Monday, September 06, 2010

सुनको मनलाग्दी भाउँ, तोलाको ४० हजारसम्म पुग्ने

यादव हुमागाई\विष्णु सापकोटा

काठमाडौं, २० भदौं

सुन चादी आयात र वितरणबारे राष्ट्र बैंकको नीतिको विरोधमा सुनचादी व्यवसायी संस्थाहरुले मुल्य निर्धारण गर्न छाडेपछि स्थानीय बजारमा मनलाग्दी मुल्यमा सुनको विक्रि हुन थालेको छ । अहिले पसलैपिच्छे सुनको फरक–फरक मूल्य कायम रहेको व्यवसायीहरु बताउछन् । विवादका कारण अस्थिर रहेको सुनको मुल्य सरकारले गत शुक्रवारबाट आयातमा प्रतिवन्ध लगाएपछि झन् अनियन्त्रीत भएको छ ।

प्रतिबन्धपछि बजारमा सुनको अभाव हुने आशंकामा भाउँ पनि आकाशिएको छ । सुनको भन्सार अध्यादेशको म्याद समाप्त भएको र संसदमा नयाँ अध्यादेश दर्ता मात्र भएकाले सरकारले सुन आयातमा प्रतिबन्ध लगाएको थियो ।अहिले बजारमा प्रति तोला ३७ हजार ३ सय ५० रुपैयाँको हाराहारीमा विक्रि भइरहेको छ । सुनको मुल्य प्रतितोला ४० हजार सम्म पुग्ने व्यवसायीहरुको अनुमान छ । बजारमा सुनको तोलामा पसलपिच्छे पाँच सय रुपैयाँसम्म फरक रहेको उनीहरु बताउछन् ।



हाल दैनिक ३५ केजी सुन बजारको माग भएपनि राष्ट्र बैंकले १० केजी मात्र आयात गर्न दिएकाले बजारमा अभाव भई मुल्य वृद्वी भएको व्यवसायीहरुको भनाइ छ ।

“अहिलेको अनियन्त्रीत बजार हेर्दा सुनको मुल्य प्रतितोला ४० हजार पुग्न सक्छ ।” नेपाल सुनचादी व्यवसायी संघका महासचिव माणिकरत्न शाक्य भन्छन्– “बजार मागको तुलनामा आपूर्ति कम भएपछि मल्य बढ्ने बजार सिद्वान्त नै हो ।” नेपाल सुन चादी व्यवसायी संघमार्फत मुल्य निर्धारण गरी सबै पसलमा एउटै मूल्यमा विक्री हुदै आएको थियो । भदौ ४ गते नेपाल राष्ट्र बैंकले सुनचादी आयात र वितरणमा नयाँ व्यवस्था गरेपछि तीन व्यवसायी संस्थाको विवादका कारण सुनको एकै भाउ कायम नभएको हो । नेपाल राष्ट्र बैंकको निर्देशीकाका विरोधमा नेपाल सुनचादी व्यवसायी संघले भदौ ४ देखि सुनको मुल्य निर्धारण गरेको छैन । भने बैंकबाट सुन समेत उठाएको छैन । यस अवधिमा संघको कोटामा परेको १ सय २५ किलो सुन बैंकमा स्टक रहेको शाक्यले जानकारी दिए । सुन व्यवसायीका अन्य दुई संघ नेपाल रत्न तथा आभुषण संघ र नेपाल सुनचाँदी कला व्यवसायी संघले भने निर्देशीकाको स्वागत गर्दै बैंकबाट सुन उठाउदै आएका थिए । विवाद मिलाउन नेपाल उद्योग वाणिज्य महासंघको पहलमा ८ भदौंमा तीनवटै संघहरू सम्मिलीत ‘सुनचादी व्यवस्थापन संयन्त्र’ बनेको थियो । संयन्त्रले सुनचाँदीको बजारभाउँ निर्धारण गर्ने बताए पनि संयन्त्रमा भएको विवादका कारण काम गर्न सकेन ।

संयन्त्रका दुईवटा बैठक निश्कर्षविहिन भएपछि गत शुक्रवार महासंघको पहलमा पुनः तिनवटै संघहरुवीच छलफलमा भएको थियो । छलफलमा तीनवटै संघहरुले सुन नउठाउने र बजार मुल्य नतोक्ने सहमति भएपछि आइतबारबाट व्यवसायीहरुले सुन उठाएका छैनन् । सुनको कोटा बढाउन आग्रह गर्दै महासंघको अग्रसरतामा सुन व्यवसायीका तीन संस्थाले संयुक्त रुपमा सोमबार राष्ट्र बैंक समक्ष ज्ञापन पत्र बुझाउने समेत भएका छन् । हाल भइरहेको दैनिक १० केजी आयातले बजारले माँग धान्न नसकेको भन्दै व्यवसायीले कोटा बढाउन माग गर्दै आएका छन् । हिन्दु महिलाहरुको महान चाड तीज र हिन्दुहरुको महान चाड दशैं आइरहेको यो समय गहना विक्रिको समय मानिन्छ । केन्द्रीय बैंकले भदौ ४ मा जारी गरेको निर्देशीकामा सुनचादी वितरणका लागि सिफारीस गर्न एउटा संघको एकाधिकारलाई अत्य गर्दै समान प्रकृतिका अन्य दुई संघलाई पनि सिफारीस गर्ने अधिकार दिएको थियो ।

निर्देशन अनुसार नेपाल सुन चादी व्यवसायी संघले ५० प्रतिशत र नेपाल रत्न तथा आभुषण संघ र नेपाल सुनचाँदी कला व्यवसायी संघलाई २५\२५ प्रतिशत अधिकार दिएको थियो भने । क्षेत्रीय रुपमा पनि वितरण प्रणाली व्यवस्थित गर्न आयातित सुनमध्ये ६० प्रतिशत बाग्मती अंचलभित्र र ४० प्रतिशत अन्य १३ अञ्चलका लागि तोकेको थियो ।

बाह्य मुलुकबाट ठुलो परिणाममा सुन आयात हुन थालेपछि शोधानान्तर घाटा उच्च भएको र विदेशी संचिती रकममा समेत असर परेको भन्दै सरकारले गत चैतमा अध्यादेशमार्फत सुनको भन्सारदर बढाएको थियो । त्यस्तै गत बैशाखबाट राष्ट्र बैंकले सुन आयातमा कडाइ गर्दै प्रतिदिन १० किलो मात्र सुन आयात गर्न सकिने व्यवस्था गरेको थियो । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा ४१ अर्व ६३ करोड ५७ लाख रुपैयाँको १५ हजार ४ सय ९१ किलो सुन आयात भएको थियो । जसबाट सरकारले करिव २५ करोड राजश्व उठाएको थियो । अघिल्लो आवमा १६ अर्व बराबरको सुन आयात भएको थियो ।

Monday, July 26, 2010

सहकारी दर्ता अगाडी तालिम अनिवार्य

यादव हुमागाई
काठमाडौं १० साउन
सहकारी संस्था दर्ता अगाडि सबै संस्थापक शेयर सदस्यहरुले अनिवार्य "आधारभुत सहकारी शिक्षा तालिम" लिनुपर्ने भएको छ । सहकारी विभागले भदौ १ गतेबाट लागू हुने गरी उपत्यकाका तीन जिल्ला काठमाडौं भक्तपुर ललितपुरभित्रका महानगरपालिका उपमहानगरपालिका र नगरपालिका क्षेत्रमा यो व्यवस्था गर्न लागेको हो ।
सहकारी विभागले राष्ट्रिय सहकारी संघ सबै विषयगत केन्द्रीय संघसँग छलफलपछि यो व्यवस्था लागू भएपछि सहकारी संस्थाका सम्पूर्ण संस्थापक सदस्यले आधारभूत सहकारी शिक्षा तालिम लिएको प्रमाणपत्र पेश गरेपछि मात्र दर्ता स्विकृत हुने सहकारी विभागले जनाएको छ । सहकारी शिक्षाको कमीका कारण सहकारीका संचालक र सदस्यलाई आफ्नो दायित्व र भूमिकाबारे जानकारी कम भएका कारण यस्तो व्यवस्था गर्न लागेको सहकारी विभागको भनाइ छ । केही समय अगाडी सहकारी विभागले गरेको अनुगमनमा धेरै सहकारीका संचालक र सदस्यलाई सहकारी सिद्वान्त ऐननियमबारे जानकारी नभएको पाइएपछि विभागले यस्तो व्यवस्था गरेको डिभिजन सहकारी कार्यालय काठमाडौंका सहकारी अधिकृत कृष्ण प्रसाद शर्माले बताए ।
तालिमको जिम्मा भने राष्ट्रिय सहकारी संघका साथै केन्द्रीय र जिल्ला संघहरुलाई दिएको छ । तालिम न्युनतम शुल्कमा समन्धित विषयका संघहरुले प्रदान गर्ने नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघका अध्यक्ष मिनराज कडेलले जानकारी दिए । एक दिनको आधारभुत तालिम दिनका लागि संघहरु भौतिक र प्राविधिक रुपले संक्षम रहेको कडेलको भनाइ छ ।
यस नियमले जथाभावि जोसुकैले पनि सहकारी खोल्ने प्रवृत्ती कमी आउने विभागका अधिकारीहरुको भनाइ छ । अहिलेसम्म संहकारी दर्ताका लागि संस्थापकको कुनै योग्यता तोकिएको थिएन । सहकारी प्रशिक्षण केन्द्रमार्फत तालीमको व्यवस्था गरेपनि अनिवार्य भने थिएन । यसले गर्दा जोसुकैले सहकारी दर्ता गरेर वदमासी गर्दा िसंगो सहकारी क्षेत्रको नै बदनाम भएको सहकारीकर्मीको गुनासो गर्दै आएका थिए ।
सबैभन्दा बढी सहकारी दर्ताको चाप रहेको काठमाडौंका सहकारी अधिकृत शर्मा विभागको नयाँ नियम अन्जानमा सहकारीले नियमविपरित काम नगरुन् भनेर ल्याइएको बताए । "हामी अनुगमनमा जादा धेरै सहकारीले नियम थाहा नपाएकोले गल्ती भएको भनेर पन्छिने गरेका छन् नयाँ नियमले केही हदसम्म भएपनि यो प्रवृत्तीलाई रोक्न सक्छ ।"
नयाँ नियमले अन्य प्राइभेट संस्थाले दिने तालिमलाई भने अस्विकार गरेको छ । "प्राइभेट संस्थाले पनि तालिम दिन पाउने व्यवस्था गर्दा महंगो पर्नुका साथै दुरुपयोग पनि बढ्न सक्छ ।" शर्माले भने -"संघहरुमार्फत तालिम दिदा आधिकारीक हुन्छ भने सस्तो पनि पर्छ ।"

Sunday, July 25, 2010

सहकारी कफि जापान निर्यात हुने

यादव हुमागाई
काठमाडौं ६ साउन

ललितपुरका कफि सहकारी संस्थाहरुले उत्पादन गरेको कफि जापान निर्यात हुने भएको छ । उत्पादित कफिको गुणस्तरप्रति जापानका व्यापारीले सन्तुष्ट भएपछि आगामी सेप्टेम्बरबाट जापानमा कफि लैजान उनीहरुले स्वीकृति जनाएका छन् ।
माघको अन्तिम साता कफि अध्ययनको लागि आएको जापानी व्यापारीको एक टोलीले कफि उत्पादनको क्षेत्र र उत्पादित कफिको अध्यनपछि गुणस्तरप्रति सन्तुष्ट भएको जिल्ल्ाा कफि सहकारी संघ ललितपुरका अध्यक्ष बलबहादुर केसीले जानकारी दिए । तर निर्यात परिणामबारे भने सम्झौता भइनसकेको उनले बताए । "कफि निर्यातका लागि कट्याक्ट भने भएको छैन" केसीले भने- "नेपाली कफि महंगो भएकाले बजार खोजेर आगामी सिजन सेप्टेम्बर सम्ममा कट्याक्ट हन्छ ।"
जिल्ला कफि सहकारी संघ ललितपुरले हाल वार्षि्रक १० टन तयारी कफि र्जमनी निर्यात गदै आएको छ । हालै जर्मनीकॊ कफि प्रयोगशालामा ललितपुरको सहकारी कफि एसियाकै उत्कृष्ट प्रमाणित भएको र थप २० टनको माग आएको केसीले बताए । जर्मनीको माग अनुसार ललितपुरसँग भएको कफि अपुग भएपछि स्याङजाका सहकारीले उत्पादन गरेको कफि समेत थप गरेर निर्यात गर्न लागेको केसीले जानकारी दिए ।
८ सय देखि १६ सय मिटर उचाइमा उत्पादन हुने ललितपुरको अर्गानिक कफि उत्कृष्ट मानिन्छ । जिल्ला कफि सहकारी संघ ललितपुरको तथ्यांक अनुसार ललितपुरमा ९ वटा कफि सहकारीमा करिब ७ सय घरपरिवार संग्लंन छन् । त्यस्तै सहकारी बाहिर पनि ५ सय भन्दा बढी कृषक कफि खेतिमा संग्लंन रहेको बताइएको छ ।
संघको तथ्यांक अनुसार ललितपुरका ठुलादुर्लङ भट्टेडाडा इकुडोल गिम्दिलगायतका गाविसका एक सय हेक्टर भन्दा बढी क्षेत्रफलमा कफि खेति हुदै आएको छ । हाल ललितपुरमा मात्र वार्षिक पचास टन कफि उत्पादन हुदै आएको र यसबाट गत वर्षमा मात्र ललितपुरमा १ करोड रुपैयाँको कफि उत्पादन भएको संघले जनाएको छ । ललितपुर कफि उत्पादनका लागि हावापानीका हिसावले उत्कृष्ट क्षेत्र रहेको र सिचाइ तालिमलगायतकामा काममा सरकारको सहयोग हुने हो भने ललितपुरमा मात्र एक हजार टन कफि उत्पादनको सम्भावना रहेको केसीले बताए ।
कफिको गुणस्तरीयता कायम राख्न संघले विभिन्न काम गरीरहेको केसी बताउछन् । उनका अनुसार कफि खेतिको गुणस्तरियता कायम गर्न ललितपुरमा रासायनिक मल र विषादीको निषेध गरीएको छ । विषादी प्रयोग गर्ने किसानलाई सहकारीले बहिष्कार गर्ने रणनीति लिएको केसी बताउछन् ।
ललितपुर जिल्ला संघले यस वर्षदेखि आफैले उद्योग स्थापना गरेर कफिको प्रशोधन पनि गर्ने भएको छ । कफि प्रशोधन उद्योग स्थापना अन्तिम चरणमा पुगेको संघले जनाएको छ । केसीका अनुसार उद्योगका लागि होलीङ र ग्रेडीङ मेसीन स्थापना भइसकेको र रोस्टर ग्यान्डर र प्याकीङ मेसीन तयारी हुदै गरेको केसीले जानकारी दिए ।
करिब १५ लाखको लागतमा स्थापना हुन लागेको प्रशोधन उद्योगको क्षमता प्रतिघण्टा ५ केजी रहेको संघले जनाएको छ । उद्योग स्थापनका लागि सहकारी विभागले आथिक वर्ष २०६५÷०६६ तीन लाख ४५ हजार अनुदान सहयोग गरेको थियो । अपुग रकम संघ र जिल्ला विकास समितिको लागतमा कारखाना स्थापना हुन लागेको हो ।

Friday, June 04, 2010

दुर्इ सरकारी निकायको विवाद

साइकल ट्याक निर्माण कार्य रोकियो

यादव हुमागार्इ । काठमाडौं


दुर्इ सरकारी निकायवीचको विवादका कारण साइकल ट्रयाक निर्माण कार्य नै रोकिएको छ । पर्यटन पूर्वाधार विकास आयोजनाले गत मंसिरबाट तिलगंगादेखि सिनामंगलसम्म १ हजार ६ सय मिटर साइकल ट्रयाक बनाउन सुरु गरेको थियो । तर, चैत अन्त्यमा निर्माण रोक्न डिभिजन सडक कार्यालय काठमाडौले पत्र पठाएपछि निर्माण कार्य अलपत्र परेको छ ।

तिलगंगा-सिनामंगल खण्डको ९० प्रतिशत भन्दा बढी सकिएको काम सकिएको आयोजनाका प्रमुख रवि शाहले बताए । तर, सडक विभागले डिभिजन सडक कार्यालय काठमाडौंले हाल साइकल ट्रयाक निर्माण भइरहेको क्षेत्र सडक विभाग मातहतको भएको भन्दै निर्माण कार्य नगराउन पत्र पठाएको छ । डिभिजन सडक कार्यालयले सो क्षेत्रमा चाडै नै चक्रपथ विस्तार स्तर उन्नतिको कार्य हुने हुनाले सो क्षेत्रमा कुनै पनि स्थाई अस्थाई संरचना बनाउन नमिल्नै डिभिजन प्रमुख बलराम मिश्रले बताए ।
पर्यटन पूर्वाधार विकास आयोजनाले भने आफुले सडक विभाग अर्न्तगत पर्ने जग्गालाई छोडेर साइकल ट्रयाक निर्माण गरेको जनाएको छ । 'सडक विभाग अर्न्तगत दाया बाया २५ मिटर मात्र रहन्छ, हामिले २५ मिटर छोडेर ट्रयाक बनाएका छौं ।' आयोजना प्रमुख शाहले भने । तर सडक विभागले भने आफुले ३१ मिटरसम्म रहेका कुनै पसिन संरचना भत्काउन सक्ने आफ्नो अधिकार रहेको बताएको छ । 'बास्तविक सडकबाट २५ मिटर हाम्रो मातहतमा भएपनि सडकबाट ३१ मिटरसम्म कसैले भौतिक संरचना बनाउन सक्दैन, व्यक्तिको जग्गा भएपनि ३१ मिटर छोडेर घर बनाउनुपर्छ ।' मिश्रले भने ।
यता आयोजनाले भने विचमा सडक कार्यालयले आफ्नो अवरोध गरेको गरेको जनाएको छ । 'हामीले आयोजना सुरु गर्नुभन्दा अगाडी नै सडक कार्यालयका प्रमुखलाई फिल्ड भिजिट गराएका थियौं उहाँहरूको स्विकृति पछि मात्र यो आयोजना सुरु गरेका थियौं, साहले भने अहिले किन काम रोक्न खोज्नुभयो हामीलाई अचम्म लागेको छ ।'
तर सडक कार्यालयका प्रमुख मिश्रले भने आफुहरूले आयोजनाको स्थलगत अवलोक गरे पनि स्विकृति भने नदिएको बताए । 'हामीले स्विकृति दिएको भन्ने प्रमाण छ र - मिश्रले आक्रोशित हुदै भने, यसबारे पछि निर्णय गरौला भनेका थियौं उहाँहरूले काम सुरु गर्नुभयो ।
सो क्षेत्रमा छिट्टै नै चक्रपथ विस्तारको कार्य हुने हुनाले आयोजना स्थगित गर्न पत्र पठाइएको प्रमुख मिश्रले जानकारी दिए । चक्रपथ स्तर उन्नतिमा गर्दा र्सर्भिस ट्रयाक, ग्रीन बेल्ट, फुटपाथ समेत निर्माण गर्ने उनले बताए । तर आयोजनाको काम रोक्नका लागि सडक कार्यालय पूर्वाग्रही रुपमा प्रस्तुत भएको आयोजना प्रमुख साहले आरोप लगाए । 'चक्रपथकै कति ठाउँमा जग्गा अतिक्रमित भएको छ, कति ठाउँमा फोहोर संकलन केन्द्र बनाइएकोछ, गाडी सिक्ने ठाउँ पार्कीङ गर्ने ठाँउ बनाइएको छ, आयोजना प्रमुख साहले भने, यसबारे उसलाई मतलब छैन आयोजनाको काम रोक्ने षडयन्त्र मात्र हो ।'
सरकारी दुर्इ निकायवीच विवादका कारण काम रोकीदा पनि मन्त्रालय, सरकारले कुनै चासो देखाएको छैन । सरोकारवाला निकायवीच छलफल भएपनि सहमति जुट्न भने सकेन । काम रोकिएको बारे हामिले माथिल्लो निकायलाई जानकारी गराइसकेका छौं, कुनै पहल भएको थाहा छैन, आयोजना प्रमुख साहले भने यता सडक कार्यालय काठमाडौंका प्रमुख मिश्रले भने आफुले सो क्षेत्रमा संरचना बनाउन अनुमति दिन नसक्ने भन्दै माथिल्लो निकायले यसबारे निर्णय गर्नुपर्ने बताए । 'उहाँहरूले मन्त्रालय, मन्त्रिपरिषद्बाट स्विकृत गराउनुहुन्छ भने हामीलाई आपत्ति भएन' मिश्रले भने ।
आयोजनाको काममा रोयल नेपाल गल्फ क्लवले पनि अवरोध गरेको छ । त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलको मातहतमा रहेको जग्गा क्लबले भाडामा चलाएको छ । उसले पनि आफ्नो जग्गाभन्दा ११ मिटर बाहिर तारजाली लगाएको र आयोजले ट्रयाक निमार्ण गर्न उक्त वार हटाइदिन अनुरोध गर्दा हटाउन नमानेको आयोजनाले जनाएको छ । यसबारे जिज्ञासा राख्दा विमानस्थल प्रमुख दिनेश श्रेष्ठले अनभिज्ञता प्रकट गरे भने क्लबका पदाधिकारी सर्म्पर्कमा आउन चाहेनन् ।
आयोजनाले सडक विभागको २५ मिटर छोडेर बाकी रहेको ६ मिटरलाई साइकल यात्रु र पैदल यात्रुलाई समेत हुने गरी लेन बनाएको थियो । ट्याकलाई आकर्ष बनाउन बगैचा समैत निर्माण गरेको थियो । हाललाई सिनामंगल सम्म मार्ग बनाइए पनि माइतिघरसम्म पुर्‍याउन सम्भाव्यता अध्यन गरीसकेको साहले बताए । ८० लाख वजेट रहेको आयोजनाको अधिकांश रकम खर्च भइसकेको छ । सरकारी दुर्इ निकायको विवादले निर्माण गरेको पूर्वाधार समेत प्रयोग विहीन हुने भएको छ । नेपाल भ्रमण वर्ष२०११ लाई लक्षित गरी पर्यटक पूर्वाधार विकास आयोजनाले काठमाडौंको सौदर्य बढाउन साइकल मार्ग निर्माण सुरु गरेको थियो ।

Monday, November 09, 2009

काम गर्नेलाई सम्मान गर्ने चलन छैन नेपालमा

केशब बडाल, पोलिटव्युरो सदस्य नेकपा एमाले
केशव बडाल, पर्ूव कृषि तथा सहकारी मन्त्री र काभ्रेको प्रतिनिधित्व गर्ने पर्ूव सांसद पनि । उनको परिचय राष्ट्रिय स्तरमा कृषि शहकारी र भूमिसुधारसँग जोडिएको छ । २०५१ सालमा बनेको भूमिसुधार आयोगको अध्यक्ष हाल नेकपा एमालेको पोलिटब्युरो सदस्य रहेका उनीसँग भूमिसुधार,राष्ट्रिय राजनीति र काभ्रेको सेरोफेरोमा रहेर यादव हुमागाईले गरेको कुराकानी ः-
नेपालको र्सर्न्दभमा भूमिसुधार भनेको के हो ?
नेपालमा अहिलेसम्म भएका भूमिसुधारका प्रयासलाई भूमिहीनका समस्यासँग मात्रै जोडेर हेरियो । राजनीतिक समस्यालाई मात्रै जोड दिइयो, सामाजिक-आर्थिक क्षेत्रका चुनौतीबारे कहिल्यै सोचिएन । अब भूमिसुधार भूमिहीनका समस्याको निदानसँगै भूमिको उचित व्यवस्थापन र उत्पादकत्व वृद्धिका लागि हुनुपर्ने खाँचो छ ।
यो वर्षो आर्थिक र्सर्वेक्षणअनुसार कूलग्राहस्थ उत्पादनको ३२ प्रतिशत कृषिबाट हुने, ६६ प्रतिशत जनसङ्ख्या कृषिमै आश्रति रहेको, देशको प्रमुख उत्पादक शक्ति कृषक, प्रमुख उत्पादनको साधन भूमि र प्रमुख समस्या भूमिसँगै जोडिएका समुदायमै रहेकाले भूमिसुधारको पहिलो शर्त र प्राथमिकता कृषि क्षेत्रको उत्पादकत्व वृद्धि हुनर्ुपर्छ त्यसका लागि भूमिमा हकबन्धी घटाउने, चक्लाबन्दी गर्ने, भूमिउपयोग नीति लागू गर्ने, गुठी जमीन रैकरमा परिणत गर्ने, विर्ता खारेज गर्ने र समग्र भूमिलाई उपयोगी उर्वर र व्यवस्थित बनाउनका निम्ती गराउने काम भूमिसुधारको पहिलो काम हो ।
दोस्रो नम्बरमा आकासे पानी सङ्कलन, जमीनमुनिको पानी, सतह सिंचाईका विभिन्न व्यवस्था, कृषि सडक, कृषि सहकारी, कृषि उद्योग र कृषक श्रमिकलाई उत्साहका साथ अगाडि बढ्ने वातावरण निर्माण गर्ने हो । यो सबैको सगोल नाम नै भुमिसुधार हो ।
प्रत्येक राजनीतिक परिवर्तनपछि भूमिसुधारको मुद्दा जोडतोडका साथ उठ्छ । तर, यो नारामा मात्र सीमित हुन्छ, किन कार्यान्वयन हुन सकेको छैन ?
सत्तामा पुग्नेहरूले चाहेर पनि भूमिसुधार लागू गर्न हिम्मत गर्दैनन् । सम्पत्तिको स्वामित्वजस्तो संवेदनशील र उच्च तथा मध्यमवर्गीय मानिससँग सोझै गाँसिएको सवाल भएकाले उनीहरू सकभर भूमिको मुद्दाबाट तर्कन खोज्छन् । २०१७ सालअघि सत्ता र शक्तिकेन्द्रभित्रका राणा र त्यसपछि दरबारिया भनिने तर्राईका जमिन्दारहरूले भूमिसुधारलाई ओझेलमा पारेका थिए । तर, अहिले पार्टर्ीीभित्रै भूमिसुधार गर्न नदिने समूह जरा गाडेर बसेका छन् । हरेक क्षेत्रमा सामन्तवादका अवशेष कायमै छन् । भूमिको मुद्दा उठ्छ र भूमिसुधारको पहल हुन्छ, तर लागू हुन दिँदैनन् । विवादमा फँस्ने र सत्ता टिकाउन गाह्रो हुने डरले सत्तामा पुगेपछि भूमिको मुद्दा उठाउन कोही चाहँदैन ।
तर पनि अघिल्लो सरकारले भूमिसुधार आयोगको गठन गर्‍यो । त्यसको गत असोज २५ गते म्याद सिद्धिएपछि त्यसमा परिपर्ूर्ति हुन सकेको थिएन । तर यसैहप्ता र्सवाेच्च अदालतले हरिबोल गजुरेललाई नै पुनः निरन्तरता दिएको छ । यसले एउटा निश्कर्ष निकाल्ला, आश गरौं ।
आयोगकै कुरा त ५१ सालमा तपाईँकै अध्यक्षतामा पनि बनेको हो, आयोग बनाउने र थन्क्याउने मात्र । भूमिहीन किसानले कहिलेसम्म आश गर्ने त ?
आयोगमार्फ सरकारलाई सुझाव चाहिएको हो भने आयोग बन्नु नै पर्दैन भन्ने मेरो मान्यता हो । सुझाव दिने आयोगको अहिले कुनै जरुरत थिएन । १४ वर्षअगाडि मेरै अध्यक्षतामा बनेको आयोगले दिएको सुझाव इमान्दारीका साथ कार्यान्वयन गर्ने हो भने नेपालमा भूमिसुधारका सबै पक्षलाई समेट्न सक्छ । तर सरकारैपिच्छे भूमिसुधार आयोग बनाउने र बन्ने क्रम जारी छ । अब कार्यान्वयन गर्ने सवालमा भने नयाँ संविधान नबनेसम्म यो प्रक्रिया अघि बढ्ने देखिदैन ।
आमरुपमा भूमिसुधार भनेको हकबन्दीमात्र बुभ\mन्, यसकै कारण भूमिसुधारको मुद्दा उठ्ने वित्तिकै जग्गा टुत्र\mयाउने क्रम झन् बढ्छ कि ?
तपाईले उठाएको कुरा ठीक हो । भूमिसुधारको काम छिटो हुन नसक्दा हामीलाई झन् घाटा भएको छ । समस्या भन् जटिल बन्दैछ । हदबन्दी भूमिसुधारको एउटा पाटो हो, जसले उत्पादनमा नल्याइएको जमिन भूमिहीनको हातमा दिएर उत्पादन कार्यमा लगाउन सकिन्छ । तर, यसमा जमीनको मूल्यभन्दा उत्पादन क्षमतालाई आधार मानेर हदबन्दी निर्धारण गरिनर्ुपर्छ । घर बनाउन, खेति गर्न काठमाडौं र सिरहामा उति नै जमिन चाहिने हो । तर समग्र भूमिसुधारमा हकबन्दीको पाटो भनेको १५ प्रतिशतभन्दा पनि कम हो । अरु ८५ प्रतिशत काम भनेको अरु नै हो, जुन मैले अघि नै भनेँ ।
हकबन्दीका लागि शहर, पहाड, तर्राई र गाउँमा छुट्टाछुटै आधार हुनुपर्ने माग उठेको छ त ?
यो बारेमा पनि कुरा उठेको हो । हामीले त भूमिलाई उत्पादकत्वसँग जोडेर क्षेत्रफलका आधारमा हकबन्दी हुनर्ुपर्छ भनेका हौं । यी उठेका धारणबारे नयाँ बनेको आयोगले छलफल गरेर निश्कर्षनिकाल्ला ।
भूमिसुधारको मुख्य लक्ष्य के हो त ?
सामाजिक न्याय र उत्पादकत्व बढाउनका नीम्ति भूमिलाई व्यवस्थित गर्ने नै यसको प्रमुख लक्ष्य हो । नेपालमा समयमा नै भूमिसुधार नहुँदा द्वन्द्व बढ्यो । मेरो अध्यक्षतामा बनेको भूमिसुधार आयोगको प्रतिवेदन मात्र कार्यान्वयन गरेको भए नेपालमा यति धेरै द्वन्द्व हुने थिएन । नेपालको झण्डै एक चौथाई कृषि श्रमिक भूमिहीनको अवस्थामा छन् । यसमा अधिकांश दलित र पिछडिएका वर्गका छन् । त्यसैले यस कुरालाई सम्बोधन नगरिकन कुनै पनि विषय अगाडि बढ्न सक्दैन ।
भूमिको वितरण कसरी हुनर्ुपर्छ ?
वैकल्पिक पेशा नभएका र कृषिबाहेक अन्य पेशाको दक्षता नभएका र आमरुपमा कृषि श्रमिकका रुपमा रहेका कमैया, हलिया, जोताहा, भूमिहीन किसान तमाम जो खेतबारीमा काम गर्छन् तर उनीहरुसँग जमीन छैन भने जमीनमाथि उनीहरुको पहुँच पुर्‍याउने काम हो । कृषिमा काम गर्ने कृषिक्षेत्रमा आश्रति छन् उनीहरुमाथि भूमिको पहुँच हुनुपदर्छ ।
यो वर्षो आर्थिक र्सर्वेक्षणले लगभग ६५ प्रतिशत किसान परिवार छन् र राष्ट्रको कूल ग्राहस्थ उत्पादनमा कृषिको लगानी एकदमै न्युन छ । कृषि क्षेत्रमा जति धेरै श्रमिक छन् जति सरकारले अनुदान दिनुपर्ने हो त्यो दिन सकिरहेको छैन ।
प्रसङ्ंग बदलौ, तपाई दलहरूबीच वार्तामा सहभागी हुनुहुन्थ्यो, तर दलहरूबीच किन सहमति हुन सकेन ?
माओवादी अडान र उनीहरुले एकपछि अर्को गर्दै माग थप्दै गएपछि सहमति हुन सकेन । सुरुमा राष्ट्रपतिको कदमका सम्बन्धमा कुरा उठाउँदै आएको माओवादीले पछि सरकार परिवर्तन र उसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने माग उठाएपछि सहमति शर्ीष्ा नेतृत्वमा खोज्ने सहमतिमा वार्ता स्थगित गरिएको हो ।
सहमतिको प्रयास अहिले पनि जारी छ । यसैहप्ता मात्र प्रमुख नेताहरूका बीचमा केपी ओलीको निवासमा पनि भेटघाट र छलफल भएको छ । यो बीचमा शर्ीष्ा नेताहरू बीच जति भेटघाट भएका छन्, यो पहिलेका वार्ताको प्रतिफल हो । पहिला वार्ता नभएको भए यति पनि हुन सक्ने अवस्था थिएन । हामी सहमतिका लागि छलफल गरिरहेका छौं । त्यसकारण वार्ता असफल भयो टुङ्िगयो भन्ने होइन । वार्ताले निश्कर्षनिकाल्न मात्र वाँकी रहेको हो । पहिला दलहरुबीच भएका वार्ताले नै शर्ीष्ा नेताहरुको वार्ता ठीक दिशातर्फअगाडि बढ्ने आधार दिएको छ ।
तपाईँहरूलाई चाँहि माओवादीले उठाएको राष्ट्रिय सहमतिको सरकार गठन गर्न के आपत्ति त ?
के हो राष्ट्रिय सहमतिको सरकार - माओवादीको नेतृत्वमा सरकार गठन भएमात्र नागरिक सर्वोच्चता स्थापित हुने - माओवादी साचिक्कै इमान्दार छ भने यही सरकारमा सहभागी भएर राष्ट्रिय सरकार बनाउनर्ुपर्छ ।
यो सरकारमा सहभागी हुँदैनौं भनेर त उसको धारणा र्सार्वजनिक भइसक्यो नि ?
ठीक छ उसले वैधानिक बाटोबाट संसदमा बहुमत पुर्‍याएर देखाओस् एमाले तुरुन्तै सरकार छोड्न तयार छ ।
वार्ताबाट सहमति हुँदैन भनेर माओवादीको आन्दोलन सुरु भइसकेको छ त ?
आप\mनो दलको हितको निम्ति दलको जनमत निर्माणका निम्ति आन्दोलन गर्ने अधिकार सबै राजनीतिक दलहरुसँग छ । शान्तिपर्ूण्ा आन्दोलनका निम्ति हामीलाई केही पनि टिप्पणाी गर्नु छैन । तर, शान्ति प्रक्रिया र संविधान निर्माण राष्ट्रको मुख्य विषयमा वाधा व्यवधान जसले गर्छ, त्यो जनताबाट बहिष्कृत हुन्छ । विस्थापित हुन्छ । तर, आन्दोलन गर्ने विषयमा भने हामीलाई केही भन्नु छैन ।
देश ठप्प हुनलागिसक्यो, संसद विगठन राष्ट्रपतीय शासन र संकटकालको हल्ला चलिरहेको छ नि ?
नेपाल हल्लैहल्लाको देश हो । त्यसैले यहाँ यस्ता हल्ला धेरै चल्छन् । तर, यसमा सत्यता छैन । म यस्तो अवस्था विल्कुल देख्दिनँ । दलहरु देशप्रति इमान्दार छन्, उनीहरु वर्तमान समस्याको समाधान गर्न सक्षम छन् ।

फेरी प्रसंग वदलौ, तपाई काभ्रेको पर्ूवमन्त्री सांसद काभ्रे जिल्लाका लागि के काम गर्नँभयो ?
बह’त गरियो काभ्रेमा बह’दल आउदा बनेपाबाट नाला सम्म पनि गाडि प’ग्दैनथ्यो , धसलीखेलबाट चार पाईला पनि गाडीचल्दैनथ्यो तर अहिले ९०० किमि भन्दा बढी बाट बनेको छ । ३० वटा हाइस्क’लबाट अहिले एक सय तिस प’गेको छ । कलेज एउटा थियो अहिले धेरै भएको छ । स्वास्थ्य चौकि प्राय छदै थिएन अहिले यसको स’विधा प’गेको छ ।
जनताको चेतनामा पनि वृद्धि भएको छ । कृषि क्षेत्रमा दुग्ध र तरकारी उत्पादनमा नेपालकै नं एक जिल्लामा प’गेको छ । यि कुराहरु स्वत भएका हैनन्, धेरै प्रयत्नबाट भएको हो ।
कृषि र पर्यटन क्षेत्रको विकासका लागि सरकारी स्तरबाट खासै पहल नभएको जनताको ग’नासो छ नि ?
पर्यटनको हिसावले काभ्रेमा द्धन्द नभएको काभ्रेका सबै डाडाकाडा पर्यटकिय हिसावले भरिन्थ्यो त्यो सम्भावना काभ्रेमा छ । यसका बाबजुत पनि धेरै काम भएको छ । गाउगाउमा तत्कालीन नेकपा एमालेको सरकार आउन’भन्दा पहिले प्रतिगाविस १०/१० हजार जान्थ्यो अहिले २० देखि ३० लाखसम्म जाने भएको छ । यसले केही आधार त दिएको छ तर राज्यको भुमिकाका समन्धमा भने केहि गुनासो छ, जति भुमिका निभाउनुपर्नै त्यति भएन भन्ने छ ।
कृषि र दुग्ध क्षेत्रमा पनि समस्या रहेका छन् । हामीले आवाज उठाइरहेका छौ । कृषि क्षेत्रको विकासका लागि राज्यले जसरी भमिका खेल्नैपर्नै त्यस्तो खेल्न सकेको छैन । प्रम’ख उत्पादक शक्ति किसान, प्रमुख उत्पादत्वको साधन भुमि, तर यो समस्यालाई हल गर्नका निम्ति राज्यले ज’न भुमिका खेल्नुपर्ने हो खेल्न सकेको छैन । त्यसलाई बढाउनर्ुपर्छ ।
विगतका वर्षेखि काभ्रेका फाटहरू खडेरीकोमारमा परेका छन् तर राज्यले चासो दिएको छैन यसबारेमा तपाईले केहि पहल गर्नु भएन ?
यो समस्या काभ्रेको मात्र होइन देशभरकै हो । यसपाली धानको उत्पादन पनि ६० प्तिशत घट्ने अनुमान गरिएको छ । रोपेका धान पनि फलेको छैन । यो समस्या हल गर्नका लागि सिचाइको विभिन्न व्यवस्था गर्नु पर्छ । काभ्रेमा भकुण्डेवेसी, पाचखाल लगायतका फाटहरुमा सकेसम्म सतह सिचाईका लागि, त्यो भएन भने डिप बोरिङ या पोखरी सिचाँइका उपयुक्त होला त्यसको लागि लागि पहल गरेका छौ । तर त्यसको सुनुवाई भइसकेको छैन ।
के पहल गर्नु भएको छ -
त्यसबारेमा त तपाईहरुलाई थाहा हुनु पर्‍यो नि त । काम गर्नेलाई सम्मान गर्ने चलन छैन नेपालमा । गरेन भनेर गाली गर्ने मात्र छन् ।
तर तपाईले काभ्रेलाई विर्सियो, टुरिष्ट भयो भन्छन् त ?
बोलाएका प्रत्येक कार्यक्रममा गएकै छु । काभ्रेका जनताको सुखदुखको साथमा नै छु । मेरो देशप्रति जिम्मेवारी छ र काभ्रेप्रति विशेष छ । भन्नेलाई भन्न दिनुहोस् । यस्तो भन्नेहरु निकिष्ट चिन्तन भएका हुन् ।