भएको छ' अस्मिताले भनिन्् ।तर मोबाइल एसएमएसले सबैको प्रेम जुराएको मात्र छैन । ठमेलकै आक ृति अधिकारीको मोबाइलमा उनका प्रेमीले 'आर्इ लभ यु' एसएमएस भेट्टाएपछि उनीहरुको सम्बन््धमा चिसोपना आयो । अहिले हाम्रो प्रत्येक भेटमा त्यही एसएमएसको विष्ायमा भmगडा हुन्छ' आक ृतिले भनिन् । यो नम्बर म चिन्दिन भन्दा पनि उसले विश्वासै गर्दैन द:ुखी हुँदै उनले भनिन् ।

पाटन कलेजकी आयुष्ाा शाक्यको मोबाइलमा नचिनेको मोबाइलबाट एक्कासी प्रेमप्रस्ताव आयो । त्यसपछि 'मिसकल' फोन वार्ता हुँदै एक अर्कालार्इ नजिक बनायो । 'हाम्रो एकै पटक एक घण्टाभन्दा बढी समय कुराकानी भएको छ ।' आयुष्ााले भनिन् । अहिले उनीहरुको सम्बन्ध प्रेममा परिण्ात भएको छ । उनी भन्छिन् 'मोबाइलले नै हामीलार्इ प्रेम गर्न सिकायो ।'मोबाइलले युवापुस्तालार्इ एकान्त र आफूले चाहेको समयमा गफ गर्न सक्ने बनाइदिएको छ । खुल्ला रुपमा मोबाइलबाट प्रेम सम्बन्ध बढाउन सहयोग पुर्याएको छ । पछिल्लो समयमा दुरसंचार संस्थाहरुले घटाएको एसएमएस शुल्क र रात्री समयको कलमा लाग्ने शुल्क पनि घटाएको छ । यसले युवायुवतीलार्इ भmन् सजिलो भएको छ । 'दुरसञ्चार कम्पनीले पनि हाम्रो समस्या बुभmेजस्तो छ' आयुष्ाा शाक्यले भनिन् ।
No comments:
Post a Comment