Sunday, July 25, 2010

सहकारी कफि जापान निर्यात हुने

यादव हुमागाई
काठमाडौं ६ साउन

ललितपुरका कफि सहकारी संस्थाहरुले उत्पादन गरेको कफि जापान निर्यात हुने भएको छ । उत्पादित कफिको गुणस्तरप्रति जापानका व्यापारीले सन्तुष्ट भएपछि आगामी सेप्टेम्बरबाट जापानमा कफि लैजान उनीहरुले स्वीकृति जनाएका छन् ।
माघको अन्तिम साता कफि अध्ययनको लागि आएको जापानी व्यापारीको एक टोलीले कफि उत्पादनको क्षेत्र र उत्पादित कफिको अध्यनपछि गुणस्तरप्रति सन्तुष्ट भएको जिल्ल्ाा कफि सहकारी संघ ललितपुरका अध्यक्ष बलबहादुर केसीले जानकारी दिए । तर निर्यात परिणामबारे भने सम्झौता भइनसकेको उनले बताए । "कफि निर्यातका लागि कट्याक्ट भने भएको छैन" केसीले भने- "नेपाली कफि महंगो भएकाले बजार खोजेर आगामी सिजन सेप्टेम्बर सम्ममा कट्याक्ट हन्छ ।"
जिल्ला कफि सहकारी संघ ललितपुरले हाल वार्षि्रक १० टन तयारी कफि र्जमनी निर्यात गदै आएको छ । हालै जर्मनीकॊ कफि प्रयोगशालामा ललितपुरको सहकारी कफि एसियाकै उत्कृष्ट प्रमाणित भएको र थप २० टनको माग आएको केसीले बताए । जर्मनीको माग अनुसार ललितपुरसँग भएको कफि अपुग भएपछि स्याङजाका सहकारीले उत्पादन गरेको कफि समेत थप गरेर निर्यात गर्न लागेको केसीले जानकारी दिए ।
८ सय देखि १६ सय मिटर उचाइमा उत्पादन हुने ललितपुरको अर्गानिक कफि उत्कृष्ट मानिन्छ । जिल्ला कफि सहकारी संघ ललितपुरको तथ्यांक अनुसार ललितपुरमा ९ वटा कफि सहकारीमा करिब ७ सय घरपरिवार संग्लंन छन् । त्यस्तै सहकारी बाहिर पनि ५ सय भन्दा बढी कृषक कफि खेतिमा संग्लंन रहेको बताइएको छ ।
संघको तथ्यांक अनुसार ललितपुरका ठुलादुर्लङ भट्टेडाडा इकुडोल गिम्दिलगायतका गाविसका एक सय हेक्टर भन्दा बढी क्षेत्रफलमा कफि खेति हुदै आएको छ । हाल ललितपुरमा मात्र वार्षिक पचास टन कफि उत्पादन हुदै आएको र यसबाट गत वर्षमा मात्र ललितपुरमा १ करोड रुपैयाँको कफि उत्पादन भएको संघले जनाएको छ । ललितपुर कफि उत्पादनका लागि हावापानीका हिसावले उत्कृष्ट क्षेत्र रहेको र सिचाइ तालिमलगायतकामा काममा सरकारको सहयोग हुने हो भने ललितपुरमा मात्र एक हजार टन कफि उत्पादनको सम्भावना रहेको केसीले बताए ।
कफिको गुणस्तरीयता कायम राख्न संघले विभिन्न काम गरीरहेको केसी बताउछन् । उनका अनुसार कफि खेतिको गुणस्तरियता कायम गर्न ललितपुरमा रासायनिक मल र विषादीको निषेध गरीएको छ । विषादी प्रयोग गर्ने किसानलाई सहकारीले बहिष्कार गर्ने रणनीति लिएको केसी बताउछन् ।
ललितपुर जिल्ला संघले यस वर्षदेखि आफैले उद्योग स्थापना गरेर कफिको प्रशोधन पनि गर्ने भएको छ । कफि प्रशोधन उद्योग स्थापना अन्तिम चरणमा पुगेको संघले जनाएको छ । केसीका अनुसार उद्योगका लागि होलीङ र ग्रेडीङ मेसीन स्थापना भइसकेको र रोस्टर ग्यान्डर र प्याकीङ मेसीन तयारी हुदै गरेको केसीले जानकारी दिए ।
करिब १५ लाखको लागतमा स्थापना हुन लागेको प्रशोधन उद्योगको क्षमता प्रतिघण्टा ५ केजी रहेको संघले जनाएको छ । उद्योग स्थापनका लागि सहकारी विभागले आथिक वर्ष २०६५÷०६६ तीन लाख ४५ हजार अनुदान सहयोग गरेको थियो । अपुग रकम संघ र जिल्ला विकास समितिको लागतमा कारखाना स्थापना हुन लागेको हो ।

2 comments: