Sunday, September 19, 2010

नेपाली प्रविधि र सिप

रोप–वे संचालन
यादव हुमागाई
४ असोज, ललितपुर (लेले)

ललितपुरको दुर्गम इकुडोल गाविस– १ बाट भट्टेडाडा–८ सम्म ३ किलोमिटरको दुरीमा नेपाली इन्जिनियरले निर्माण गरेको रोप–वे सेवा संचालनमा आएको छ । दुई बर्ष लगाएर निर्माण भएको रोप–वे सेवा २०६६ मंसिरदेखि संञ्चालनमा आएको हो ।
रोप–वे सेवा नेपालकै इन्जीनियले नेपालमै निर्माण गरेको पहिलो र सस्तो प्रविधि भएको निर्माणका लागि प्राविधिक सहयोग गरेको विकासका लागि सहकार्य (प्याफड) कार्यक्रम संयोजक तथा इन्जिनियर गणेश पाठकले बताए । “नेपालमै उपलब्ध सामाग्री र नेपाली इन्जिनियरको डिजाइनमा बनेको यो पहिलो रोप वे हो” पाठकले भने । विदेशी प्रविधि भन्दा स्वदेशी प्रविधिमा निर्माण गर्दा कम लागतमा बनेको उनको भनाइ छ । “यो योजनाको सर्वेक्षण गरेपछि बाहिरी देशमा बुझ्दा ३ करोड लाग्ने भयो त्यसपछि हाम्रै डिजाइनमा यहिको प्रविधिबाट आध कममा बनायौं” पाठकले भने ।
रोप–वे निर्माणका लागि गरिवि निवारोण कोषले ६८ लाख, भौतिक योजना निर्माण मन्त्रालयले २३ लाख, जिल्ला विकास समिति ललितपुरले ३५ लाख, इकुडोल गाविसले १ लाख र स्थानीय उपभोक्तले १० लाख बराबरको श्रमदान गरेका थिए । १ करो ३७ लाख रुपैयाँ लागतमा निर्माण भएको रोप–वे संचालनका लागि प्याफडले प्राविधिक सहयोग गरेको थियो ।
रोप–वे संचालन भएपछि सो क्षेत्रका बासिन्दाको जीवनस्तरमा सुधार आएको छ । गत मंसिरबाट भएपछि त्यस क्षेत्रमा उत्पादित दुग्ध तरकारीलगायतका कृषि उपजहरु बजार पाउन थालेपछि उनीहरुको आर्थिक अवस्थामा सुधार आएको छ ।
रोप–वे संचालनपछि ललितपुरको कर्णाली भनेर चिनिने इकुडोल, प्युटार, आरसाङ, ठुला र्दुलुङलगायतका गाविसमा उत्पादन भएका कृषि उत्पादनहरु कान्ति राजमार्ग हुदै सजिलै ललितपुर र काठमाडौका बजारमा आइपुग्न थालेका छन् । यो सेवाबाट जिल्लाका गावीसका ६ सय घरधुरीलाई आफ्नो उत्पादन बजार पु¥यानउन र आफुलाई अत्याबश्यक सामान लैजान सजिलो भएको रोप–वे व्यवस्थापन समितिका सचिव समेत रहेका स्थानीय लवाङ दोर्जे लामाले बताए । “यसअघि हाम्रो बारीका तरकारी कुहिने गर्दथ्यो, दुध वेच्न पाउदैनथ्यो, रोप–वे निर्माण भएपछि भने बजारसम्म पु¥याउन सजिलो भएको छ” लामाले भने ।
पाँच घण्टा लाग्ने बाटोमा रोप–वे निर्माण पछि २५ मिनेटमै सामान ल्याउन सकिने भएको छ । यसअघि छिटो बजार लैजानुपर्ने दुध ढुवानीको समस्याका कारण त्यत्तिकै खेर जाने गरेको लामाले बताए । गाउँमा उत्पादित तरकारी र दुधलाई सजिलै बजार लान सकिने भएपछि स्थानीय व्यक्ति व्यवशायिक पशुपालन र तरकारी खेतीमा समेत आकर्षिक हुन थालेका लामाको भनाइ छ ।
रोप–वे संचालको दिर्घकालिन संचालनका लागि सबै गाविसको प्रतिनिधित्व रहेको भट्टेडाडा–माझखण्ड रोप–वे सेवा निर्माण तथा व्यवस्थापन समिति निर्माण गरीएको छ । सोहि समितिले रोप–वे रेखदेख, संचालन गर्दै आएको छ । एक पटकमा ३ सय किलो बोक्न सक्ने एउटा क्यारीयर भएको रोप–वे मा सामान ढुवानीका गाउँलेलाई पायक पर्ने गरी ३ वटा सव स्टेशन समेत बनाइएको छ । रोप वे संचालनका लागि समितिले ६ जना कर्मचारीको समेत व्यवस्था गरीएको छ । प्रतिकिलो २ रुपैयाँ अधिकतम भाडादर रहेको सो सेवा उपभोगबाट गत आवको असारसम्म १ लाख ८५ हजार रुपैयाँ को कमाएको छ । सोहि कमाइबाट समितिले कर्मचारीलाई तलब भक्ता, विद्युत महशुल, डिजेल, रोप–वे को मर्मत गर्दै आएको छ ।
रोप–वे प्रविधि नेपालजस्तो पहाडि देशमा अत्यन्त उपयुक्त हुने इन्जिनियर पाठक बताउछन् । यो प्रविधि मोटबाटो भन्दा दिगो, प्रभावकारी र बातावरण मैत्री हुने उनको भनाइ छ । भारतको हिमांचल, स्विजरल्याण्ड लगायतका देशमा यो प्रविधिको धेरै सदुपयोग गरेको उनले जानकारी दिए । ललितपुरमा नेपाली इन्जिनियरले बनाएको रोप–वे सफलताले आफुहरु उत्साहित भएको पाठकले बताए । देशका अन्य पहाडि क्षेत्रमा पनि यो सेवा विस्तार गर्न सहयोग गरेमा आफुहरु निशुल्क प्राविधिक सहयोग गर्न तयार रहेको उनको भनाइ छ ।

No comments: