Friday, June 04, 2010

दुर्इ सरकारी निकायको विवाद

साइकल ट्याक निर्माण कार्य रोकियो

यादव हुमागार्इ । काठमाडौं


दुर्इ सरकारी निकायवीचको विवादका कारण साइकल ट्रयाक निर्माण कार्य नै रोकिएको छ । पर्यटन पूर्वाधार विकास आयोजनाले गत मंसिरबाट तिलगंगादेखि सिनामंगलसम्म १ हजार ६ सय मिटर साइकल ट्रयाक बनाउन सुरु गरेको थियो । तर, चैत अन्त्यमा निर्माण रोक्न डिभिजन सडक कार्यालय काठमाडौले पत्र पठाएपछि निर्माण कार्य अलपत्र परेको छ ।

तिलगंगा-सिनामंगल खण्डको ९० प्रतिशत भन्दा बढी सकिएको काम सकिएको आयोजनाका प्रमुख रवि शाहले बताए । तर, सडक विभागले डिभिजन सडक कार्यालय काठमाडौंले हाल साइकल ट्रयाक निर्माण भइरहेको क्षेत्र सडक विभाग मातहतको भएको भन्दै निर्माण कार्य नगराउन पत्र पठाएको छ । डिभिजन सडक कार्यालयले सो क्षेत्रमा चाडै नै चक्रपथ विस्तार स्तर उन्नतिको कार्य हुने हुनाले सो क्षेत्रमा कुनै पनि स्थाई अस्थाई संरचना बनाउन नमिल्नै डिभिजन प्रमुख बलराम मिश्रले बताए ।
पर्यटन पूर्वाधार विकास आयोजनाले भने आफुले सडक विभाग अर्न्तगत पर्ने जग्गालाई छोडेर साइकल ट्रयाक निर्माण गरेको जनाएको छ । 'सडक विभाग अर्न्तगत दाया बाया २५ मिटर मात्र रहन्छ, हामिले २५ मिटर छोडेर ट्रयाक बनाएका छौं ।' आयोजना प्रमुख शाहले भने । तर सडक विभागले भने आफुले ३१ मिटरसम्म रहेका कुनै पसिन संरचना भत्काउन सक्ने आफ्नो अधिकार रहेको बताएको छ । 'बास्तविक सडकबाट २५ मिटर हाम्रो मातहतमा भएपनि सडकबाट ३१ मिटरसम्म कसैले भौतिक संरचना बनाउन सक्दैन, व्यक्तिको जग्गा भएपनि ३१ मिटर छोडेर घर बनाउनुपर्छ ।' मिश्रले भने ।
यता आयोजनाले भने विचमा सडक कार्यालयले आफ्नो अवरोध गरेको गरेको जनाएको छ । 'हामीले आयोजना सुरु गर्नुभन्दा अगाडी नै सडक कार्यालयका प्रमुखलाई फिल्ड भिजिट गराएका थियौं उहाँहरूको स्विकृति पछि मात्र यो आयोजना सुरु गरेका थियौं, साहले भने अहिले किन काम रोक्न खोज्नुभयो हामीलाई अचम्म लागेको छ ।'
तर सडक कार्यालयका प्रमुख मिश्रले भने आफुहरूले आयोजनाको स्थलगत अवलोक गरे पनि स्विकृति भने नदिएको बताए । 'हामीले स्विकृति दिएको भन्ने प्रमाण छ र - मिश्रले आक्रोशित हुदै भने, यसबारे पछि निर्णय गरौला भनेका थियौं उहाँहरूले काम सुरु गर्नुभयो ।
सो क्षेत्रमा छिट्टै नै चक्रपथ विस्तारको कार्य हुने हुनाले आयोजना स्थगित गर्न पत्र पठाइएको प्रमुख मिश्रले जानकारी दिए । चक्रपथ स्तर उन्नतिमा गर्दा र्सर्भिस ट्रयाक, ग्रीन बेल्ट, फुटपाथ समेत निर्माण गर्ने उनले बताए । तर आयोजनाको काम रोक्नका लागि सडक कार्यालय पूर्वाग्रही रुपमा प्रस्तुत भएको आयोजना प्रमुख साहले आरोप लगाए । 'चक्रपथकै कति ठाउँमा जग्गा अतिक्रमित भएको छ, कति ठाउँमा फोहोर संकलन केन्द्र बनाइएकोछ, गाडी सिक्ने ठाउँ पार्कीङ गर्ने ठाँउ बनाइएको छ, आयोजना प्रमुख साहले भने, यसबारे उसलाई मतलब छैन आयोजनाको काम रोक्ने षडयन्त्र मात्र हो ।'
सरकारी दुर्इ निकायवीच विवादका कारण काम रोकीदा पनि मन्त्रालय, सरकारले कुनै चासो देखाएको छैन । सरोकारवाला निकायवीच छलफल भएपनि सहमति जुट्न भने सकेन । काम रोकिएको बारे हामिले माथिल्लो निकायलाई जानकारी गराइसकेका छौं, कुनै पहल भएको थाहा छैन, आयोजना प्रमुख साहले भने यता सडक कार्यालय काठमाडौंका प्रमुख मिश्रले भने आफुले सो क्षेत्रमा संरचना बनाउन अनुमति दिन नसक्ने भन्दै माथिल्लो निकायले यसबारे निर्णय गर्नुपर्ने बताए । 'उहाँहरूले मन्त्रालय, मन्त्रिपरिषद्बाट स्विकृत गराउनुहुन्छ भने हामीलाई आपत्ति भएन' मिश्रले भने ।
आयोजनाको काममा रोयल नेपाल गल्फ क्लवले पनि अवरोध गरेको छ । त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलको मातहतमा रहेको जग्गा क्लबले भाडामा चलाएको छ । उसले पनि आफ्नो जग्गाभन्दा ११ मिटर बाहिर तारजाली लगाएको र आयोजले ट्रयाक निमार्ण गर्न उक्त वार हटाइदिन अनुरोध गर्दा हटाउन नमानेको आयोजनाले जनाएको छ । यसबारे जिज्ञासा राख्दा विमानस्थल प्रमुख दिनेश श्रेष्ठले अनभिज्ञता प्रकट गरे भने क्लबका पदाधिकारी सर्म्पर्कमा आउन चाहेनन् ।
आयोजनाले सडक विभागको २५ मिटर छोडेर बाकी रहेको ६ मिटरलाई साइकल यात्रु र पैदल यात्रुलाई समेत हुने गरी लेन बनाएको थियो । ट्याकलाई आकर्ष बनाउन बगैचा समैत निर्माण गरेको थियो । हाललाई सिनामंगल सम्म मार्ग बनाइए पनि माइतिघरसम्म पुर्‍याउन सम्भाव्यता अध्यन गरीसकेको साहले बताए । ८० लाख वजेट रहेको आयोजनाको अधिकांश रकम खर्च भइसकेको छ । सरकारी दुर्इ निकायको विवादले निर्माण गरेको पूर्वाधार समेत प्रयोग विहीन हुने भएको छ । नेपाल भ्रमण वर्ष२०११ लाई लक्षित गरी पर्यटक पूर्वाधार विकास आयोजनाले काठमाडौंको सौदर्य बढाउन साइकल मार्ग निर्माण सुरु गरेको थियो ।