तोलाको ५० हजारभन्दा कम
काठमाडौं, ९ असोज
स्थानीय
बजारमा सुनको भाउ दुई दिनमा करिब ३ हजार ५ सय रुपैयाँ सस्तो भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भारी गिरावट आएपछि आन्तरिक बजारमा तोलाको ५०
हजारभन्दा तल झरेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । यसअघि भदौ
अन्त्यमा ५५ हजार नजिक पुगेको थियो ।
संघका अनुसार सोमबार सोमबार
सुन १ हजार ५ सय ५० रुपैयाँ सस्तो भएको छ । आइतबार ५१ हजार ३ सय ५० कायम
रहेकामा सोमबार ४९ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले
जनाएको छ । यसअघि साउन अन्त्यमा ४९ हजारको हाराहारीमा रहेको सुन एक
महिनामा ५५ हजार नजिक पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारलाई
पछ्याउँदै अघिल्लो साताबार सुनको भाउ सामान्य घट्न थालेको हो । आइतबार र
सोमबार भने मूल्यमा भारी गिरावट आएको नेपाल संघले जनाएको छ । “आइतबार र
सोमबार दुई तीनमा सुनको भाउ करिब ४ हजार रुपैयाँ घटेको छ,” नेपाल सुनचाँदी
व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, “अन्तर्राष्ट्रिय बजारमा ठूलो
गिरावट आएपछि स्थानीय बजारमा पनि प्रभाव परेको हो ।” अमेरिकी सरकारको राहत
प्याकेजका कारण लगानीकर्ता डलरतर्फ आकर्षित भई सुनको भाउ घटेको उनले बताए ।
अन्तर्राष्ट्रिय
बजारमा पनि दुई दिनमा सुनको भाउ करिब २ सय डलर घटेर गत जुलाई ८ देखिकै
न्यून बिन्दुमा झरेको छ । लगानीकर्तामाझ युरोप्रतिको आशा पलाएकाले सुनको
मूल्य प्रतिऔंस १६ सय डलरभन्दा तल झरेको छ । लगानीकर्ताले अन्य सम्पत्तिबाट
भएको घाटा पूर्ति गर्न सुन बेचेकाले सुनको मूल्यमा गिरावट आएको हो ।
विश्लेषकहरूले सुनको भाउ अझै ओरालो लाग्ने आकंलन गरेका छन् ।
यसैगरी
सोमबार चाँदीको भाउ पनि ८३ रुपैयाँ घटेको छ । आइतबार प्रतिदस ग्राम ९ सय
४३ रुपैयाँ रहेकामा सोमबार ८ सय ५८ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।
यसअघि आइतबार पनि चाँदी ४७ रुपैयाँ घटेको थियो ।
No comments:
Post a Comment