Tuesday, November 23, 2010

सुनको मूल्य बढ्यो चाँदीको स्थिर

काठमाडौं ७ मंसिर
स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रतिदश ग्राम ३३ हजार चार सय ३५ रुपैयाँमा कारोबार भएको सुन मंगलबार ३३ हजार छ सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ ।
यसैगरी मंगलबार चाँदीमा भाउँ भने स्थिर रहेको छ । सोमबार प्रति दशग्राम छ सय ७२ रुपैयाँमा कारोबार भएकोमा मंगलबार पनि सोहि मूल्यमा कारोबार भएको संघले जनाएको छ ।

No comments: