Thursday, March 29, 2012

नव नेपाल सहकारीका निक्षेपकर्ताले रकम पाएनन्

  • सञ्चालकहरू सम्पर्कविहीन
काठमाडौं, १५ चैत
नागपोखरीस्थित नव नेपाल बचत तथा रोजगार विकास सहकारीका निक्षेपकर्ताले निक्षेप फिर्ता नपाएको बताएका छन् । संस्थाका सञ्चालकहरू सम्पर्कविहीन भएको र कर्मचारीले रकम नभए बताउँदै पन्छने गरेको उनीहरूले बताए ।

नेपाल सहकारी पत्रकार समाजको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा निक्षेपकर्ता

“बैंकमा भन्दा धेरै ब्याज दिने भनेपछि विश्वास गरेर रकम राखियो,” निक्षेपकर्ता विष्णुबहादुर गुरुङले भने, “अहिले म्याद पुगेपछि रकम माग्दा सञ्चालकहरू सम्पर्कविहीन भएका छन्, कर्मचारी पैसा छैन भन्छन् ।” रकम फिर्ता गराइदिन महानगरीय प्रहरी परिसर हनुमानढोकामा उजुरी दिए पनि प्रहरीले बेवास्ता गरेको आरोप उनले लगाए ।

निक्षेप फिर्ता माग्न जाँदा कर्मचारीले समेत ‘जे गर्न सक्छ गर’ भन्दै धम्क्याउने गरेको निक्षेपकर्ताको गुनासो छ ।
निक्षेप फिर्ता नपाएको भन्दै विष्णुबहादुरका साथै अञ्जु गुरुङ, मिथिला घले, दिलीप नरसिंह अधिकारीलगायत सात निक्षेपकर्ताले गत कात्तिकमा महानगरीय प्रहरी परिसर हनुमानढोकामा उजुरी दर्ता गरेका थिए ।

उनीहरूले अध्यक्ष वीरेन्द्र नाथ टण्डन, उपाध्यक्ष केदारनाथ पाण्डे, सचिव ईश्वरचन्द्र अधिकारी, कोषाध्यक्ष शारदा मानन्धर, सदस्यहरू दिवाकरप्रसाद भट्टराई, नारायणप्रसाद भट्टराई, हरिबहादुर केसी, चन्द्रभक्त मानन्धर र शान्तभक्त मानन्धरविरुद्व ठगीको उजुरी गरेका थिए ।

उजुरीपछि प्रहरीले असोजमा उपाध्यक्ष पाण्डे तथा कोषाध्यक्ष मानन्धरलाई पक्राउ गरी पैसा फिर्ता गर्ने कागज गराएर छाडेको थियो । प्रहरीले छाडेलगत्तै उनीहरू पैसा फिर्ता नगरी सम्पर्कविहीन भएको निक्षेपकर्ताको आरोप छ ।
२०५६ सालवमा खुलेको सहकारीका संस्थाका सञ्चालकमध्ये अधिकांश निजामती सेवाबाट अवकाशप्राप्त कर्मचारी छन् । संस्थाका उपाध्यक्ष पाण्डे तथा सदस्य दिवाकरप्रसाद भट्टराई उपसचिवबाट अवकाश पाएका हुन् । निजामती सेवाबाट निवृत्त भएकाले निक्षेपकर्ताले विश्वासका आधारमा रकम राखेका हुन् ।

नव नेपाल सहकारीमा नेपाल राष्ट्र बैंक तथा सहकारी विभागको संयुक्त टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा संस्थाका सञ्चालकले निक्षेप रकम चलाएको र नियम नपु¥याइ कर्जा प्रवाह गरेको पाइए पनि कारबाही गरेको थिएन ।

यसैगरी बागबजारस्थित नेपाल सहकारी संस्थाका निक्षेपकर्ताले पनि रकम फिर्ता नपाएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

3 comments:

Anonymous said...

greetings aarthasansar.blogspot.com owner discovered your website via yahoo but it was hard to find and I see you could have more visitors because there are not so many comments yet. I have discovered site which offer to dramatically increase traffic to your site http://xrumerservice.org they claim they managed to get close to 1000 visitors/day using their services you could also get lot more targeted traffic from search engines as you have now. I used their services and got significantly more visitors to my site. Hope this helps :) They offer best backlink service Take care. Jason

Anonymous said...

www.aarthasansar.blogspot.com have a peek here " When I came out from the bathroom, Frank was leaving

Anonymous said...

Howdy! I just wish to offer you a big thumbs up for the great information you have got here on this post. I will be coming back to your website for more soon.

[url=http://xrumergeek.com]http://xrumergeek.com[/url]