Monday, November 22, 2010

सुनचाँदीको मूल्य बढ्यो

६ मंसिर काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतिदश ग्राम एक सय २५ रुपैयाँ बढेको छ । आइतबार प्रतिदश ग्राम ३३ हजार तीन सय १० रुपैयाँमा कारोबार भएको सुन सोमबार ३३ हजार चार सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ ।
यसैगरी, सोमबार चाँदीमा सात रुपैयाँ ५० पैसा बढेको छ । आइतबार प्रति दश ग्राम ६ सय ६४।५० रुपैयाँमा कारोबार भए चाँदी सोमबार छ सय ७२ रुपैयाँमा कारोबार भएको छ ।

No comments: