Sunday, January 23, 2011

संसोधित नियमावलीप्रति अडानको विरोध

अर्थले पुस २० गते स्विकृत गरेको संसोधीत नियमावलीमा चाटर्ड एकाउन्टन्ट सिए र दर्तावाल लेखापरिक्षकलाई "एक व्यक्ति एक पद"

काठमाडौं, ६ माघ
नेपाल चार्टर्ड एकाउन्टेन्टस् नियमावली संसोधन गर्दा आफ्ना सुझाव नसमेटीएको भन्दै नेपाल अडिटस्र एशोसिएसन अडान ले विरोध जनाएको छ । विहिबार विज्ञप्ती जारी गरी अडानले आफु र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था आईक्यानबीच भएको सहमती अनुसार नियमावलीमा संसोधन नभएकोमा विरोध गरेको हो ।
नियमावलीमा अडानसँग भएको सहमती विपरित ुघु वर्गका लेखापरिक्षकका लागि एक करोड मात्र सिमा तोकीएको वरिष्ठ लेखापरीक्षकको व्यवस्था नगरेको भन्दै विरोध जनाएको हो । त्यस्तै दर्तावाल लेखापरीक्षकले चार्टर्ड एकाउन्टेन्ट पढ्दा पहिला पढेको विषयहरु छुट दिने विषयमा समेत नियमावलीमा स्पष्ट व्यवस्था नभएको भन्दै उसले तत्काल संशोधन गरी स्पष्ट पार्न अर्थ मन्त्रालय र आइक्यानसँग आग्रह गरेको छ ।
अर्थले पुस २० गते स्विकृत गरेको संसोधीत नियमावलीमा चाटर्ड एकाउन्टन्ट सिए र दर्तावाल लेखापरिक्षकलाई "एक व्यक्ति एक पद" को व्यवस्था गरेको छ । यो व्यवस्था सिएलाई तत्काल लागू हुने र दर्तावाल लेखा परिक्षकलाई भने २०७० साउन १ देखि लागू हुनेछ । नियमावली लागूपछि सिए र लेखा परिक्षकले लेखापरिक्षण बा अन्य जागिरमध्ये कुनै एक पेशा मात्र रोज्नुपर्नेछ ।
लेखापरिक्षणमा गुणस्तरियता कायम राख्न विनियमावली संसाधन गरिएको आइक्यानले जनाएको छ । त्यस्तै दर्तावाल लेखा परिक्षकको लेखापरिक्षण गर्न पाउने रकमको सिमा समेत पचास प्रतिशत बढाइएको छ । संसोधनपछि ुखु बर्गका लेखा व्यवसायीले ४० करोडसम्म पूँजी भएका कम्पनीको ुगु बर्गकाले १० करोडसम्म र ुघु बर्गकाले एक करोडसम्मको कम्पनीको लेखापरिक्षण गर्न पाउने व्यवस्था छ ।
यस्तै विनियमावलीमा बिकम विविएस पास गरि चाटर्ड एकाउन्टेन्सीको क्याप २ तहमा भर्ना भएपछि इन्टरनसिप गर्न पाउने र सिए अध्ययनरत विद्यार्थीले भने क्याप २ तह पास गरेपछि मात्र इन्टनसिप गर्न पाउने व्यवस्था गरिएको छ । यस्तै यो व्यवस्थाले सिए पढीरहेका विद्यार्थी र विश्वविद्यालयबाट आउने विद्यार्थीवीच भेदभाव भएको भन्दै चाटर्ड एकाउन्टेन्टस् विद्यार्थी संघले आइक्यानको विद्यार्थी भर्ना शाखामा बुधबारदेखि तालाबन्दी गरेको छ ।

No comments: