Monday, February 13, 2012

बैंक खोल्नु पाँच वर्ष व्यापार गरेजस्तो होइन

कुमार लम्साल
सीईओ, सानिमा विकास बैंक
नेपाल राष्ट्र बैंकबाट ३२औं वाणिज्य बैंकको रूपमा कार्य सञ्चालन अनुमति पाएको सानिमा विकास बैंक केही दिनभित्रै वाणिज्य बैंक बन्ने तयारीमा छ । स्थापनाकालदेखि नै सानीमासँग संलग्न रहेका कुमार लम्सालले क्रमशः नायब महाप्रबन्धक, महाप्रबन्धक हुँदै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन् । संस्थागत सुशासनका कारण बैंक कहिल्यै समस्यामा नपरेको दाबी गर्ने लम्साल बैंकिङ क्षेत्रमा दिगो वृद्धिको पक्षपाती पनि हुन् । स्थापनाकालदेखि नै वाणिज्य बैंक बन्ने ‘अर्जुनदृष्टि’ बोकेका कारण आफुहरुलाई यसको अभ्यास सहज हुने उनी बताउँछन् । वाणिज्य बैंक घोषणाको तयारीमा रहेका लम्सालसँग विपेन्द्र कार्कीयादव हुमागाईंले गरेको कुराकानी :

विकास बैंकबाट वाणिज्य बैंकमा स्तरोन्नति हुन लाग्नुभएको छ, वाणिज्य बैंक नै बन्नुप¥यो ?
हामी आज आएरमात्र वाणिज्य बैंक बन्न खोजेका होइनौं । स्थापना भएको पहिलो दिनदेखि नै हाम्रो लक्ष्य वाणिज्य बैंक बन्ने नै थियो । लगातार पाँच वर्ष नाफा गरेपछि मात्र स्तरोन्नति हुने कानुनी व्यवस्था भएकाले हामीले सञ्चालनमा आएको वर्ष सात महिना कारोबार गरे पनि एक वर्ष छिटो हुन्छ भनेर २ लाख नाफा गरेका थियौं ।
कानुनले विकास बैंकको कार्यक्षेत्र केही सीमित गरेको छ । विकास बैंकले प्रतीतपत्र(एलसी) को कारोबार गर्न पाउँदैन । क्रेडिट÷डेबिट कार्ड अरु वाणिज्य बैंकसँग मिलेरमात्र गर्न सकिन्छ, यी लगायतका धेरै सीमितताहरू छन् । यसले गर्दा विकास बैंकले स्वतन्त्र रूपमा कारोबार फुक्का भएर काम गर्न सक्दैन । विकास बैंकका कार्यक्षत्र सीमित भएकाले वाणिज्य बैंक बन्नुपर्छ भनेर सुरुदेखि नै काम गर्दै आएका हांै । अर्कोतर्फ हाम्रा ग्राहकलाई एकैद्वारमार्फत सेवा पु¥याउनु पनि हाम्रो कर्तव्य हो ।

विकास बैंकको क्षेत्रमा तपाईंहरू अग्रणी हुनुहुन्थ्यो, वाणिज्य बैंकमा कान्छो बन्नुभयो । चुनौतीहरू के छन् ?

जेठो हुने वा कान्छो हुने कुराले खासै महत्व राख्छ भन्ने मलाई लाग्दैन । हामी विगत सात वर्षदेखि यही बजारमा काम गरिरहेकाले कान्छो वाणिज्य बैंक भए तापनि ग्राह्रो हुँदैन ।  साढे ७ अर्ब रुपैयाँ निक्षेप र ७ अर्ब कर्जा लिएर वाणिज्य बैंक हुदैछौं । शून्यमा त बैंक खुल्छ तर हामी त यही बजारमा काम गर्दै आइरहेका छौं । अझै पनि हामीभन्दा सानो पोर्टफोलियो भएका धेरै वाणिज्य बैंकहरू छन् । अझ स्तरोन्नतिले हामी अझ सक्षम छौं भन्ने प्रमाणपत्र लिएर अगाडि बढ्दैछांै ।

यसअघि फाइनान्स वा विकास बैंकबाट स्तरोन्नति भएका वित्तीय संस्थाको अवस्था त्यति राम्रो देखिँदैन नि ?
अरूको बारेमा त जानकारी मलाई जानकारी भएन । हामी पहिलो दिनदेखि नै वाणिज्य बैंक बनाउने उद्देश्य भएकाले सुरुदेखि त्यही अनुसार आफ्नो स्थिति पनि बनाउँदै लग्यौ । हामीसँग पहिलेदेखि वाणिज्य बैंकमा अनुभव भएका कर्मचारी छन् । सुरुदेखि वाणिज्य बैंकका ग्राहकलाई सेवा दियौं । त्यसैले वाणिज्य बैंकिङ हाम्रो लागि नयाँ कुरा होइन । वाणिज्य बैंक भएपछि थप हुने भनेको एलसीको कारोबार हो । म आफैं १० वर्ष वाणिज्य बैंकका एलसी शाखाको प्रमुख भएर काम गरेकाले नौलो भएन । त्यसैले हामीलाई यो स्तरोन्नति असहज हुदैन।

नेपालमा सबै वित्तीय संस्था स्तरोन्नति गर्न चाहने त्यसमा पनि वाणिज्य बैंकिङ बन्नेमा मात्र केन्द्रित छन्  । विकास बैंकहरूले किन आफ्नो अवधारणामा काम गर्न सकेनन् ?
नेपालको बैंकिङ कानुनले जति प्रकारका वित्तीय संस्था बनाए पनि सबैलाई वाणिज्य बैंकिङ कारोबार गर्ने
अवस्था सिर्जना गरेको छ । नेपाल औद्योगिक विकास निगम, कृषि विकास बैंक विकास बैंकको अवधारणमा सुरु भएको हो । तर, नयाँ बाफिया आएपछिका बैंक कसैले पनि विकास बैंक, फाइनान्सको अवधारणामा काम गरेका छैनन् । नेपालका कुनै पनि विकास बैंकले सोही अवधारणामा काम गरेका छैन । काम गर्नुपर्ने वातावरण कानुनले पनि दिएको छैन । फाइनान्स कम्पनीले पनि वाणिज्य बैंक जस्तै चालू खाता सञ्चालन गर्छ, सर्वसाधारणबाट निक्षेप लिन्छ । नेपालमा मात्र ‘क’, ‘ख’ वा ‘ग’ वर्गको वाणिज्य बैंक भन्ने कुरामात्र हो
। कारोबार एकै प्रकारको छ । नाम विकास बैंक भए पनि हामीले पनि वाणिज्य बैंकजस्तै कारोबार ग¥यौं । नेपालको स्रोत साधान नै त्यस किसिमको भएपछि वित्तीय संस्था सोही अनुरुप चल्नु स्वाभाविक हो । कानुनले जे अधिकार दिएको छ र स्रोत, साधन, सम्भावना जहाँ छ त्यसलाई उपयोग गर्नु गलत होइन । यसलाई सुधार गर्ने गरी बैंकिङ क्षेत्रमा कस्तो कानुन आवश्यक छ भन्ने कुरा छलफल हुन आवश्यक छ ।
सबै बैंक तथा वित्तीय संस्थाहरूले लगानीका लागि एकै क्षेत्रमा प्रतिस्पर्धा गरेको पाइन्छ ? सेवा सुविधा एकै प्रकारका देखिन्छ तपाईंहरू कसरी अघि बढ्नुहुन्छ ।बैंकको मुख्य काम भनेको वित्तीय मध्यस्तकर्ताको काम हो । जुनसुकै बैंक खोले पनि त्यसको मुख्य कामा निक्षेप लिने र कर्जा दिने नै हो । त्यसमा कसले कति फूलबुट्टा भर्छ त्यो महत्वपूर्ण होइन । लगानीकर्ताले जहिले पनि जहाँ नाफा आउने देख्छ त्यहीँ लगानी गर्छ । नेपालमा कुनै बेला गार्मेटको बजार बुम भयो, त्यसपछि कार्पेट र पस्मिना । त्यसपछि ठूलो रूपमा रियलस्टेट आयो अब हाइड्रोपावरमा त्यो सम्भावना छ । मैले जहाँ सम्भावना देखेँ त्यो अरूले पनि देख्छ । सानिमा पहिलेदेखि नै हाइड्रोपावरमा केन्द्रित भएर काम गरेको हो । नेपालमा ऊर्जा माग भए पनि आपूर्ति छैन । यसको बजार राम्रो छ । उत्पादन गरेर बजारमा पु¥याए बिक्छ । त्यसैले यसमा लगानीकर्ता पनि लाग्ने देखिन्छ । हामीले पहिलेदेखि यस क्षेत्रमा काम गर्दै आयौं । सानो लगानी भएकाले ठूलो प्रभाव त देखिएन तर हामीले काम गरिरहेका छौं अबका दिनमा बढाएर लैजान्छौं । हाम्रो प्राथमिकताको क्षेत्र नै ऊर्जा हो ।

कृषि, ऊर्जामा सम्भावना भए पनि त्यस क्षेत्रमा लगानी उत्साहजनक छैन । केन्द्रीय बैंकले यी क्षेत्रमा १०\१० प्रतिशत लगानी गर्नैपर्ने बाध्यकारी नीति ल्याउनुप¥यो नि !
ऊर्जाको लगानी दीर्घकालीन हो । आज लगानी ग¥यो भने आयोजना बन्न तीन वर्ष लाग्छ, पैसा हालेको हालै गर्नुपर्छ । त्यसबाट उत्पादन सुरु भएपछि बैंकको ऋण तिर्न ८\१० वर्ष लाग्छ । त्यसपछि आउने पैसा २५ वर्षसम्म लगानीकर्ताको हुन्छ । त्यसैले ऊर्जामा लगानीका लागि धैर्य आवश्यक छ । देशमा राजनीतिक स्थिरता र लगानीको वातावरण बन्न सक्यो भनेमात्र धैर्य हुन सक्छ । आफ्नो लगानी फिर्ता हुन्छ भन्ने मानसिकताले काम गर्छ । तर, नेपालमा ०५२ सालदेखि राजनीतिक अस्थिरता छ । लगानीको वातावरण राम्रो छैन । त्यसैले आज लगानी गरौं भोलि उठाऔं भन्ने मानसिकता बढी छ । यो  मानवीय प्रवृत्ति पनि हो । लगानी बैंकले गर्ने होइन । लगानीकर्ता आएपछि बैंकले लगानी सहयोग गर्नेमात्र हो । वातावरण नै नभएपछि कसरी लगानी हुन सक्छ ?

राष्ट्र बैंकको निर्देशनअनुसार कृषि र ऊर्जामा लगानी हुने अवस्था छ त ?
दीर्घकालीन लगानीको वातावरण नभएको र कृषिमा व्यवसायीकरण नभएकाले लगानी हुन गाह्रो छ । तर, पनि बैंकहरूलाई यी क्षेत्रमा अघि नबढी सुखै छैन । तीन÷चार वर्षअघि नयाँ नेपालको कुरा भइरहेका बेला मैले नयाँ नेपाल बैंकहरूले बनाउँछन् भनेको थिए । आज त्यो अवस्था देखिन थालेको छ । पैसा थुप्रेर बसेको छ, लगानी छैन । बैंकहरू खुले काम छैन, क्षेत्र छैन । अब आफैं लगानीको बाटो बनाउनुपर्छ । बैंकहरूले आफैं उद्यमशीलता विकास गर्नुपर्छ । कृषिमा पनि नेपाल अघि बढ्नुपर्ने देश हो । यहाँ २ सय किलोमिटरमा हावापानीको धेरै विविधता पाउनुहुन्छ । त्यसमा हरेक खेती गर्न सकिन्छ । यहाँ जीविकामुखी खेतीमात्र हुन्छ । अब त्यसमा सुधार हुनुपर्छ । कृषि र ऊर्जा अबको प्राथमिकता हो । त्यसमा हामी जान्छांै ।

विगत दुई÷तीन वर्षदेखि बैंंकको विश्वसनीयताका कुरा निकै उठिरहेका छन् । सानिमामा गैरआवासीय नेपालीको (एनआरएन) लगानी भएकाले विश्वसनीयता छ । यसबाहेक विश्वसनीयता बढाउन के–के गर्नुभएको छ ?
विदेशमा धेरै पैसा कमाएका व्यक्तिको लगानी भएकाले बैंक डुब्न दिँदैनन् भन्ने भयो । सुरुमा हामीले निक्षेपका लागि आग्रह गर्दां तपाईंहरूलाई पनि निक्षेप चाहिन्छ र ? भन्ने ग्राहक पनि भेटिए । यस्तै वाणिज्य बैंकमा स्तरोन्नति हुने लक्ष्य भएकाले बैंकिङ के हो भन्ने बुझेका थियौं । हामीले हतारमा निद्रा नलाग्ने गरी लगानी गरेनौं । सेयर बजार बुम, घरजग्गा बुम हुँदा पनि हामीले सुरक्षित रूपमा थोरै लगानी ग¥यौं । जोखिमलाई विश्लेषण गरेरमात्र लगानी गरेकाले सजिलो भयो । नेपालमा सबैले लगानी जोखिमबारे पढे पनि त्यसलाई कार्यान्वयन नगर्दा समस्या देखिएको हो । बैंक खोल्नु तीन\पाँच वर्ष व्यापार गरेजस्तो होइन यो त एकपटक खोलेपछि हजारौं वर्षसम्म चल्नुपर्छ । यो लामो म्याराथन जस्तै हो, पहिला विस्तारै हिँडेर सुरु गर्ने र गति बढाउँदै लैजानुपर्ने । व्यापारको यही मोडालिटीअनुसार र संस्थागत सुशासन राम्रो राखेर काम गरेकाले हाम्रो इमेज बन्दै गयो । सर्वसाधारणले बैंकलाई बिना धितो पैसा दिन्छन् । बैंकप्रतिको विश्वसनीयता र रेपुटेसनले मात्र बैंक चल्छ । बैंकको क्यापिटल एडुकेसी १० प्रतिशत हुनुपर्छको अर्थ लगानीको १० प्रतिशत सेयरपुँजीबाट हो । त्यो बैंकको त्यो पर्फमेन्स बोन्ड हो । रेपुटेसनले मात्र बैंक सस्टेन हुन्छ । व्यक्तिगत रूपमा मार्केटिङ गरेर कति दिन बैंक चल्छ । त्यसका लागि बैंकको रेपुटेसन र संस्थागत सुशासन कायम राख्नुपर्छ । नेपालमा ‘नन एग्रेसिभ बैंकिङ’ धेरै भए तर हामीले कहिल्यै गरेनौं ।

पछिल्लो समयमा प्रमोटरका कारणले वित्तीय संस्थामा समस्या देखिएको छ । सानिमामा प्रमोटरको भूमिका कस्तो छ ?
यस मामलामा म आफूलाई भाग्यमानी सीईओ ठान्छु । बैंकलाई कसरी लाने भन्ने विषयमा बोर्डमा छलफल हुन्छ, त्यही अनुसार काम गर्न म स्वतन्त्र हुन्छु । मलाई कहिल्यै पनि कर्जा दिन र जागिर लगाइदिन बोर्डबाट दबाब आउँदैन । हाम्रो बोर्ड व्यावसायिक र सहयोगी छ । संस्थागत सुशासनका लागि गम्भीर छ । बोर्डले बैंक भनेको निक्षेपकर्ताको हो भन्ने कुरालाई राम्रोसँग बुझेको छ । कानुनले पनि बैंकको सम्पत्तिमा सबैभन्दा पहिलो अधिकार निक्षेपकर्ताको भनेको छ । सबैभन्दा अन्तिम अधिकार सेयरधनीले पाउँछ । यहाँ मेरो बैंक भन्ने पनि छन् । सानिमाको बोर्ड व्यवस्थापनले बैंक निक्षेपकर्ताको हो हामी त्यसका संरक्षक हौं भन्ने कुरा स्पष्टसँग बुझेको छ ।

वाणिज्य बैंक भएपछि ग्राहक र सेयरधनीले के पाउँछन् ?
हामी वाणिज्य बैंक भएपछि ठूलो साइजको इकोनोमिक स्केलमा जान सक्छौं । त्यसका निश्चित फाइदा छन् । तर, फाइदा भने बाँडफाँड हुन्छ । त्यसबाट सबैले अलिअलि पाउँछन्, राज्य, ग्राहक सेयरहोल्डरले पाउँछन् । अहिलेभन्दा केही फरक हुन्छ ।

वाणिज्य बैंकको कारोबार सरु भएपछिका लागि व्यवस्थापन, शाखा र कर्मचारी थप्ने योजना के–के छन् ?
वाणिज्य बैंकिङका लागि एलसी कारोबार गर्न विभाग थप्नुपर्ने देखिन्छ । त्यसका लाग मान्छे थप्दैछौं । वाणिज्य बैंकका हुनुपर्ने क्षेत्रहरूमा हामी पुगिसकेका छौं । न्यूनतम शाखा चाहिने ठाउँमा हाम्रा शाखा छन् । सबै कुरा राष्ट्र बैंकले दिएको निर्देशनको परिधिमा रहेर गर्ने हो । त्यसभित्र हामीलाई हतार छैन ।

वित्तीय संस्थाबीच मर्जरको लहर नै चलेका बेला सानिमाले यतातिर वास्ता गरेको छैन नि !
अहिले बजारले निचोरेकाले बैंक तथा वित्तीय संस्थालाई मर्जरका लागि दबाब भएको छ । वित्तीय संस्थाका साधारण सभाबाट मर्जरका लागि प्रस्ताव पारित गराउनु फेसनझैं भएको छ । तर, सानिमाले गरेको छैन । किनकि अहिलेसम्म हामी वाणिज्य बैंक बन्नमा केन्द्रित भयौं । मर्जर भएर ठूला बैंक आएमा हामीलाई पनि त्यसले दबाब दिन्छ । उनीहरूसँग प्रतिपस्र्धाका लागि पनि हामी पनि बढ्नु जरुरी हुन्छ । अहिलेसम्म हामीले बजारको त्यो दबाब महसुस गरेका छैनौं ।

अहिले ब्याजदर घट्नुपर्ने धेरै बहस भए पनि घट्न सकेको छैन नि !
बैंकहरूले ब्याजदर नबढाएको भए निक्षेप आउने सम्भावना थिएन । बजारको मागअनुसार नै ब्याजदर बढ्यो । अब ब्याजदर घटाउँदा निक्षेप बाहिरिने सम्भावना हुन्छ । ब्याजदर नघटाए बैंकहरूलाई घाटा हुने सम्भावना त छ तर बैंक समस्यामा पर्दैन । त्यसैले बैंकहरूले जोखिम नलिएका हुन् । अर्थमन्त्री या अरू कसैले भनेर मात्रै ब्याजदर घट्दैन । बजारको दबाबले मात्र घट्छ । बजारमा दबाब यति धेरै बढेको छ कि दुई महिनामा ब्याजदर धेरै घटिसकेको हुन्छ ।

3 comments:

Anonymous said...

नेपालमा कति खुलेका हुन् बैंक पनि बजारको सम्भावना छ त

sregey yakubova said...

तपाईं कुनै पनि वित्तीय कठिनाइ हुनुहुन्छ? तपाईं आफ्नो ऋण खाली गर्न एक ऋण चाहिन्छ? तपाईं आफ्नो आर्थिक वृद्धि गर्न जाँदै हुनुहुन्छ? तपाईं आफ्नो / उनको कम्पनी विस्तार गर्न चाहने एक व्यापार व्यक्ति हुन्। एतद्द्वारा तिमी एक असली नायक, भरोसा र प्रभावकारी उधारो कम्पनी क्रेडिट ऋण सम्पर्क गर्नुपर्छ। म सिकेका कसरी हाम्रो उच्च दक्षता लागि व्यक्तिगत र सरकार।

सेवा समावेश:
* व्यक्तिगत ऋण (सुरक्षित र असुरक्षित)
* व्यापार ऋण (सुरक्षित र असुरक्षित)
* घर सुधार
* आविष्कारक ऋण
* स्वतः ऋण
आदि ..

कृपया हामीलाई constantloanfirm@gmail.com मार्फत, तपाईं इच्छुक हुनुहुन्छ भने प्राप्त अथवा मार्फत यो नम्बर मलाई WhatsApp: +2348162022629।

sregey yakubova said...

तपाईं कुनै पनि वित्तीय कठिनाइ हुनुहुन्छ? तपाईं आफ्नो ऋण खाली गर्न एक ऋण चाहिन्छ? तपाईं आफ्नो आर्थिक वृद्धि गर्न जाँदै हुनुहुन्छ? तपाईं आफ्नो / उनको कम्पनी विस्तार गर्न चाहने एक व्यापार व्यक्ति हुन्। एतद्द्वारा तिमी एक असली नायक, भरोसा र प्रभावकारी उधारो कम्पनी क्रेडिट ऋण सम्पर्क गर्नुपर्छ। म सिकेका कसरी हाम्रो उच्च दक्षता लागि व्यक्तिगत र सरकार।

सेवा समावेश:
* व्यक्तिगत ऋण (सुरक्षित र असुरक्षित)
* व्यापार ऋण (सुरक्षित र असुरक्षित)
* घर सुधार
* आविष्कारक ऋण
* स्वतः ऋण
आदि ..

कृपया हामीलाई constantloanfirm@gmail.com मार्फत, तपाईं इच्छुक हुनुहुन्छ भने प्राप्त अथवा मार्फत यो नम्बर मलाई WhatsApp: +2348162022629।