Sunday, October 31, 2010

रेकर्ड कायम गर्दै सुनको मूल्य

तोलाको करीब ३९ हजार
यादव हुमागाई
काठमाडौं १४ कात्तिक

स्थानीय बजारमा सुनको मूल्यले रेकर्ड राखेको छ । साताको पहिलो दिन आइतबार सुनको मुल्य प्रति दश ग्राम ३३ हजार २ सय ६५ रुपैयाँ प्रति तोला ३८ हजार ८ सय रुपैयाँ मा कारोबार भएको छ । त्यस्तै चाँदीको मूल्य समेत हालसम्मकै उच्च भएको छ ।
गत साताको अन्तिम दिन गत शुक्रवार प्रतिदश ग्राम ३२ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार प्रतिदश ग्राम ४ सय ३० रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेको र दीपावलीका कारण स्थानीय बजारमा सुनचाँदीका माग बढेकाले मूल्य बढेको स्थानीय बजारमा मूल्य बढेको व्यवसायीहरु बताउछन् ।
"आज कायम भएको सुनचाँदीको मूल्य हालसम्मकै उच्च हो" नेपाल सुन चाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने "अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको भाउँ उच्च भएकाले र स्थानीय बजारमा मागको तुलनामा आपूर्ति निकै कम भएकाले बृद्वी भएको हो ।" राष्ट्र बैंकले बिक्री गरेको सुनले मात्र बजारको माग पुरा नगरेको भन्दै तराईका जिल्लामा भारतबाट सुन आइरहेको उनले जानकारी दिए ।
तिहार नजिकीदै गएकाले सुन र चाँदीको माग बढेको व्यवसायीहरु बताउँछन् । हाल बजारमा दैनिक ३० केजी सुन र २ सय केजीको हाराहारीमा चाँदीका माग रहेको उनीहरुको भनाइ छ । तर केन्द्रीय बैंकले भने सातामा एक सय किलो सुन र एक हजार केजी चाँदी मात्र व्यवसायीलाई बिकि्र गर्दै आएको छ ।
दिपावलीको समयमा सुन र चाँदीका सामान किन्ने प्रचलन नेपाली बजामा पनि बढ्दै गएकाले यो समयमा माग बढी भएको शाक्यले बताए ।
गत आइतबार स्थानीय बजारमा प्रति दश ग्राम ३२ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य साताभर नै बढीरह्यो । नेपाल राष्ट्र बैंकले मंगलबार बोलबोलबाट सुन बिक्री गरेपछि मूल्य बृद्वी भई बुधवार प्रति दशग्राम ३२ हजार ६ सय ६५ रुपैयाँ पुगेको सुनको मूल्य विहिबार केही घटेर प्रतिदश ग्राम ३२ हजार ५ सय ३५ रुपैयाँमा झर्र्यो । शुक्रवारबाट भने मूल्यवृद्वीको क्रमले निरन्तरता पायो । शुक्रवार प्रतिदश ग्राम ३२ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको सुन आइतबार भने अत्याधिक बढेको हो ।
यस्तै चाँदीको मूल्यमा पनि आइतबार १९।५० रुपैया बढेको छ । गत शुक्रवार प्रतिदश ग्राम पाँच सय ९६ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आईबार प्रतिदशग्राम १९।५० रुपैया बढेर प्रतिदश ग्राम ६ सय १५।५० रुपैयाँमा कारोबार भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिऔस १ हजार ३ सय ५७ डलरमा कारोबार भएको छ । गत आइतबार प्रतिऔस १ हजार ३ सय २९ डलरमा कारोबार भएको सुनको मूल्य शुक्रवार बढेर प्रतिऔस १ हजार ३ सय ४० डलरमा कारोबार भएको छ । त्यस्तै शनिवार प्रतिऔस १ हजार ३ सय ५९ डलर पुगेको थियो ।
गत साताको मूल्य( प्रतिदश ग्राम) रुपैयाँमा
बार- सुन- चाँदी
आइतबार- ३२,४९५- ५८३
सोमबार- ३२, ६००- ५८६
मंगलबार- ३२,६००- ५८६
बुधबार- ३२, ६६५- ५९४
विहिबार- ३२,५३५- ५९२
शुक्रवार- ३२,८३५- ५९६
स्रोतः नेपाल सुनचाँदी व्यवसायी संघ