Sunday, June 19, 2011

सुनचाँदीको मूल्यमा उतारचढाव

काठमाडौं, ४ असार
स्थानीय बजारमा यो साता सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । अन्तराष्ट्रिय बजारलाई पछ्याउदै साताको सुरुमा उच्च रहेको सुनको भाउँ मध्यमा घटेर साता अन्यमा भने पुन बढेको छ ।

आईतबार स्थानीय बजारमा प्रतिदस ग्राम ३६ हजार ६ सय ५० रुपैयाँ रहेको सुनको भाउ बृद्वी भई सोमबार ३६ हजार ६ सय ९५ रुपैयाँ कायम भयो । मंगलबार घटेर ३६ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भएकोमा क्रमश बढ्दै शुक्रबार ३६ हजार ६ सय १० रुपैयाँ कायम भएको छ ।

यो साता मंगलबार सबैभन्दा सस्तो र सोमबार सबैभन्दा महंगोमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

संघका अनुसार सो साता चाँदीको मूल्यमा भने सामान्य उतारचढाव आएको छ । आईतबार प्रतिदस ग्राम ८ सय ९६ रुपैयाँ रहेको चाँदीको मूल्य क्रमश घटेर मंगलबार र बुधबार ८ सय ७८ मा कारोबार भयो । त्यसैगरी विहिबार र शुक्रबार पुन बढेर ८ सय ७९ मा कारोबार भएको संघले जनाएको छ ।

No comments: